Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

फेवाको किनारबाट रङकर्मीले देखे ‘प्योर प्रकृति’

खबरडबली संवाददाता

पोखरा ।  विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका दृष्यपान गर्दै आफ्नै लयमा रमाइरहेका थिए स्वदेशी तथा विदेशी पर्यटक । कतै तस्वीर खिच्दै गरेका त कतै सेल्फीमा रमाइरहेका थिए उनीहरु ।

फेवामा तैरिरहेका डुङ्गा छालसँगै चलमलाइरहेका थिए । केही डुङ्गा पर्यटक बोकेर घरी तालबाराही मन्दिर त घरी फेवा किनार आवतजावतमा व्यस्त थिए । त्यही बीचमा देश–विदेशका एक सय १८ चित्रकारको हुल पनि मिसिएपछि सोमबारको जमघट बाक्लिएको थियो । पोखरामा पर्यटकहरू आउने क्रम सुरु हुनै लागेकाले  अझै सोचेअनुसार पर्यटक आइपुगिसकेका छैनन् ।

कलाकारको जमघटले त्यहाँको माहोल बाक्लिएको पाइन्थ्यो । फेवातालबाट देखिन दृश्यले कलाकारलाई चुप लागेर बस्न दिएन । आएका कलाकार दुरान्तर कायम गर्दै मस्तिष्कमा खिचिएका दृश्यलाई  टाइपोट र इजलका साथ जलरङमा कुची चोपेर क्यान्भास रङ्ग्याउन थालिहाले । कोही डुङ्गामा पुगे, कोही बाराही मन्दिर गए, कोही फेवा किनारमै बसे त कोही ‘वाकिङ प्लेस’का प्रतिक्षालयबाट नियाल्दै  चित्र कोर्न लागे ।

विभिन्न कोण समाएर कलाकारले फेवालाई टम्म घेरे । आ–आफ्नो कोणबाट दृश्य सिर्जना गरे । उनीहरूको तीन दिनदेखिको थकान फेवाले बिर्साइदियो । आगन्तुक आन्तरिक र बाह्य पर्यटक आफ्ना आँखाले नियालिरहेका दृश्यहरू क्यान्भासमा देख्न पाउँदा ट्वाल्ल परेका थिए । उनीहरूले कलाकारसँग तस्वीर र  सेल्फी लिन पनि भ्याए ।

यो अवसर जुटाइदिएको थियो नेपालको अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस)ले । पूर्वदेखि पश्चिमसम्मका नेपाली कलाकारका साथमा भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकार सहभागी थिए यहाँ । भारतका कलाकार विजय विस्वाल फेवाको सुन्दरताले मन छोएको र कलाकारका लागि यो अनुपम उपहार भएको बताए ।

फेवालाई नेपालको दोस्रो सबैभन्दा ठूलो र गहिरो ताल मानिने स्थानीयवासीले सुनाए । यो तालमा माछापुच्छ«े र अन्नपूर्ण हिमालको मनोरम दृश्य तैरिन्छ । किनारबाट पनि आसपासका प्राकृतिक सुन्दरता नियाल्न सकिन्छ ।

तालको बीचमा पर्ने तालबाराही मन्दिर अर्को विशेषता हो । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो, त्यही शिलामा मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजा गर्न थालिएको भनाइ छ  । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको र तालको बीचमा रहेकाले नाम तालबाराही हुन गएको हो ।

प्रमुख शक्तिपीठमध्ये एक मानिने यहाँ दाम्पत्य जीवन सुखमय हुने विश्वासमा धेरै मानिस दर्शन गर्न आइपुग्छन् । सोमबार धेरै कलाकारले त्यही तालबाराहीमै बसेर वरपरका सौन्दर्य र मन्दिरका दृश्य समेटे । फेवाको किनारमा बसेर ताललाई क्यान्भासमा सजाएका भक्तपुरका कलाकार अञ्जन अधिकारीले यहाँ बसेर इजेलका साथ हातमा क्यान्भास र रङ लिएर जब कुची चोप्न थालिन्छ, त्यसपछि शरीरमा आफैँ नौलो ऊर्जा भरिने सुनाए ।

उनले भने, “यहाँबाट हेर्दा माछापुच्छ«ेको जुन प्रतिविम्ब फेवातालमा झल्किन्छ, त्यो हृदयस्पर्शी छ, जव ती पानीका छालहरु विस्तारै तरङ्गीत हुन्छ नी, एउटा कलाकारमा  भित्रैदेखि स्वच्छ रक्त सञ्चार हुन्छ, अनि उर्जा आइदिन्छ, काम गर्नका लागि शक्ति बढ्छ र उत्साह थपिन्छ ।” 

कुनै पनि कलाकार फेवामा पुग्दा त्यहाँको गहिराइमा डुवेर प्राकतिक सुन्दरतालाई चित्रण गर्न आतुर हुन्छन् । पोखरालाई पहिलोचोटी स्पर्श गरेको इलामका कलाकार किरणकुमार शिगुलाई पनि त्यही अनुभूति भयो । “नौलो अनुभूतिको आनन्द प्राप्त हुने रहेछ”, शिगुले थपे, “कला प्रकृतिबाटै सिकिन्छ, प्रकृतिकै नक्कल गरेर चित्र सिर्जना हुने हुँदा फेवा किनारबाट नियाल्दा भित्रैदेखि सन्तुष्टि प्राप्त भयो ।”

कलाकारहरुको बुझाइमा एउटा चित्रकारले जे कुरा खोजिरहेको हुन्छ ती चिजहरु एकै स्थानबाट प्राप्त गर्न सकिने स्थान हो फेवाताल । उक्त अबसर धेरै ठाउँमा पाइदैन । विविधतायुक्त प्रकृतिलाई खेलाउन फेवा किनार उत्कृष्ट गन्तव्य भएको उनीहरुको भनाइ थियो । यहाँ बसेर रङ खेलाउन औधी मजा हुने कलाकारहरुले बताए  ।

यसपालीको आर्ट क्याम्पमा उत्कृष्ट १० मा परेको चितवनका कलाकार बरुणबाबु घिमिरेले फेवाबाट दुरान्तर असाध्यै राम्रो हुने बताए । “एक त सुन्दर ताल त्यसमाथि उभिएको माछापुच्छ«ेसहितका प्राकृतिक छटाले आर्ट गरेरै थाकिन्न जता फर्कियो त्यतै पेन्टिङ गरौँ गरौँ झैँ लाग्छ”, उनले भने । घिमिरेका अनुसार पोखरा नेपालीपन र नेपाली परिवेश बोकेको ठाउँ हो ।

भक्तपुरका कलाकार सुस्मा श्रेष्ठ र उनी छोरी  श्रेया हाडा पनि आर्ट क्याम्पमा सहभागी थिइन् । दुवै जनाले फेवाको दृष्यलाई सोमबार जलरङले सजाए  । सुस्मालाई त्यो नजिकका हरियालीभित्रको मसिना कण बनाउन खुब ऊर्जा मिल्यो । 

प्रकाशको किरणसँगै छिनछिनमा बदलिने प्रकृतिका रङसँगै कलाकारले रङ खेलाउन सक्नुपर्छ । त्यसमाथि जलरङ खेलाउन त्यति सजिलो हुन्न । यहाँको हरियाली वातावरण, तरेली परिरहने एकनासको छाल, सिरिर।।र बहिरहने हावा र हिमालको स्पर्शले मुग्ध पारिदिन्छ ।

साँच्चैभन्दा फेवा किनारले मानिसको तनाव कम गरेर खुसी दिलाइदिन्छ । त्यही विषयलाई क्यान्भासमा उतार्दा आउने आनन्द छुट्टै हुने कलाकर श्रेष्ठले सुनाए । नजिकै देखिने सराङकोटलाई क्यान्भासमा उतारेकी हाडाले भनिन्, “फेवाको किनारबाट ‘प्योर’ प्रकृतिभन्दा अरु केही देखिएन ।” अर्का कलाकार बाबु साहिलाका अनूभूति पनि त्यस्तै थियो । उनले सोमबार त्यही प्राकृतिक खुराकलाई आर्ट पेपरमा सङ्गालेको बताइन् ।

यहाँको प्राकृतिक सौन्दर्यको अथाह प्रेमले गर्दा नै  सिर्जनाका लागि विभिन्न जिल्लाका कलाकारलाई पटकपटक यहाँ  तानेर ल्याउने गरेको स्थानीय कलाकार मनोज तामाङले बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending