Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

मलेशियाका पूर्वप्रधानमन्त्री १२ वर्षका लागि जेल चलान

खबरडबली संवाददाता

काठमाडौं । उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गरिदिएपछि मलेशियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षका लागि जेल चलान भएका छन्।

सरकारी स्वामित्वको स्वास्थ्य कोष वानएमडीबीको रकम हिनामिना गरेको अभियोगमा उनी एक अदालतबाट दोषी ठहर भएका थिए।

सन् २०२० को जुलाईमा दोषी ठहर भएका ६९ वर्षीय नजिब अपीलपछि जमानतमा रिहा भएका थिए।

आफूविरुद्धको आदेश कार्यान्वयनमा ढिलाइ गर्न उनले गरेको अपीललाई पनि अदालतले अस्वीकार गरिदिएको छ। आफूले गल्ती गरेको कुरा उनले निरन्तर अस्वीकार गर्दै आएका छन्।

दोषी

सन् २०२० मा एक अदालतले पूर्वप्रधानमन्त्री नजिबलाई विभिन्न सातवटा अभियोगमा दोषी पाएको थियो।

मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिङ्गिट रकम थियो जुन एसआरसी इन्टरन्याश्नलबाट उनका व्यक्तिगत खातामा पठाइएको थियो।

एसआरसी वानएमडीबीको पूर्वएकाइ थियो। अदालतले उनलाई १२ वर्ष जेलसजाय र २१ करोड रिङ्गिट जरिवाना सुनाएको थियो।

नजिबका वकिलहरूले उनका निजी खातामा पठाइएको रकम सरकारी कोषको नभई साउदी राजपरिवारको तर्फबाट दानमा आएको भनी विश्वास दिलाइएको दाबी गरेका थिए।

विवाद

नजिबको उन्मुक्तिका लागि अन्तिम प्रयासस्वरूप मङ्गलवार उनका वकिलहरूले उनको मुद्दा हेर्ने इजलासबाट प्रधानन्यायाधीशलाई हटाउन माग गरेका थिए।

प्रधानन्यायाधीशका श्रीमान्‌ले सन् २०१८ मा फेसबुकमा नजिबबारे आलोचनात्मक टिप्पणी गरेकाले आदेशप्रति प्रधानन्यायाधीश पूर्वाग्रही हुन सक्ने उनीहरूले तर्क गरेका थिए।

तर प्रधानन्यायाधीशले नाजिबमाथि यस्तो आरोप लाग्नु अघि नै आफ्ना श्रीमान्‌ले फेसबुकमा टिप्पणी गरेको भन्दै मुद्दाको सुनुवाइमा संलग्न नहुन गरिएको आग्रह अस्वीकार गरेकी थिइन्।

आफ्नो फैसलामा प्रधान न्यायाधीशले पाँच सदस्यीय न्यायाधीशहरूको समूहबाट सर्वसम्मतिले नजिबमाथि लागेका आरोपहरू जाजय देखिएको र उनका तर्फबाट गरिएको पुनरावेदनमा "कुनै नयाँ दाबी नभएको" ठहर गरेकी छिन्।

"प्रतिरक्षा आफैँमा असङ्गत र अविश्वसनीय छ जसले यो मुद्दामा शङ्का गर्नुपर्ने कुनै पनि कारण दिन सकेको छैन," उनले भनेकी छिन्।

वानएमडीबी सम्बन्धी पाँच वटा सुनुवाइ मध्ये मङ्गलवारको सुनुवाइ पहिलो हो।नजिबकी श्रीमती रोश्मा मन्सुरले पनि सम्पत्ति शुद्धीकरण र एक सौर्य ऊर्जा परियोजनामा कर छलीको फरक मुद्दाहरू खेपिरहेकी छिन्।

तर यसमा आफू दोषी नभएको उनको जिकिर छ। उच्च अदालतले आगामी साता अर्थात् सेप्टेम्बर १ मा उनीमाथि चलिरहेको मुद्दामा फैसला सुनाउने तय गरेको छ।

को हुन् नजिब ?

नजिब मलेशियाका दोस्रा प्रधानमन्त्री अब्दुल रजाकका जेठा छोरा हुन्। उनी कुनै बेला निकै प्रख्यात थिए। उनले आफ्नो देशको आर्थिक विकासलाई अगाडि बढाउन सन् २००९ मा उक्त सार्वभौम कोष स्थापना गरे।

तर नौ वर्षपछि त्यसैले उनी र उनको परिवारलाई अधोगतिमा पुर्‍याइदियो। क्वालालम्पुरलाई एउटा आर्थिक केन्द्र बनाउने एवम् रणनीतिक लगानीमार्फत् अर्थतन्त्र सुदृढ बनाउने उद्देश्य राखेर उनले वनएमडीबी स्थापना गरेका थिए।

तर सन् २०१५ को आरम्भतिर ब्याङ्क एवम् बन्डमा लगानी गरेकाहरूलाई तिर्नुपर्ने ११ अर्ब डलर नतिरेपछि सो परियोजनाबारे संशय व्यक्त हुन थालेको थियो।

त्यति बेला नै वाल स्ट्रीट जर्नलले सो कोषबाट ७० करोड डलर नजिबका निजी ब्याङ्क खाताहरूमा सारिएको कागजपत्र आफूले फेला पारेको भनेर विवरण प्रकाशित गरेको थियो।

तर नजिबले कुनै पनि सार्वजनिक कोषबाट आफूले पैसा नलिएको दाबी गरे। नजिब रजाकेल माध्यमिक तहको शिक्षा यूकेमा पूरा गरेका थिए।

त्यसपछि उनले नटिङ्अम विश्वविद्यालयमा औद्योगिक अर्थशास्त्र पढे। उनको त्यो पृष्ठभूमि र "मर्यादित इस्लाम"बारे उनका भनाइका कारण डेभिड क्यामरुन र बराक ओबामाजस्ता नेतासँग उनी स्वाभाविक रूपमा कुरा मिल्ने समकालीन व्यक्तित्व बने।

रजाकले सधैँ भ्रष्टाचारको आरोपको खण्डन गर्ने गरेका छन्। सत्तारूढ हुँदा सम्बन्धित निकायहरूले उनलाई सफाइ पनि दिएका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending