Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

तरकारीले बनायो आत्मनिर्भर

खबरडबली संवाददाता

चौतारा । सिन्धुपाल्चोकमा स्थानीय कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको बलेफी, सुनकोशी, मेलम्ची क्षेत्रमा किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् । 

लटरम्म फलेको खुर्सानी, गोलभेँडा, घिरौला, बन्दा, करेला, धनिया, काँक्रो, सिमी जस्ता तरकारी लहलहाउँदो छ । टनेल विधिबाट तरकारी खेती गर्दा मौसमी र बेमौसमी तरकारी उत्पादन दोब्बर हुने भएपछि किसान यसतर्फ आकर्षित भएका छन् । पहिले खुल्ला स्थानमा तरकारी फलाउन नसकेका कृषक टनेलमा गरिएको खेतीले मनग्य उत्पादन गरिरहेका छन् । 

यहाँका कृषकले पाखाबारीमा मकै, गहुँ, जौ, कोदो, धान खेतीको साटो मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने गरेका छन् । अन्नबाली छाडेर व्यावसायिक तरकारी खेती गर्न थालेका किसान पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौती दिँदै घरमै बसी तरकारी खेतीबाट आम्दानी हुन थालेको बलेफीका कृषक रोजन तामाङले बताए  । 

बलेफीकै कृषक सङ्गीता तामाङ परम्परागत तरिकाले भन्दा नयाँ विधिबाट गरिएको खेतीले किसानलाई फाइदा दिएको बताए  । लागत घटाउन, उत्पादन बढाउन र रोग कीराको समस्याबाट बच्न टनेल भित्र हाइटेक प्रविधि किसानले प्रयोग गर्न थालेका छन् । स्थायी संरचनाको प्लास्टिक टनेल बनाएर बिरुवाको जरा–जरामा आवश्यकताअनुसार सिँचाइ हुने थोपा सिँचाइ प्रविधि जडान गरिएको छ । 

हावा र प्रकाश छिर्ने पारदर्शी प्लास्टिकको टनेल बनाइएको छ । बिरुवाको जरा जरामा पाइपमार्फत बिरुवालाई आवश्यक पर्ने पानी र खाद्य तत्व आपूर्ति गराइन्छ । सुधारिएको गोठ निमार्णले बस्तु भाउको मूत्र पनि सदुपयोग हुने गरेको सुनकोसी–६ का कृषक प्रदीप भण्डारेले बताए  ।

उत्पादन भएको तरकारी बिक्रीका लागि समस्या नभएको मेलम्ची नगरपालिका–९ ज्यामिरेका तरकारी कृषक वासुदेव कटुवालले बताए  । तरकारी बेचेर एक सिजनमा करिब रु एक लाखदेखि डेढलाख आम्दानी हुने गरेको कटुवालले  बताए  । 

जापानको परराष्ट्र मन्त्रालयको सहयोगमा पिस विन्ड्स जापानमार्फत समृद्धिका लागि यथायोग्य कार्यसस्था नेपालअन्र्तगत खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजनाले मेलम्ची–९, सुनकोसी गाउँपालिका–६, बलेफी गाँउपालिका ४ र ६ का दुई सय ७७ घरधुरीलाई कृषक समूहमा आबद्ध गराएर प्रविधिसहित व्यावसायिक तरकारी खेतीमा जोडिएको छ । उनीहरुले उत्पादन गरेको तरकारी सङ्कलन केन्द्रमा जम्मा हुन्छ । किसानले बजारमा चलेको मूल्य पाउँछन् भने तरकारी मुख्य बजारमा बिक्री हुने गरेको छ । स्थानीय तहले कृषिमा सामग्री वितरणसँगै प्रविधि पनि सिकाउँदा थप उपलब्धि देखिने कृषि विज्ञ डा रामचन्द्र भुसालले बताए 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: