काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पुनर्गठन एक बर्ष पुरा भएको छ। एमालेबाट विद्रोह गरेर माधव नेपाल नेतृत्वमा पार्टी गठन गरेको एक बर्ष पुरा भएको हाोे।
गत वर्ष नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो।
दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
उनले आफूहरुको पार्टी पुनर्गठन पश्चात पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए।
‘पहिलो परिणाम प्रतिगमनकारी क्रियाकलाप गर्ने नेकपा एमालेको नेतृत्व झुण्डलाई सत्ताबाट तल झारेका छौँ। र देशभरीका लोकतान्त्रिक, समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभ्याएर, जुटाएर नेपालको संविधानलाई जोगाउने, राजनीतिक स्थायित्व प्रदान गर्ने काम गरेका छौँ’, उनले भने, ‘हामीले गरेका त्यही प्रयासका कारणले आउँदो मंसिर ४ गते देशभर आम निर्वाचन र प्रदेश सभाको निर्वाचन हुँदैछ । स्थायित्वको परिणाम यहीँ हो।’
उनले पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको दाबी गरे। २ लाख भन्दा बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आवद्ध भइसकेको पनि उनले जानकारी दिए। त्यस्तै पार्टीको निर्वाचन चिन्ह कलमको व्यापक प्रचार–प्रसार भइसकेको उनले बताए।
पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौंमा राखिएको कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - ०९:१४
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...
चैत्र १६ गते, २०८२ - ०९:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...
चैत्र १६ गते, २०८२ - ०८:२५
काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...
चैत्र १६ गते, २०८२ - ०८:१७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...
चैत्र १६ गते, २०८२ - ०८:१५
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...
चैत्र १६ गते, २०८२ - ०८:१२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र १६ गते, २०८२ - ०८:०९
रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...
चैत्र १६ गते, २०८२ - ०८:०२
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...
चैत्र १६ गते, २०८२ - ०७:४६
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...



प्रतिकृया लेख्नुहोस्: