Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

काउन्सिलको पुरस्कार वितरण कार्यक्रम बहिष्कार गर्न प्रेस सेन्टरको अपिल

खबरडबली संवाददाता

काठमाडौं । प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले आयोजना गरेको पुरस्कार वितरणको कार्यक्रम वहिष्कार गर्ने भएको छ । काउन्सिलले मापदण्ड मिचेर पुरस्कार वितरण लगायतका गतिविधि गरेकोमा आपत्ती प्रकट गर्दै प्रेस सेन्टर नेपालले उक्त कार्यक्रममा सहभागि नहुन पनि अपिल गरेको छ ।

 संगठनका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमहरुको अनुगमन, मूल्याङ्कन, पत्रकार आचारसंहिता जारी गरी मर्यादित र जिम्मेवार पत्रकारिताको विकास गर्ने मुख्य उद्देश्यलाई वेवास्ता गर्दै सक्षम, क्रियाशील र योग्य पत्रकारहरुलाई पुरस्कृत गर्नुको साटो राजनीतिक आग्रह र निकटताका आधारमा पुरस्कारको वितरण गरेर काउन्सिलले आफ्नो विश्वसनीयता गुमाएको उल्लेख गरेका छन्। 

जारी विज्ञप्ति

प्रेस विज्ञप्ति

पत्रकारहरुको हक हित र अधिकारको लागि संस्थागत रुपले काम गर्ने उद्देश्यका साथ स्थापना भएको प्रेस काउन्सिल नेपालको पछिल्ला गतिविधिप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

पत्रकारिता क्षेत्रका विज्ञ, क्रियाशील पत्रकार तथा सञ्चार संस्थाहरुको योगदानको कदर एवं प्रोत्साहन गर्ने उद्देश्यले विगतदेखि प्रदान गर्दै आएका विभिन्न पुरस्कारहरुका सन्दर्भमा यस वर्ष काउन्सिलले गरेको निर्णय समावेशी सिद्धान्तलाई आत्मसात नगरी, स्थापित मापदण्डहरुलाई लत्याएर योग्य, सक्षम र क्रियाशील पत्रकारहरुभन्दा निकट सम्बन्धका व्यक्ति र संस्थाका नामहरु घोषणा गर्ने कार्य कुनै पनि अर्थमा जायज र वस्तुसंगत देखिदैन ।

सञ्चार माध्यमहरुको अनुगमन, मूल्याङ्कन, पत्रकार आचारसंहिता जारी गरी मर्यादित र जिम्मेवार पत्रकारिताको विकास गर्ने मुख्य उद्देश्यलाई वेवास्ता गर्दै सक्षम, क्रियाशील र योग्य पत्रकारहरुलाई पुरस्कृत गर्नुको साटो राजनीतिक आग्रह र निकटताका आधारमा पुरस्कारको वितरण गरेर काउन्सिलले आफ्नो विश्वसनीयता गुमाएको छ ।

प्रेस काउन्सिल नेपालको गरिमामय संस्थाको बदनाम हुने गरी गरिएका यस्ता गतिविधिप्रति हाम्रो संगठन समर्थन गर्न सक्दैन । तसर्थ संस्थाको वार्षिकोत्सवको सन्दर्भमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रमलाई प्रेस सेन्टर नेपाल बहिस्कार गर्दै सम्पूर्ण पत्रकार साथीहरुलाई उक्त कार्यक्रममा सहभागी नहुन हार्दिक अपिल गर्दछ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आईसीसी महिला टी-२० विश्‍वकप छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी २० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ।  थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...

उम्मेदवार छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...

कालीमाटीमा आज गोलभेँडा, आलु र काउलीको भाउ घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...

गगनलाई अस्वीकार गर्दै देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशील

चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...

नेकपाले यी जिल्लामा टुंग्यायो उम्मेदवार, ५० प्रतिशत युवालाई अवसर

काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...

टिकट वितरणमा ओलीले इतर समूहलाई पन्छाएपछि योगेशको ‘नोट अफ डिसेन्ट’

पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending