बाँके । बाँकेमा मानव बेचविखनविरुद्ध काम गर्ने संस्था बर्सेनि थपिँदै गए पनि समस्या न्यूनीकरण हुन सकेको छैन । करिब एकदर्जन गैरसरकारी संस्था बाँकेमा कार्यरत छन् तर मानव बेचविखनका घटना भने बर्सेनि बढ्दो रहेको छ ।
नेपालगञ्ज नाकामा मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपाल, शान्ति पुनःस्थापना गृह, साथी संस्था, सेलर्ड, शक्ति समूह, साना हातलगायतका संस्थाले निगरानी गर्दै आएका छन् । मानव बेचविखनविरुद्ध काम गर्ने संस्थाको सङ्ख्या बढ्नु सकारात्मक भए पनि सहकार्यको अभावमा दोहोरोपना देखिँदा कहीँ कतै समस्या हुने गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताए ।
“गैरसरकारी संस्थाले सोंचेजति उपलब्धि हासिल गर्न नसके पनि पीडितको खोजतलासको निवेदन बुझ्ने र खोजतलासको प्रक्रिया अघि बढाउने काम गरिरहेका छन्”, उनले भने, “राज्यले पीडितले निवेदन दिने वातावरणसमेत बनाउन नसकेको अवस्थामा सङ्घ संस्थाले सहयोग गरिरहेका छन् ।”
मानव बेचविखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाले सचेतना जगाउने र सीमावर्ती क्षेत्रमा जाँच तथा परामर्श गर्ने गरे पनि बेचिएका महिला उद्धार गर्न सकिरहेका छैनन् । सङ्घ संस्था परियोजनामुखी भएका कारण पनि अभियान प्रभावकारी हुन नसकेको अधिवक्ता पदम पाण्डेले बताए ।
“मानव बेचविखनको क्षेत्रमा काम गर्ने संस्थाको सङ्ख्या बढेको बढ्यै छ, तर बेचविखनका घटना घटेका छैनन्”, सेलर्डमा मानव बेचविखनविरुद्धको परियोजना संयोजक भएर काम गरिसक्नुभएका अधिवक्ता पाण्डेले भने, “अब हामीले गर्दै आएको तौरतरिका र काम कारबाहीमा परिवर्तन गर्नेतर्फ सोंच्नुपर्ने भएको छ ।”
वैदेशिक रोजगारका नाममा महिलालाई सीमा कटाएर लैजाने र बेचविखन गर्ने गरेको पाइए पनि दलालविरुद्धका मुद्दा कमजोर हुने र पीडितले बयान फेर्ने समस्यालाई हल गर्न अब मुद्दा नै वैदेशिक रोजगारअनुसार दर्ता गर्नुपर्ने पाण्डेको सुझाव छ । माइती नेपाल, नेपालगञ्जमा खोजतलासका लागि गत आर्थिक वर्ष २०७८÷७९ मा मात्रै सात सय १२ निवेदन परेका छन् । ती निवेदनमध्ये दुई सय ८५ जना फेला परेका छन् ।
यो अवधिमा माइती नेपाल, नेपालगञ्जले जोखिमपूर्ण यात्रामा रहेका छ सय २७ जनाको नेपालगञ्जस्थित जमुनाह नाकाबाट उद्धार गरेको माइती नेपाल नेपालगञ्जका संयोजक कोइरालाले जानकारी दिए । सङ्घ, संस्थाको पहलमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका तथा बेचिन लागेको आशङ्का लागेका सयौँको उद्धार हुँदै आए पनि मुद्दा भने न्यून दर्ता हुने गरेका छन् ।
पछिल्लो समय प्रविधिको प्रयोगले झुक्याएर, जागिरको प्रलोभन देखाएर, आफन्तबाटै भारत लगेर बिक्री गर्ने गरेको पाइएको शान्ति पुनःस्थापना गृह बाँकेका कार्यक्रम संयोजक निर्मल सुवेदीले बताए । उनका अनुसार मानव बेचबिखन गर्नेले नयाँ नयाँ रणनीति अपनाएर युवतीलाई भारत पु¥याउने गरेको पाइएको छ ।
शान्ति पुनःस्थापना गृह बाँकेले बाँकेका चार नाकाबाट आर्थिक वर्ष २०७८÷७९ मा जोखिमपूर्ण यात्रामा रहेका दुई सय ४६ जनाको उद्धार गरेको छ । भारत पुगेर छ जना नेपालीको उद्धार गरी नेपाल फर्काएको कार्यक्रम संयोजक सुवेदीले जानकारी दिए ।
मानव बेचबिखनका घटनामा कमै मात्र मुद्दामा जाने गरेका छन् । शान्ति पुनःस्थापन गृहले सीमामा निगरानी बढाउनुका साथै बाँकेमा आवधिक गृहसमेत सञ्चालनमा ल्याएर उद्धार गरेकालाई पुनःस्थापना गर्ने काम गरिरहेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: