Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

मेलम्ची र इन्द्रावतीमा बाढीपछि खेल गतिविधि शून्य

खबरडबली संवाददाता
सिन्धुपाल्चोक । मेलम्ची र इन्द्रावतीमा आएको बाढीपछि जिल्लाको पश्चिमी भेगमा खेल गतिविधि कम भएका छन् । कोरोना महामारी र त्यसपछिको बाढीले भएका संरचना बगाउँदा खेल गतिविधि लगभग शून्य नै छ ।
 
अभ्यासका लागि खेल मैदान नभए पनि सिन्धुपाल्चोकका खेलाडी उत्पादन भने उत्साहजनक छ । सिन्धुपाल्चोकले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गर्ने खेलाडी जन्माएको छ । यी खेलाडीले जिल्ला र देशकै नाम उँचो बनाएका छन् । खेल जितेर फर्किंदा वाहवाही पाए पनि यी खेलाडीको सङ्घर्ष भने सहज छैन ।
 
क्षमता भए पनि खेलकुदका गतिविधि बढाउन अभ्यास खेलका लागि जिल्लामा उपयुक्त मैदान नै छैनन् । प्रतिस्पर्धामा जितेका बेला भाषण गर्ने स्थानीय नेताहरूले खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको जनाउँदै आए पनि स्थानीय तहले खेल क्षेत्रमा पर्याप्त बजेट नै विनियोजन गरेका छैनन् ।
 
जिल्लामा जुनसुकै खेलकुद प्रतियोगिता गर्न कुनै चाडपर्व वा मेला कुर्नुपर्ने र भइहाले पनि कहाँ सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता आयोजकलाई भइरहन्छ । जिल्ला तथा प्रदेशस्तरका खेलकुद प्रतियोगिता खेल मैदानका अभावले प्रायःजसोे विद्यालयका साँघुरा चौरमा हुने गर्छन् । अहिले एक स्थानीय तह एक खेलकुद मैदान अवधारणा सिन्धुपाल्चोकका सबै स्थानीय तहले अघि बढाएका छन् । 
 
जिल्लाको १२ स्थानीय तहमध्ये चौतारामा मिनी रङ्गशाला निर्माण भइरहेको छ भने सुनकोसीमा वसन्तपुर खेलमैदान अहिले पनि सञ्चालनमा छ । जिल्लाको लिशङ्खुपाखर गाउँपालिकामा लामाचौर खेलमैदान रहेको छ भने पाँचपोखरीको खेलमैदान नै नभए पनि सेराफाँटमा विभिन्न प्रतियोगिता खेलाउँदै आएको छ । 
 
इन्द्रावतीमा पनि केही मैदान निर्माण भएका छन् । मेलम्ची नगरपालिकामा अघिल्लो कार्याकालमै निर्माण भएको खेलमैदान कर्भड हल गत वर्षको बाढीले बगाएपछि अहिले खेल मैदानको खोजीमा नगरपालिका लागिपरेको छ । जिल्लाको हेलम्बु, जुगल, बलेफी, भोटेकोसी र त्रिपुरासुन्दरी गाउँपालिकामा पनि अहिलेको अवस्थामा खेल मैदानको अभाव छ । बाह्रबिसे नगरपालिकामा भने केही वडामा सानातिना मैदान भए पनि पर्याप्त नभएको पाइएको छ । 
 
यसरी हेर्दा इन्द्रावती, सुनकोसी, चौतारा, लिसङ्खुपाखर, इन्द्रवतीबाहेकका पालिकामा पर्याप्त खेलमैदान नभएको जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष शिव देउजाले जानकारी दिए। 
 
जिल्लामा भलिबल, फुटबल, कराँते, क्रिकेट खेलको मोह बढ्दै गएको छ । कोरानापछि खेल क्षेत्रलाई अगाडि बढाउन नसकेको खेल क्षेत्रका जानकार बताउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, रेफ्री तथा प्रशिक्षकलाई स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मले उनीहरुको माग र आवश्यकतालाई सम्बोधन गर्न नसकेको अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक तथा नेपाल गोजुरियो कराँते दो सङ्घका केन्द्रीय सचिव सानुबाबु गिरीले बताए ।
 
उनले पुराना खेलाडीलाई सम्मान र नयाँ खेलाडीलाई हौसला दिँदै प्रोत्साहन गर्नसके खेलाडी खेलक्षेत्रमा आकर्षित हुने बताए। चाडबाडका अवसरमा दर्जनभन्दा बढी खेलकुद प्रतियोगिता हुने सिन्धुपाल्चोकमा कोरोना कारणले गर्दा अहिले खेल क्षेत्र सुस्ताएको छ ।
 
जिल्लामा खेलप्रतिको आकर्षण धेरै छ । तर खेलका लागि पूर्वाधार अभावका कारण जिल्लामा आयोजना हुने प्रतियोगिता खुम्चिँदै गइरहेको जिल्ला भलिबल सङ्घका उपाध्यक्ष रामचन्द्र सापकोटाले बताउनुभयो । खेलप्रतिको आकर्षण व्यापक भए पनि स्तरीय मैदान अभावले खेल प्रतिभा पलायन हुने स्थिति बनेको सापकोटाको भनाइ छ ।
 
जिल्लामा प्रतिभा धेरै भए पनि पूर्वाधार अभावमा पलायन हुने स्थिति बनेको फुटबल खेलाडी आशिष श्रेष्ठले बताउनुभयो । “मजस्ता फुटबल खेलाडी धेरै उत्पादन हुन सक्छन्”, उनले भने, “यहाँ पूर्वाधार नभएकै कारण खेल प्रभावित भएको छ ।” 
 
जिल्लामा खेलसम्बन्धी तालिम नभएको र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको खेल खुम्चिँदै गएकोप्रति श्रेष्ठ  चिन्तित हुनुहुन्छ । खेल क्षेत्रको विकासका लागि राज्य उदासीन भएकाले क्रमिकरूपमा खेल खुम्चँदै गएको खेलप्रेमी बताउँछन् । 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending