काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू सर्वोच्च अदालत फर्कन लागेको बताएका छन्।
उनले आफू आज फर्किने तयारी गरेकाले आवश्यक तयारी गर्न सर्वोच्च प्रशासनलाई निर्देशन दिएको खुलेको छ । जबराले शनिबार साँझ आफू आइतबार बिहान कार्यालय आउने खबर दिँदै सर्वोच्च प्रशासनलाई तयारीका लागि प्रबन्ध मिलाउन फोन गरेका थिए।
यसबारे सर्वोच्च प्रशासनले कामु प्रधानन्यायाधीश दिपक कार्की र बार नेतृत्वलाई अवगत गराइसकेको छ । आफूलाई यसबारे जानकारी आएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरले बताए।
जबराले सर्वोच्च फर्किने तयारी गरेपछि बारले भने अवरोध गर्ने चेतावनी दिएको छ । चोलेन्द्रले सर्वोच्च फर्किने तयारी गरेपछि बारको आकस्मिक बैठक बसिरहेको छ।
गत फागुन १ गते सत्ता गठबन्धनका ९७ जना सांसदले राणाविरुद्ध महाभियोग दर्ता गरेका थिए । त्यससँगै उनी निलम्बनमा परेका थिए । प्रतिनिधिसभाको कार्यकाल शनिबार रातिदेखि सकिएको छ । कार्यकाल सकिएकोले संसद्मा पुगेका सबै प्रस्ताव निष्क्रिय हुने व्यवस्था बमोजिम महाभियोग पनि निष्क्रिय हुने राणा पक्षधरको जिकिर छ ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भने राणालाई महाभियोग लगाउनुपर्ने सिफारिससहितको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई संसद्को कार्यकाल सकिनुअघि शनिबार दिउँसो नै बुझाएको थियो ।
११ सदस्यीय सिफारिस समितिले बहुमतका आधारमा तयार पारेको प्रतिवेदन सभामुखलाई बुझाएको थियो। एमालेले समितिको प्रतिवेदनमा फरक मत राखेपछि प्रतिवेदन बहुमतबाट पारित भएको थियो । अध्ययन पूरा नभएको र प्रमाण संकलन नभएको एमालेको जिकिर छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - ०९:१४
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...
चैत्र १६ गते, २०८२ - ०९:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...
चैत्र १६ गते, २०८२ - ०८:२५
काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...
चैत्र १६ गते, २०८२ - ०८:१७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...
चैत्र १६ गते, २०८२ - ०८:१५
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...
चैत्र १६ गते, २०८२ - ०८:१२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र १६ गते, २०८२ - ०८:०९
रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...
चैत्र १६ गते, २०८२ - ०८:०२
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...
चैत्र १६ गते, २०८२ - ०७:४६
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...



प्रतिकृया लेख्नुहोस्: