Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा ५ करोड ८६ लाख बजेट निकासा

खबरडबली संवाददाता

कास्की । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ ।

प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न हालसम्म सो रकम उपलब्ध गराएको हो । राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारीमा रहेको सरकारले पछिल्लो पटक रु एक करोड ४० लाख थप बजेट उपलव्ध गराएको प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए  ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीका संयोजनमा पोखरामा सञ्चालन भएको दुई दिनको खेल पत्रकारिता तालिमको समापन समारोहमा उनले चालु वर्षको रातो किताबमा विनियोजित रु एक करोड, प्रतियोगिताका लागि भदौ पहिलो साता उपलब्ध गराइएको र तीन करोड ४६ लाख र पछिल्लोपटक  रु एक करोड ४० लाख  निकासा गरिएको जानकारी दिए  ।

प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोट र विशेष प्रशिक्षणका लागि प्रदेश खेलकुद परिषद्को मागअनुसार मन्त्रालयबाट सो रकम निकासा गरिएको अर्थमन्त्री बरालले बताए । उनले भने, “राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको तयारीमा बजेटको अभाव हुन दिएका छैनौँ, खेलाडीको आधारभूत आवश्यकता पूर्तिका लागि सरकारले मागअनुसारको बजेट दिएको छ ।”

राष्ट्रिय खेलकुद आयोजना, यसको व्यवस्थापन खर्च र पूर्वाधार निर्माणलगायतको सम्पूर्ण जिम्मेवारी सङ्घीय सरकारको हो । स्थानीय आयोजकसमेत रहेको प्रदेश सरकारले प्रतियोगिताका लागि आफ्नो टिमको तयारी र प्रशिक्षणको खर्च बेहोर्नुपर्दछ । नवौँका लागि राष्ट्रिय खेलकुद परिषद्ले यसअघि सातै प्रदेशलाई रु ४९ लाखका दरले बजेट उपलब्ध गराएको थियो । 

कार्यक्रममा अर्थमन्त्री बरालले गण्डकी प्रदेशमा ४० वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद सफल बनाउनु सबै प्रदेशवासीको दायित्व रहेको बताउँदै सञ्चारकर्मीले पत्रकारिताका माध्यमबाट योगदान गर्न आग्रह गरे । उनले खेलकुद क्षेत्रमा रहेको विकृतिका बारेमा समेत कलम चलाउन आग्रह गरे  । 

तालिममा गण्डकीका १० जिल्लाका ७० जना खेल पत्रकारलाई आसन्न राष्ट्रिय खेलकुदको समाचार सम्प्रेशणका बारेमा प्रशिक्षण दिइएको थियो । राष्ट्रिय  खेलकुदका ३६ वटै खेलका नियम, खेल नतिजाको विधि, खेल अनुशासन, लगायतका विषयमा सम्बन्धित खेलका प्रशिक्षकले जानकारी प्रदान गरी पत्रकारलाई सबै खेल विधामा समाचार सम्प्रेषणमा तालिमले सक्षम बनाएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले बताए  ।

नवौँ राष्ट्रिय खेलकुद यही असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका सात जिल्लामा आयोजना हुँदैछ ।  प्रतियोगिताको उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरा रङ्गशालामा हुनेछ । गण्डकीमा दोस्रो पटक राष्ट्रिय खेलकुद हुन लागेको हो । यसअघि पहिलोपटक विसं २०३९ चैतमा यहाँ प्रतियोगिता भएको हो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: