Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

काउन्सिलको पुरस्कार वितरण कार्यक्रम बहिष्कार गर्न प्रेस सेन्टरको अपिल

खबरडबली संवाददाता

काठमाडौं । प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले आयोजना गरेको पुरस्कार वितरणको कार्यक्रम वहिष्कार गर्ने भएको छ । काउन्सिलले मापदण्ड मिचेर पुरस्कार वितरण लगायतका गतिविधि गरेकोमा आपत्ती प्रकट गर्दै प्रेस सेन्टर नेपालले उक्त कार्यक्रममा सहभागि नहुन पनि अपिल गरेको छ ।

 संगठनका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमहरुको अनुगमन, मूल्याङ्कन, पत्रकार आचारसंहिता जारी गरी मर्यादित र जिम्मेवार पत्रकारिताको विकास गर्ने मुख्य उद्देश्यलाई वेवास्ता गर्दै सक्षम, क्रियाशील र योग्य पत्रकारहरुलाई पुरस्कृत गर्नुको साटो राजनीतिक आग्रह र निकटताका आधारमा पुरस्कारको वितरण गरेर काउन्सिलले आफ्नो विश्वसनीयता गुमाएको उल्लेख गरेका छन्। 

जारी विज्ञप्ति

प्रेस विज्ञप्ति

पत्रकारहरुको हक हित र अधिकारको लागि संस्थागत रुपले काम गर्ने उद्देश्यका साथ स्थापना भएको प्रेस काउन्सिल नेपालको पछिल्ला गतिविधिप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

पत्रकारिता क्षेत्रका विज्ञ, क्रियाशील पत्रकार तथा सञ्चार संस्थाहरुको योगदानको कदर एवं प्रोत्साहन गर्ने उद्देश्यले विगतदेखि प्रदान गर्दै आएका विभिन्न पुरस्कारहरुका सन्दर्भमा यस वर्ष काउन्सिलले गरेको निर्णय समावेशी सिद्धान्तलाई आत्मसात नगरी, स्थापित मापदण्डहरुलाई लत्याएर योग्य, सक्षम र क्रियाशील पत्रकारहरुभन्दा निकट सम्बन्धका व्यक्ति र संस्थाका नामहरु घोषणा गर्ने कार्य कुनै पनि अर्थमा जायज र वस्तुसंगत देखिदैन ।

सञ्चार माध्यमहरुको अनुगमन, मूल्याङ्कन, पत्रकार आचारसंहिता जारी गरी मर्यादित र जिम्मेवार पत्रकारिताको विकास गर्ने मुख्य उद्देश्यलाई वेवास्ता गर्दै सक्षम, क्रियाशील र योग्य पत्रकारहरुलाई पुरस्कृत गर्नुको साटो राजनीतिक आग्रह र निकटताका आधारमा पुरस्कारको वितरण गरेर काउन्सिलले आफ्नो विश्वसनीयता गुमाएको छ ।

प्रेस काउन्सिल नेपालको गरिमामय संस्थाको बदनाम हुने गरी गरिएका यस्ता गतिविधिप्रति हाम्रो संगठन समर्थन गर्न सक्दैन । तसर्थ संस्थाको वार्षिकोत्सवको सन्दर्भमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रमलाई प्रेस सेन्टर नेपाल बहिस्कार गर्दै सम्पूर्ण पत्रकार साथीहरुलाई उक्त कार्यक्रममा सहभागी नहुन हार्दिक अपिल गर्दछ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending