रसुवा । पहिराले ग्रामीण सडकमा क्षति पु¥याएपछि उत्तरी रसुवाको ब्रावल तथा ठूलो स्याफ्रु क्षेत्रमा उत्पादित आलु स्थानीयस्तरमै अलपत्र परेको छ ।
निरन्तरको वर्षाले सानुभार्खु एवं ब्रावल खोल्छालगायत स्थानमा सडक अवरुद्ध भई सवारीसाधनको आवतजावत बन्द भएपछि व्यापारिक केन्द्रमा आलु ढुवानी गर्न समस्या उत्पन्न भएको हो । स्याफ्रु ब्रावलका आलु उत्पादक किसान सिङ्गबहादुर तामाङका अनुसार सडक अवरुद्ध हुँदा बिक्रीका लागि तयार गरिएको २० ट्रकभन्दा बढी आलु स्थानीयस्तरमै अलपत्र परेको हो । बजार मूल्यअनुसार ४० लाखभन्दा बढीको आलु ढुवानी हुन नसक्दा दर्जनौँ किसानलाई समस्या परेको हो ।
वडादसैँ नजिकँदै गएको र आलु बिक्रीबाट प्राप्त आयले चामल खरिद गर्नुपर्ने बाध्यता रही आएका कारण ग्रामीण सडक सुचारू गरी दिन सरोकारवाला निकायसँग आग्रह गरिएको कृषक तामाङले बताए। उत्तरी रसुवाको ब्रावल तथा ठूलोस्याफ्रुमा धान उत्पादन हुदैन । यहाँ कोदो, मकै, फापर जस्ता कृषिजन्य खाद्यान्न र तरकारीतर्फ, रायो साग, मुला, बन्दा, सिमी, काउली एवं फलफूलतर्फ स्याउ उत्पादन हुने गरेको छ ।
लाङ्टाङ जाने पर्यटकीय पदमार्ग रहेका कारण आगन्तुक पाहुनालाई स्थानीयस्तरमा उत्पादित कृषि उपजबाट भोजन तयार गर्ने गरिएको छ । गतलाङ क्षेत्रमा उत्पादित आलु भने व्यापारिक केन्द्रमा ढुवानी भइरहेको छ । गतलाङका किसान मार लामाका अनुसार आलु ढुवानीका लागि पासाङल्हामु मार्गअन्तर्गत रसुवाको बनुवा खण्डको भागमा पहिराले सडक अवरुद्ध गराए पनि धारापानी बेल्चौर खण्डको ग्रामीण सडक चालु रहेका कारण मिनी ट्रकबाट आलु ढुवानी भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...




प्रतिकृया लेख्नुहोस्: