काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले राजधानीको नेवाः संस्कृति र सम्पदा संरक्षण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउन वर्तमान सरकार लागिपरेको बताएका छन् ।
नेवार समुदायको राष्ट्रिय सङ्गठन नेवाः देय् दबुले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भू दरबार क्षेत्र जाने दुई दशमलव दुई किमी सम्पदा ट्रेल निर्माण गरी पर्यटक आकर्षित गर्न लागिएको बताए।
राजधानीमा रात्रिकालीन पर्यटन प्रवद्र्धन, मूर्त, अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको उनले सुनाए । शङ्खधर साख्वा राष्ट्रिय पुरस्कार स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता पनि कार्यक्रममा मन्त्री श्रेष्ठले जनाए। “काठमाडौँ शहरको कला, संस्कृति र सम्पदाको जगेर्नाका साथसाथै यससँग आबद्ध स्थानीय समुदायको आयआर्जन हुने उपाय पहिल्याउने प्रयासमा लागेको छु”, –उनले भने ।
सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संविधानमा भएको व्यवस्थाअनुसार स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र खडा गर्ने प्रस्तावलाई आफूले अघि बढाएको जानकारी दिँदै अहिले अर्थ मन्त्रालयमा त्यो प्रस्ताव विचाराधीन रहेको बताए ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले बालबालिकालाई मातृभाषा सिक्न मद्दत पुग्ने बालमैत्री श्रव्यदृश्य सामग्री बनाउने तयारी महानगरपालिकाले थालेको जानकारी गराए । नेवाः देय् दबूका संरक्षक मल्ल के सुन्दरले सङ्गठनको केन्द्रीय नेतृत्वले देशभर रहेका आफ्ना शाखा उपशाखालाई सक्षम नेतृत्व प्रदान गर्न सक्नुपर्ने सुझाव दिए।
कार्यक्रममा अध्यक्ष पवित्र बज्राचार्य, महासचिव सत्यनारायण डङ्गोललगायतले नेवाः जातिको संस्कृति संरक्षण गरी पर्यटक आकर्षित गरेर आर्थिक उन्नति गर्न सकिने भएकाले तीनै तहका सरकारको ध्यान यसतर्फ जानुपर्नेमा जोड दिए। सो अवसरमा मन्त्रीद्वय श्रेष्ठ र महानगरपालिकाका उपप्रमुख डङ्गोललाई सम्मानपत्र प्रदान गरिएको थियो ।
धरान महाधिवेशनबाट नियुक्त सल्लाहकार एवं संरक्षकहरू तीर्थराम डङ्गोल, मल्ल के। सुन्दर, प्रा डा गीताभक्त जोशी, मुक्ति प्रधान, डा पुष्पराज राजकर्णिकार, डा महेशमान श्रेष्ठ, प्रा डा त्रिरत्न मानन्धर, त्रिरत्न शाक्य, सुवर्णकेशरी चित्रकार, दीनेश श्रेष्ठ, राजेन्द्र मल्ललगायतलाई नियुक्ति पत्र प्रदान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: