Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

निःशुल्क मिर्गौला डायलायसिस सेवा नरोक्न माग

खबरडबली संवाददाता

चितवन । कलेज अफ मेडिकल साइन्सेजले निःशुल्क मिर्गौला डायलायसिस नगर्ने जनाएपछि बिरामी र तिनका आफन्तले सरोकारवाला निकायमा ध्यानाकर्षण गराएका छन् । सरकारले दिनुपर्ने रकम भुक्तानी नगरेको जनाउँदै कलेजले यही असोज १ गतेबाट निःशुल्क डायलायसिस रोक्ने भन्दै सूचना जारी गरेको छ ।

मिर्गौलापीडित सरोकार समाज चितवनले जिल्ला प्रशासन कार्यालय चितवन, कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), भरतपुर महानगरपालिका र स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य मन्त्रालय नर्सिङ तथा स्वास्थ्य महाशाखा काठमाडौँमा ज्ञापनपत्र बुझाएको हो ।

पुरानो मेडिकल कलेजमा डायलायसिस गराइरहेका पीडितहरूलाई कलेजले निःशुल्क सेवा दिन नसक्ने सूचना दिएपछि समाजले ज्ञापनपत्र बुझाएको हो । समाजका अध्यक्ष टुमराज गुरुङका अनुसार उक्त कलेजमा समाजमा आवद्ध ४७ जनाले निःशुल्क डायलायसिस गराउँदै आएका छन् ।

कलेजले विगत १४ महिनादेखि मिर्गौला डायलायसिसवापतको रकम भुक्तानी प्राप्त नभएको कारण देखाउँदै निःशुल्क सेवा दिन नसक्ने जनाएको छ । कलेजका निर्देशक डा मनोहर प्रधानले डायलायसिसको मात्रै रु एक करोड ५० लाख  भुक्तानी पाउन बाँकी रहेपछि धान्न नसकेर सेवा नियमित गर्न नसक्ने जानकारी गराएको बताए।

सरकारको विपन्न नागरिक औषधोउपचार कार्यक्रमअन्तर्गत असार ३१ गते सम्झौता मिति समाप्त भइसकेपछि पनि मानवीय नाताले बिरामीलाई डायलायसिस सेवा दिँदै आएको अस्पतालले जनाएको छ । ठूलो रकम भुक्तानी बाँकी रहेकाले स्वास्थ्य बीमाका बिरामीलाई बीमाअन्तर्गत र बीमा नगराएकाको हकमा सःशुल्क सेवा दिन सकिने अस्पतालको सूचनामा जनाइएको छ । अस्पतालमा १२ वटा मेसिनले दैनिक तीन सिफ्टमा ३६ जनाको डायलायसिस गर्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पीडितले निःशुल्क सेवा पाउनुपर्ने बताए। उनले पुरानो मेडिकल कलेजलाई पत्र पठाएर सेवा नियमित गर्न निर्देशन दिएको जानकारी दिए। आफूले मन्त्रालयमा समेत यससम्बन्धी समन्वय गरिरहेको जनाउँदै पीडितले पाउँदै आएको सेवा रोक्न नमिल्ने बताए । मन्त्रालयका सचिवसँग नै आफूले कुरा गरेको जनाउँदै उनले अस्पतालले पैसा पाउने र सेवा रोक्न नपाउने जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending