संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले काबुलस्थित रूसी दूतावासमा सोमबार भएको आत्मघाती आक्रमणको निन्दा गरेका छन् । उक्त आक्रमणमा दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको थियो ।
महासचिवका प्रवक्ता स्टेफन दुजारिकले अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत कूटनीतिक नियोगहरूसहित नागरिक र उनीहरूको स्वामित्वका वस्तुहरूविरुद्धको आक्रमणलाई कडाइका साथ निषेध गरिएको कुरा दोहो¥याउँदै जारी गरेको विज्ञप्तिमा आत्मघाती आक्रमणको निन्दा गरिएको छ । महासचिवले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
अज्ञात आतङ्कारीले आफ्नो दूतावासको कन्सुलर खण्डको प्रवेशद्वार नजिकै विस्फोटक पदार्थ प्रहार गर्दा दुई जना कर्मचारी मारिएका रूसी विदेश मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार दूतावासका अधिकारी अफगान सुरक्षाकर्मीहरूसँग निकट सम्पर्कमा रहेका तथा घटनाको अनुसन्धान भइरहेको छ ।
यसैबीच, पाकिस्तानले रूसी दूतावासमा भएको घातक हमलाको निन्दा गरेको छ । उक्त आक्रमणमा एक जना रूसी कूटनीतिज्ञ र अर्का एक जना अफगान नागरिकको ज्यान गएको थियो । पाकिस्तानी विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी कूटनीतिक नियोगमा भएको हमला गम्भीर चिन्ताको विषय भएको बताउँदै आतङ्वादका सबै रूप र प्रकटीकरणको पाकिस्तान सरकारले निन्दा गरेको छ ।
आक्रमणमा ज्यान गुमाएकाहरूका परिवारजनप्रति सहानुभूति जनाउँदै विदेश मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै पाकिस्तानले आतङ्वाद साझा चुनौती भएकाले त्यसलाई सम्बोधन गर्न ठोस प्रयास अपरिहार्य भएको बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: