Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

बाबुरामको प्रष्टीकरण : प्रचण्डसँग फेरि जनयुद्ध गर्ने सहमति भएको होइन

नयाँ ढंगबाट समाजवाद निर्माणको महाभियान थाल्ने योजना

खबरडबली संवाददाता

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग फेरि जनयुद्ध गर्ने सहमति नभएको प्रष्टीकरण दिएका छन्। 

शनिबार नेसपाको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले बाबुरामसँग नयाँ खालको जनयुद्ध गर्ने सहमति भएको बताएपछि उनले त्यसको स्पष्टीकरण दिएका हुन्। 

‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं। सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्‍यो,’ प्रचण्डले भनेका थिए, ‘यो देशलाई फेरि एकचोटी समृद्धि, विकासको मोडल हामीले नै दिनुपर्ने हुन्छ। किनभने परिवर्तनको वाहक भएको नाताले हामी टिमबद्ध हुँदा त्यसको महत्व निकै ठूलो हुन्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं।’

तर, आफूहरुले सोचेको जनयुद्ध पूरानो जनयुद्धजस्तो नभएको र त्यो संभव पनि नभएको बताए। ‘आज हामी फेरि त्यही अवस्थालाई सोच्दै र देशको अहिलेको राजनीतिलाई सोच्दै एउटा नयाँ जनयुद्ध पूरानो जनयुद्ध होइन। पूरानो त संभव पनि छैन्, नयाँ खालको गोरेटो कोर्ने संकल्प गरेपछि  अनि हामी अब एकै ठाउँमा केन्द्रीत हुने हो’ प्रचण्डको भनाइ थियो। 

त्यही अभिव्यक्तिप्रति बाबुरामले पुरानै माओवादी जनयुद्धको पुनरावृत्ति नभएर आर्थिक समृद्धिको ‘महाअभियान’ सञ्चालन गर्ने सल्लाह भएको उल्लेख गरेका छन्। 

उनले ट्वीटरमा लेखेका छन्, ‘प्रचण्ड-बाबुरामको नयाँ संश्लेषण र संकल्प पुरानै माओवादी जनयुद्धको पुनरावृत्ति गर्ने नभएर जनयुद्धको जगमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै २१ औं शताब्दीको सापेक्षतामा तीव्र आर्थिक समृद्धि हासिल गर्ने र  नयाँ ढंगको समाजवाद निर्माण गर्ने महाभियान हो। सबैको साथको अपेक्षा।’

प्रचण्ड र बाबुराम नेपालमा १० वर्षसम्म सञ्चालित माओवादी जनयुद्धका सहयोद्धा हुन्। आफूहरु अलग भएर गरेको प्रयास असफल भएकाले फेरि एकजुट भएकोे उनीहरुको निष्कर्ष छ। 

बाबुराम नेतृत्वको नयाँ पार्टीेले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रकै चुनाव चिह्नबाट लड्ने सहमति भइसकेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending