काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज चौथो दिन बयान दिएका छन्। बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ ।
सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बयान पुनः दोहो¥याएका छन् ।
आफ्ना मान्छेलाई न्यायाधीश नियुक्ति गरेको भन्ने आरोप छ नि भन्ने प्रश्नमा जबराले भने, “नेपालको संविधानविपरीत मैले केही गरेको छैन, हरेक पार्टीमा बारका पदाधिकारीको आकाङ्क्षा हुन्छ, हरेक पार्टीले न्यायाधीश नियुक्तिका लागि नाम नै पठाएका हुन्छन्, मैले गरेको काम सबै छर्लङ्ग छ ।” उनले आफूले संविधान र कानुनबमोजिम काम गरेको बताए।
आजसम्म ३५ जबरालाई प्रश्न गरिएको छ । अब मङ्गलबार आठवटा प्रश्नमा सवाल÷जवाल हुनेछ । उक्त सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले भने, “मङ्गलबार सवाल र जवाफ सकिनेछ, बाँकी काम अघि बढाइनेछ ।”
उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे ।
जबरााविरुद्ध नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बँुदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - १७:४६
काठमाडौं। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दलले जेन-जी आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको बताएका छन्। भदौ...
चैत्र ११ गते, २०८२ - १७:२६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा दिएको बयानमा भदौ २४ गते भएको विध्वंसात्मक घटनामा आफ्नो पार्टी स...
चैत्र ११ गते, २०८२ - १७:२०
काठमाडौं। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीमाथि विभागीय कारबाही गर...
चैत्र ११ गते, २०८२ - १७:११
काठमाडौं। यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको हालैको मूल्यवृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेक...
चैत्र ११ गते, २०८२ - १६:४३
काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र (बालेन) शाहले गत २३ भदौको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा प्रत्यक्ष संलग्न ...
चैत्र ११ गते, २०८२ - १६:३३
काठमाडौं। २३ भदौमा कर्फ्यु जारी हुनुअगावै चार घण्टासम्म प्रदर्शनकारी र सुरक्षा निकायबीच भएको ‘भीडन्त’ रोक्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृह...
चैत्र ११ गते, २०८२ - १५:५८
१०८ जना बटुकले स्वस्तिवाचन गर्ने, १६ जना भिक्षुले अष्ठमंगल पाठ गर्ने
चैत्र ११ गते, २०८२ - १५:४९
सुर्खेत। नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला ...
चैत्र ११ गते, २०८२ - १५:२०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि य...
चैत्र ११ गते, २०८२ - १४:४१
काठमाडौँ। नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् । आगामी जुन ६ देखि १४ तारिखसम्म वेल्जियकमा हुने युरोपियन टी–२० लिगमा नेप...


प्रतिकृया लेख्नुहोस्: