चौतारा । सिन्धुपाल्चोकमा स्थानीय कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको बलेफी, सुनकोशी, मेलम्ची क्षेत्रमा किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् ।
लटरम्म फलेको खुर्सानी, गोलभेँडा, घिरौला, बन्दा, करेला, धनिया, काँक्रो, सिमी जस्ता तरकारी लहलहाउँदो छ । टनेल विधिबाट तरकारी खेती गर्दा मौसमी र बेमौसमी तरकारी उत्पादन दोब्बर हुने भएपछि किसान यसतर्फ आकर्षित भएका छन् । पहिले खुल्ला स्थानमा तरकारी फलाउन नसकेका कृषक टनेलमा गरिएको खेतीले मनग्य उत्पादन गरिरहेका छन् ।
यहाँका कृषकले पाखाबारीमा मकै, गहुँ, जौ, कोदो, धान खेतीको साटो मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने गरेका छन् । अन्नबाली छाडेर व्यावसायिक तरकारी खेती गर्न थालेका किसान पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौती दिँदै घरमै बसी तरकारी खेतीबाट आम्दानी हुन थालेको बलेफीका कृषक रोजन तामाङले बताए ।
बलेफीकै कृषक सङ्गीता तामाङ परम्परागत तरिकाले भन्दा नयाँ विधिबाट गरिएको खेतीले किसानलाई फाइदा दिएको बताए । लागत घटाउन, उत्पादन बढाउन र रोग कीराको समस्याबाट बच्न टनेल भित्र हाइटेक प्रविधि किसानले प्रयोग गर्न थालेका छन् । स्थायी संरचनाको प्लास्टिक टनेल बनाएर बिरुवाको जरा–जरामा आवश्यकताअनुसार सिँचाइ हुने थोपा सिँचाइ प्रविधि जडान गरिएको छ ।
हावा र प्रकाश छिर्ने पारदर्शी प्लास्टिकको टनेल बनाइएको छ । बिरुवाको जरा जरामा पाइपमार्फत बिरुवालाई आवश्यक पर्ने पानी र खाद्य तत्व आपूर्ति गराइन्छ । सुधारिएको गोठ निमार्णले बस्तु भाउको मूत्र पनि सदुपयोग हुने गरेको सुनकोसी–६ का कृषक प्रदीप भण्डारेले बताए ।
उत्पादन भएको तरकारी बिक्रीका लागि समस्या नभएको मेलम्ची नगरपालिका–९ ज्यामिरेका तरकारी कृषक वासुदेव कटुवालले बताए । तरकारी बेचेर एक सिजनमा करिब रु एक लाखदेखि डेढलाख आम्दानी हुने गरेको कटुवालले बताए ।
जापानको परराष्ट्र मन्त्रालयको सहयोगमा पिस विन्ड्स जापानमार्फत समृद्धिका लागि यथायोग्य कार्यसस्था नेपालअन्र्तगत खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजनाले मेलम्ची–९, सुनकोसी गाउँपालिका–६, बलेफी गाँउपालिका ४ र ६ का दुई सय ७७ घरधुरीलाई कृषक समूहमा आबद्ध गराएर प्रविधिसहित व्यावसायिक तरकारी खेतीमा जोडिएको छ । उनीहरुले उत्पादन गरेको तरकारी सङ्कलन केन्द्रमा जम्मा हुन्छ । किसानले बजारमा चलेको मूल्य पाउँछन् भने तरकारी मुख्य बजारमा बिक्री हुने गरेको छ । स्थानीय तहले कृषिमा सामग्री वितरणसँगै प्रविधि पनि सिकाउँदा थप उपलब्धि देखिने कृषि विज्ञ डा रामचन्द्र भुसालले बताए
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: