काठमाडौं । प्रजातन्त्रको पुनरोदयपछि कांग्रेसको गढ मानिएको सुदूरपश्चिममा पछिल्ला निर्वाचनमा स्थिति उस्कदै गएका बेला गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनले भने अर्को छाँटकाँट देखाएको छ। कांग्रेसका लागि स्थानीय निर्वाचनले सुदूरपश्चिममा गुमेको विरासत फर्किन सक्ने लक्षण देखिएको हो।
स्थानीय निर्वाचनमा सुदूरपश्चिमका नौ जिल्लामध्ये बाजुराबाहेकमा जिल्ला समन्वय समितिको नेतृत्व हात पार्न कांग्रेस सफल भएको छ। कांग्रेसले सुदूपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ४० वटामा नेतृत्व (मेयररअध्यक्ष) जितेको छ।
यस्तै नेकपा एमालेले २६, नेकपा माओवादी केन्द्रले १४, नागरिक उन्मुक्ति पार्टीले ४, नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले २ र स्वतन्त्र उम्मेदवारले २ स्थानीय तहमा नेतृत्व पाएका छन्।
स्थानीय तहका ७ सय ३४ वडामध्ये कांग्रेसले ३ सय १३ वडामा अध्यक्ष जितेको छ। एमालेले २ सय ४६, माओवादी केन्द्रले १ सय १, नेकपा एसले २८, नागरिक उन्मुक्ति पार्टीले १४, राप्रपाले ५ र स्वतन्त्र उम्मेदवारले २३ वडामा अध्यक्ष जितेका छन्। वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये ९ वटामा कांग्रेस अगाडि छ।
बाँकी ७ मध्ये ६ वटामा एमाले र१ वटामा नागरिक उन्मुक्ति पार्टी अघि छन् । ७ वटा निर्वाचन क्षेत्रमा कांग्रेस दोस्रो बनेको छ। प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा कांग्रेसकै अग्रता छ। यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - ०९:३४
काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...
माघ ७ गते, २०८२ - ०९:२१
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्। निर्वाचनका लागि मंगलबार...
माघ ७ गते, २०८२ - ०९:१४
काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...
माघ ७ गते, २०८२ - ०९:०७
रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...
माघ ७ गते, २०८२ - ०८:२९
काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा महर टिकट दिएको हो। म...
माघ ७ गते, २०८२ - ०८:२३
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो। उम्...
माघ ७ गते, २०८२ - ०८:१३
काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...
माघ ७ गते, २०८२ - ०८:०७
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...
माघ ७ गते, २०८२ - ०७:५०
काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...
माघ ७ गते, २०८२ - ०७:४२
मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...




प्रतिकृया लेख्नुहोस्: