Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

गोरखामा सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने

खबरडबली संवाददाता

गोरखा, अहिलेसम्मकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने भएको छ । बोर्लाङ खेलकुद विकास समितिको आयोजनामा आगामी असोज १२ देखि १६ गतेसम्म ‘बोर्लाङ भीमसेन थापा कप २०७९’ पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगिताको बिजेताले रु एक लाख ३० हजार राशिको पुरस्कार प्राप्त गर्नेछ । 

प्रतियोगितामा गण्डकी प्रदेशभित्रका ११ जिल्लाका १२ टिमको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष निराजन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा दोस्रो हुने टिमले रु ७० हजार, रु ३५ हजार र रु १५ हजारसहित मेडल र प्रमाण प्रदान गरिने उनले बताए। 

त्यस्तै प्रतियोगिताअन्तर्गत महिलातर्फको खुला भलिबल प्रतियोगितासमेत हुने अध्यक्ष श्रेष्ठले बताए । महिला खुला भलिबल प्रतियोगितामा पनि १२ टिमको सहभागिता रहने समितिले जनाएको छ । महिला खुला भलिबलतर्फ प्रथम हुनेले रु ७० हजार, दोस्रो हुनेले रु ४० हजार र तेस्रो हुनेले रु २० हजार तथा चौथो स्थान प्राप्त गर्नेले रु १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

यस्तै सोही अवसरमा ३५ वर्षमाथिका भेटेरान्स पुरुष भलिबल प्रतियोगिता पनि हुने समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न रु २१ लाख ३२ हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाका कारण मकवानपुरबाट काठमाडौं प्रवेश गर्ने दुई सडकमा सवारी आवागमन रोक

मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...

आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...

सञ्चारगृह लक्षित शंकास्पद गतिविधिको रास्वपाद्वारा भर्त्सना, दोषीमाथि कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...

काठमाडौंसहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति छानबिन नरोकिएको आयोगको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...

सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...

कालिकोटमा घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु

कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...

गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending