Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

पाँचखालको तरकारीलगायतका खाद्यान्न अर्गानिक बन्दै

खबरडबली संवाददाता
काभ्रेपलाञ्चोक ।  पाँचखाल नगरपालिकाले यहाँ उत्पादन हुने तरकारीमा विषादी र रासायनिक मलको प्रयोग न्यून मात्रामा रहेको जनाएको छ । त्यसका कारण उत्पादन हुने तरकारीलगायतका खाद्यान्न अर्गानिक बन्दै गएको नगरपालिकाको निष्कर्ष छ । 
 
नगरपालिकाले माटो परीक्षण, माटोको क्षमता सुधारका लागि चुन वितरण, किसानलाई जैविक विषादी निर्माणार्थ नियमित तालिम, तरकारी तथा अन्य बालीमा जैविक विषादीको प्रयोग र विद्यालयस्तरदेखि नै विषादीविरुद्धको चेतनामूलक कार्यक्रमले पाँचखाल क्षेत्रमा रासायनिक मल तथा विषादीको प्रयोग न्यून बन्दै गएको जनाएको हो । 
 
“तरकारी तथा अन्य बाली अर्गानिक उत्पादन गर्न गरिएका क्रियाकलाप सकारात्मक देखिएको छ, हामीले निरन्तर गरेका परीक्षणमा पनि रासायनिक मल र विषादीको प्रयोग साह्रै न्यून रहेको निष्कर्ष निकालेका छौँ”, नगरप्रमुख महेश खरेलले भने । 
 
खरेलका अनुसार नगर कार्यालय र लवग्रिन नेपालद्वारा संयुक्त रुपमा सञ्चालन गरिएको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनाले करिब चार वर्षदेखि सञ्चालन गरेको ‘विषादीमुक्त पाँचखाल’ बनाउने अभियानअन्तर्गत हाल उत्पादित तरकारीलगायतका बाली अर्गानिक हुँदै गएका हुन् । 
 
यस्तै खरेलले जापान सहयोग नियोग ९जाइका० योकोहामाका कार्यक्रम निर्देशक गोमी चेइचिरो, लवग्रिन जापानका कार्यकारी निर्देशक तोमोको सुजुकी, लवग्रिन नेपालका कार्यकारी निर्देशक नारायण ज्ञवालीलगायतको टोलीलाई हालैको अनुगमनका क्रममा हाल पाँचखालमा उत्पादित तरकारीलगायतका बाली अर्गानिक हुँदै गएको नगरपालिकाको निष्कर्षबारे विस्तृत जानकारी गराएका छन्  । 
 
लवग्रिन नेपालले नगरसँगको छलफलमा समेत पाँचखालमा अर्गानिक उत्पादनका लागि आफ्नो परियोजनालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । खरेलले भने, “लवग्रिन नेपालको थप परियोजना सञ्चालनले ‘पाँचखाल नगर ः कृषि सहर’को अभियानलाई सार्थकता दिनेमा विश्वस्त हुनुपर्छ ।” लवग्रिन नेपालले पाँचखालका विभिन्न स्थानमा विगत तीन वर्षदेखि १८ महिने एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि ९आइपिएम० किसान पाठशाला सञ्चालन गर्दै आएको छ । 
 
हालसम्म नगरपालिकाका एक हजार दुई सय अगुवा किसानले विभिन्न चरणमा उक्त किसान पाठशालामा अध्ययन गरिसकेका छन् । तरकारी तथा अन्य बालीमा रासायनिक विषादी न्यूनीकरण गर्दै पाँचखाल नगरपालिकाका सबै क्षेत्रमा जैविक विषादी प्रयोगतर्फ लैजान उनीहरुलाई समय र मौसमको तालिका मिलाएर २२ थरीका आइपिएम प्रविधि पढाइँदै आएको छ । 
 
विद्यालय तहदेखि नै विषादीबारे जानकारी, प्रयोग तथा असरबारे जानकारी गराउँदा निकट भविष्यमा विषादी न्यूनीकरणमा ठूलो मद्दत पुग्ने अपेक्षासहित पाँचखालका १३ सामुदायिक तथा सात निजी माध्यमिक विद्यालयका विद्यार्थीलाई समेत सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आइएको ज्ञवालीले बताए  । 
 
उनका अनुसार विद्यार्थीलाई कक्षामै अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य, कृषि पर्यायवरण प्रणाली तथा वातावरणमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट सचेतना गराइँदै आएको छ । 
 
संस्थाले पाँचखालमा आइपिएम, पशु व्यवस्थापन तथा स्वस्थ दूध उत्पादनजस्ता किसान उपयोगी तालिम केही वर्षदेखि दिँदै आएको छ । पाँचखाल–७ का शिवराज श्रेष्ठले तरकारीलगायत अन्य बालीमा रासायनिक विषादीको विकल्पमा आफैँ जैविक विषादी बनाएर बालीमा हाल्दै आएका छन्  
 
“जैविक विषादी र मल बनाउन घरमा थेग्न सक्नेसम्म गाईवस्तु थप्ने गरेको छु, गाईवस्तुबाट जैविकताका लागि मलमूत्र महत्वपूर्ण हुन्छ”, उनले भने । उनले आफ्नो २० रोपनी खेतबारीमा जैविक विषादी प्रयोग गरी केही वर्षदेखि अर्गानिक तरकारी ‘सुरक्षित उत्पादन’ गर्दै आएका छन् ।
 
पाँचखाल–६ का किसान सीताराम दुलाल र केदार ढुङ्गानाको पनि बालीमा जैविक विषादी प्रयोग गर्ने तौरतरिका एउटै छ । “स्थानीयस्तरमा उपलब्ध जडीबुटीबाट जैविक विषादी तयार गरेर बालीमा प्रयोग गर्दा स्वस्थकर र उत्पादन लागत कम हुँदै आएको छ”, ढुङ्गानाले भने । उनी  आफैँ आफ्नो खेतबारीको माटो समयसमयमा परीक्षणसमेत गर्दै आएका छन् । 
 
पाँचखालमा हाल उत्पादित तरकारीजन्य बाली विषादी रुकावट अवशेषको मापदण्डभित्रै रहेकाले ‘सुरक्षित उत्पादन’ भन्न थालिएको पाँचखालका कृषि शाखाका कृषि प्रविधिक ईश्वर अधिकारीले बताए । “नियमित परीक्षणबाट मापदण्डभन्दा निकै कम प्रतिशत देखिएकाले पाँचखालको तरकारी प्राविधिक हिसाबले ‘सुरक्षित उत्पादन’मा सूचीकृत हुँदैआएको देखिन्छ”, उनले भने ।
 
पाँचखालका किसानलाई प्रयोगशाला (रेपिड बायो एसे पेस्टिसाइड रेजिड्यू–आरबीपीआर ल्याब)मा आफूले उत्पादन गरेको तरकारीको विषादी अवशेषको मात्र परीक्षण गर्न ल्याउन पनि सबैमा अपिल गर्दै आइएको छ । केन्द्रमा करिब तीन वर्षदेखि जिल्लाको विभिन्न स्थानको तरकारीको नमूना सङ्कलन गरी नियमित परीक्षण हुँदै आएको छ ।
 
सङ्कलित नमूनाको विषाद रुकावट अवशेष परीक्षण÷मापन गर्दा सुरक्षित मापदण्डभित्र रहँदै आएको जनाइएको छ । परीक्षणबाट पाँचखालको तरकारीमा विषादीको रुकावट प्रतिशत (इमिसन रेट) सरदर तीनदेखि नौ प्रतिशतसम्म झर्ने गरेको र १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेको हालसम्मको परीक्षण प्रतिवेदनले देखाएको जनाइएको छ । 
 
बागमती प्रदशेको विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि, २०७५ मा ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा ४–५ दिन क्वारेन्टिनमा राखेर पुनःपरीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ आएमा उक्ति कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख गरिएको छ । काभ्रेपलाञ्चोकसहित प्रदेशका चितवन, मकवानपुर, ललितपुर र नुवाकोटमा आरबीपीआर ल्याब रहेको छ । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending