Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

पाकिस्तानका बाढी पीडितलाई क्याम्बोडियाको सहयोग

खबरडबली संवाददाता

नोम्पेन्ह । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षामा आएको वर्षा र बाढीमा परेर पीडित भएकाहरुको सहयोगका लागि क्याम्बोडियाले आर्थिक सहयोग उपलब्ध गराएको छ । हाल दक्षिण पूर्वी एसियाली संगठन आसियनको अध्यक्ष पनि रहेको क्याम्बोडियाले पाकिस्तानका बाढी पीडितहरुका लागि ५० हजार अमेरिकी डलर बराबारको सहयोग उपलब्ध गराएको हो ।

क्याम्बोडियाको विदेश मन्त्रालयका प्रवक्ता चुम सोर्नीले सो कुराको जानकारी दिएको बताइएको छ । क्याम्बोडियाको विदेश मन्त्रालयले प्रकाशन गरेको एक विज्ञप्तिमा पाकिस्तानमा आएको बाढीका कारण परेको समस्यामा सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँगको ऐक्यबद्धताका लागि यो सहयोग उपलब्ध गराइएको बताइएको छ ।

सो विज्ञप्तिमा पाकिस्तानका लागि प्राकृतिक विपद परेका बेलामा गरिएको यो दोस्रो पटकको सहयोग रहेको पनि बताइएको छ । सो विज्ञप्तिमा जनाइएअनुसार सन् २०१० मा पनि क्याम्बोडियाले पाकिस्तानलाई ५० हजार अमेरिकी डलर सहयोग उपलब्ध गराएको थियो । पाकिस्तानको विपद व्यवस्थापन केन्द्रले दिएको पछिल्लो जानकारीअनुसार पाकिस्तानमा भूकम्पबाट एक हजार दुई सय ९० जनाको ज्यान गएको छ भने अरु १२ हजार भन्दा बढी घाइते भएका छन् ।

यसैबीच पाकिस्तानमा गत २४ घण्टामा भारी मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण ९एनडीएमए० ले जनाएको छ । 

मृत्यु भएका सबै पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध रहेका छन् । ती मध्ये कम्तीमा आठ बालबालिका र दुई महिला रहेका एनडीएमएले जनाएको छ । 
पाकिस्तानमा यस प्रकोपका कारण विभिन्न भागमा पाँच हजार दुई सय ७९ घर ध्वस्त भएका छन् भने ७६ ओटा पशुको मृत्यु भएको छ ।   

पाकिस्तानमा मनसुनी वर्षापछिको बाढी र पहिरोबाट  मध्य जुनदेखि  हालसम्म एक हजार तीन सय २५ मृत्यु हुनुको साथै १२ हजार सात सय तीन घाइते भएका छन् ।

साथै, वर्षाका कारण देशभर १६ लाख ८८ हजार पाँच घर ध्वस्त भएका छन् भने सात लाख ५० हजार चार सय ८१ गाईवस्तुको ज्यान गएको छ । बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी राखेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending