Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

नेवाः सम्पदा संरक्षण गरेर पर्यटक आकर्षित गर्नुपर्छ : मन्त्री श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले राजधानीको नेवाः संस्कृति र सम्पदा संरक्षण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउन वर्तमान सरकार लागिपरेको बताएका छन् ।

नेवार समुदायको राष्ट्रिय सङ्गठन नेवाः देय् दबुले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भू दरबार क्षेत्र जाने दुई दशमलव दुई किमी सम्पदा ट्रेल निर्माण गरी पर्यटक आकर्षित गर्न लागिएको बताए।

राजधानीमा रात्रिकालीन पर्यटन प्रवद्र्धन, मूर्त, अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको उनले सुनाए । शङ्खधर साख्वा राष्ट्रिय पुरस्कार स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता पनि कार्यक्रममा मन्त्री श्रेष्ठले जनाए। “काठमाडौँ शहरको कला, संस्कृति र सम्पदाको जगेर्नाका साथसाथै यससँग आबद्ध स्थानीय समुदायको आयआर्जन हुने उपाय पहिल्याउने प्रयासमा लागेको छु”, –उनले भने । 

सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले  संविधानमा भएको व्यवस्थाअनुसार स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र खडा गर्ने प्रस्तावलाई आफूले अघि बढाएको जानकारी दिँदै अहिले अर्थ मन्त्रालयमा त्यो प्रस्ताव विचाराधीन रहेको बताए । 

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले बालबालिकालाई मातृभाषा सिक्न मद्दत पुग्ने बालमैत्री श्रव्यदृश्य सामग्री बनाउने तयारी महानगरपालिकाले थालेको जानकारी गराए । नेवाः देय् दबूका संरक्षक मल्ल के सुन्दरले सङ्गठनको केन्द्रीय नेतृत्वले देशभर रहेका आफ्ना शाखा उपशाखालाई सक्षम नेतृत्व प्रदान गर्न सक्नुपर्ने सुझाव दिए।

कार्यक्रममा अध्यक्ष पवित्र बज्राचार्य, महासचिव सत्यनारायण डङ्गोललगायतले नेवाः जातिको संस्कृति संरक्षण गरी पर्यटक आकर्षित गरेर आर्थिक उन्नति गर्न सकिने भएकाले तीनै तहका सरकारको ध्यान यसतर्फ जानुपर्नेमा जोड दिए। सो अवसरमा मन्त्रीद्वय श्रेष्ठ र महानगरपालिकाका उपप्रमुख डङ्गोललाई सम्मानपत्र प्रदान गरिएको थियो ।

धरान महाधिवेशनबाट नियुक्त सल्लाहकार एवं संरक्षकहरू तीर्थराम डङ्गोल, मल्ल के। सुन्दर, प्रा डा गीताभक्त जोशी, मुक्ति प्रधान, डा पुष्पराज राजकर्णिकार, डा महेशमान श्रेष्ठ, प्रा डा त्रिरत्न मानन्धर, त्रिरत्न शाक्य, सुवर्णकेशरी चित्रकार, दीनेश श्रेष्ठ, राजेन्द्र मल्ललगायतलाई नियुक्ति पत्र प्रदान गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शंकास्पद गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक ललितपुरबाट पक्राउ

ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९  जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...

पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...

मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का रद्द

फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...

शिक्षा मन्त्रालयको सय दिन: शिक्षा क्षेत्रमा सुशासन र डिजिटल सेवा विस्तारमा जोड

काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...

जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको सूचना पाएका थियौँ: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...

संविधान संशोधनअघि उद्देश्य र नियत स्पष्ट हुनुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...

सभामुख अर्याल र साउदी राजदूतबीच भेट, संसदीय सहकार्य र लगानी विस्तारमा जोड

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...

इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, भद्रकालीमा लामो लाइन

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेना सम्झौता भएको दाबी असत्य: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending