सिन्धुपाल्चोक । चार्डपर्व नजिकिएसँगै जिल्लामा खेलकुदका गतिविधि पनि बढ्न थालेका छन् । जिल्लाको विभिन्न मुख्य खेल प्रतियोगिता हुने मेलम्चीमा खेल मैदान नहुँदा आयोजकहरु इन्द्रावती बगरमा प्रतियोगिता आयोजना गर्न बाध्य छन् ।
शनिबार सम्पन्न नगरस्तरीय भलिबल इन्द्रावती बगरमा रहेको निमार्णाधिन बसपार्कमा आयोजना गरिएको थियो । घाम लाग्दा गर्मी र पानी पर्दा हिलो भएर प्रतियोगिता सञ्चालन गर्न कठिन भएको आयोजक ओम वाइबा गुनासो गर्छन् । जिल्लामा जुनसुकै खेलकुद प्रतियोगिता गर्न कुनै चाडपर्व वा मेला कुर्नुपर्ने र भइहाले पनि कहाँ सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता आयोजकलाई भइरहन्छ ।
भलिबल, फुटबल, क्रिकेट, कराँतेलगायत विभिन्न खेलकुदमा सक्रिय सहभागिता हुँदै उत्कृष्ट नतिजासमेत हासिल गर्दै आएको सिन्धुपाल्चोकमा पछिल्लो समय कोराना, बाढी तथा पहिराका कारण कम भएको खेलकुदका गतिविधि बढ्न थालेको छ । चाडपर्वको मुखमा मात्र आयोजना हुने खेलकुदका गतिविधिमा खेलाडीको भने त्यति उत्साह पाइँदैन ।
“बनेका संरचना बाढीले बगाएपछि खेल मैदानलगायत पूर्वाधार अभावका कारण खेल क्षेत्र सिथिल भएको हो खेल क्षेत्रलाई उकास्न तिनै तहका सरकार क्रियाशील रहन आवश्यक रहेको भन्छन्”, पूर्वखेलाडी सिपी दुलाल ।
रु १४ करोडको लागतमा निमार्णाधीन रङ्गशाला गत वर्षको बाढीले बगाएको थियो । हेलम्बुका पनि खोला आसपास सबै बगर भएपछि खेल मैदान अभाव छ ।
सबै क्षेत्रमा जस्तै खेलमा पनि राजनीति भित्रिँदा कतिपय राम्रा खेलाडीले स्थान पाउन सकेका छैनन् । “खेल क्षेत्रलाई राजनीतिकरण नगरी स्वतन्त्ररुपमा छोड्न पर्ने खेलप्रेमीको सुझाव छ । पूर्वाधार, कोच र खेलाडीको सुन्दर भविष्यका लागि राज्यले सोच्नपर्ने बताउछन्”, खेलप्रेमी सुशान्त सिग्देल ।
जिल्लामा खेलकुदको राम्रो सम्भावना हुँदाहुँदै पनि अन्योल भविष्यका कारण खेलाडीको लगनशिलता पाइँदैन । कोही विदेशिएका छन् भने कोही जागिरको सिलसिलामा अन्यत्र छरिएका छन् । तिनै तहको सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै खेलक्षेत्रलाई उकास्ने योजना रहेको जिल्ला भलिबल सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष रमेशकुमार खड्का बताउछन् ।
इन्द्रावती, सुनकोसी, चौतारा, लिसङ्खुपाखरबाहेकका पालिकामा पर्याप्त खेल मैदान नभएको जिल्ला खेलकुद विकास समितिका पूर्वध्यक्ष शिव देउजाको भनाइ छ ।
मेलम्ची नगरपालिकामा अघिल्लो कार्यकालमै निर्माण भएको खेल मैदान कर्भडहल गत वर्षको बाढीले बगाएपछि अहिले खेल मैदानको खोजीमा नगरपालिका लागिपरेको नगर प्रमुख आइतमान तामाङ बताउछन् । उनी खेल क्षेत्र र खेलाडीलाई उकास्न नगर सधैँ तयार रहेको उल्लेख गर्नुहुन्छ ।
सिन्धुपाल्चोकमा थुप्रै खेलाडी भए पनि पछिल्लो समय अन्यत्र पलायन हुँदा नयाँ खेलाडी उत्पादन हुन सकेका छैनन् । राज्यले खेलाडीको मनोबल उकास्नका लागि खेलक्षेत्रमा पर्याप्त लगानी गर्न आवश्यक रहेको खेलप्रेमि बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १९:२१
काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...
बैशाख ८ गते, २०८३ - १९:०७
नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने
बैशाख ८ गते, २०८३ - १९:०३
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...
बैशाख ८ गते, २०८३ - १९:००
काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...
बैशाख ८ गते, २०८३ - १७:४८
काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...
बैशाख ८ गते, २०८३ - १७:३५
उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...
बैशाख ८ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...
बैशाख ८ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...
बैशाख ८ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...
बैशाख ८ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...


प्रतिकृया लेख्नुहोस्: