काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग फेरि जनयुद्ध गर्ने सहमति नभएको प्रष्टीकरण दिएका छन्।
शनिबार नेसपाको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले बाबुरामसँग नयाँ खालको जनयुद्ध गर्ने सहमति भएको बताएपछि उनले त्यसको स्पष्टीकरण दिएका हुन्।
‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं। सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्यो,’ प्रचण्डले भनेका थिए, ‘यो देशलाई फेरि एकचोटी समृद्धि, विकासको मोडल हामीले नै दिनुपर्ने हुन्छ। किनभने परिवर्तनको वाहक भएको नाताले हामी टिमबद्ध हुँदा त्यसको महत्व निकै ठूलो हुन्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं।’
तर, आफूहरुले सोचेको जनयुद्ध पूरानो जनयुद्धजस्तो नभएको र त्यो संभव पनि नभएको बताए। ‘आज हामी फेरि त्यही अवस्थालाई सोच्दै र देशको अहिलेको राजनीतिलाई सोच्दै एउटा नयाँ जनयुद्ध पूरानो जनयुद्ध होइन। पूरानो त संभव पनि छैन्, नयाँ खालको गोरेटो कोर्ने संकल्प गरेपछि अनि हामी अब एकै ठाउँमा केन्द्रीत हुने हो’ प्रचण्डको भनाइ थियो।
त्यही अभिव्यक्तिप्रति बाबुरामले पुरानै माओवादी जनयुद्धको पुनरावृत्ति नभएर आर्थिक समृद्धिको ‘महाअभियान’ सञ्चालन गर्ने सल्लाह भएको उल्लेख गरेका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘प्रचण्ड-बाबुरामको नयाँ संश्लेषण र संकल्प पुरानै माओवादी जनयुद्धको पुनरावृत्ति गर्ने नभएर जनयुद्धको जगमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै २१ औं शताब्दीको सापेक्षतामा तीव्र आर्थिक समृद्धि हासिल गर्ने र नयाँ ढंगको समाजवाद निर्माण गर्ने महाभियान हो। सबैको साथको अपेक्षा।’
प्रचण्ड र बाबुराम नेपालमा १० वर्षसम्म सञ्चालित माओवादी जनयुद्धका सहयोद्धा हुन्। आफूहरु अलग भएर गरेको प्रयास असफल भएकाले फेरि एकजुट भएकोे उनीहरुको निष्कर्ष छ।
बाबुराम नेतृत्वको नयाँ पार्टीेले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रकै चुनाव चिह्नबाट लड्ने सहमति भइसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: