Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नपाएको बस्तीपुरवासीको गुनासो

खबरडबली संवाददाता

सिरहा । सिरहा लहान नगरपालिका–१४ बस्तीपुरका ८० वर्षीय फेकु महतोको ठूलो इच्छा थियो, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई अन्तिम बिदाइ तथा श्रद्धाञ्जली अर्पण गर्ने । तर आफ्ना प्रिय नेताको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गर्ने उनको इच्छा त्यत्तिकै रह्यो ।

उपचारका क्रममा निधन भएका कांग्रेस नेता गिरीको निधनपछि काठमाडौँको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरेका कारणले उनको गृह जिल्ला तथा त्यस क्षेत्रका स्थानीय अन्तिम बिदाइ गर्नबाट वञ्चित भएका हुन् । गिरीको अन्तिम संस्कार गाउँमै गर्नका लागि स्थानीयवासी र स्वयम् उनले इच्छा व्यक्त गरेका थिए । आफ्ना प्रिय नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली दिनबाट वञ्चित हुनुपरेको बस्तीपुरवासी गुनासो छ । 

गिरिको निधन भएको दिन बस्तीपुरवासीले गाँउमै रहेको गिरिको आश्रममा अन्तिम संस्कार गर्नका लागि प्रतिक्षा गरेर दिनभरी बसेको भए पनि काठमाडौँबाट उनको पार्थिव शरीर नआएपछि बस्तीपुरका स्थानीय निराश भएका थिए । 


शुभेच्छुक तथा नेताकार्यकर्ताहरूको प्रदीप बाबुको अन्तिम पटक मुख हेर्ने इच्छा थियो तर सयौँ स्थानीयवासी सो अवसरबाट वञ्चित भएको आश्रममा बस्दै आएका दीप परियारले बताए । उनले भने, “गिरिले आफ्नो मृत्यु भएपछि अन्तिम संस्कार आश्रमै गर्नुहोला भन्नुभएका थियो । सोहीअनुसार हामीले उहाँको शव गाउँमा ल्याउन आग्रह गरेका थियौँ तर त्यसो भएन ।” 

बस्तीपुर र समाज निर्माणमा प्रदीपको ठूलो योगदान भएकाले त्यो योगदानको सम्मान स्वरुप पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने इच्छा पूरा नहुँदा दुःखित भएको स्थानीयवासी चलितर साहले बताए। शान्त र शालिन स्वाभावका व्यक्तित्व नेता गिरि पुर्खौली गाउँ बस्तीपुर नजिकै खुट्टीखोलाको पश्चिम किनारको आश्रममा बस्दै आएका थिए । प्रदीपले आफ्नो अन्तिम संस्कार आश्रममै होस् भन्ने इच्छा व्यक्त गरेको स्थानीय रामकृष्ण चौधरीले बताए । उनका अनुसार प्रिय नेता गिरिको निधनले बस्तीपुरवासी शोकमा डुबेका छन् ।  अन्तिम संस्कार गाउँमा नहुँदा आफूहरू झनै दुःख लागेको चौधरीको भनाइ छ ।  

आफूहरूसँगै खेलेको, हुर्केको, भलाकुसारी गरेको, विभिन्न कालखण्डमा सहययोग एवं सद्भाव बाँडेका नेता गिरिको निधनका कारण गाउँ शोकाकुल छ । विसं २००४ मा जन्मिएका गिरि विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएका थिए । उनी २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending