Khabar Dabali १२ आश्विन २०७९ बुधबार | 28th September, 2022 Wed

भोलिदेखि वाइसिएलको राष्ट्रिय भेला

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा वाइसिएलका संयोजक सुमन देवकोटाले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। 

‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ भोलिदेखि भेला सुरु हुनेछ । भेलाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ । भेलामा सहभागी हुन जिल्ला र प्रदेशबाट प्रतिनिधि काठमाडौँ आइसकेका छन् । 

दुई दिनसम्म चल्ने भेला उद्घाटन सत्र, बन्दसत्र र समापनसत्र गरी तीन सत्रमा अघि बढ्नेछ । बन्दसत्रमा विगतमा सङ्गठनका कामको सिंहावलोकन आगामी क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल बहस गरी युवा आन्दोलनको समग्र कार्यदिशा तय गर्ने संयोजक देवकोटाले बताए। भेलामा भौगोलिक तथा गैरभौगोलिक जिल्ला, प्रदेशबाट ६०० प्रतिनिधि सहभागी हुनेछन् । जसमा केन्द्रीय समितिबाट एक सय ९६, प्रत्येक जिल्लाबाट तीन÷तीन जना गरी दुई सय ५२, प्रदेश कमिटीबाट ३५, तीन वटा आयोगबाट ५२, केन्द्रीय प्रतिनिधि १६ सहभागी हुनेछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजार अनुगमन तीव्र बनाउँदै जुम्ला प्रशासन

जुम्ला । चाडवाड नजिकिँदै गर्दा बजार अनुगमनलाई स्थानीय प्रशासनले तीव्र बनाएको छ । चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकाम खलङ...

भारतबाट आउने पर्यटकलाई भिठ्ठामोडमा स्वागत

जलेश्वर । विश्व पर्यटन दिवसको अवसरमा आज महोत्तरी जिल्लाको प्रमुख भारतीय नाका भिठ्ठामोडमा भारतबाट नेपाल आउने पर्यटकलाई स्वागत एवं सम्मान गरिएको छ । ...

शेखर समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको छौंः कांग्रेस प्रवक्ता

समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत तयार भएको हो

एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ । मेल्छाम गाउँमा स्थापना गरिएको नेपाल टेलिकमको ...

कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती

काठमाडौं । उज्यालो सहर बनाउने लक्ष्यअनुरुप नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती ...

नौरथा लागेपछि नेप्से परिसूचकमा सुधार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमल...

महोत्तरीमा तीन लाख ९७ हजार मतदाता कायम

महोत्तरी । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख ९७ हजार मतदाता कायम भएका छन् ।   जिल्ला निर्वाचन कार्यालय प्र...

दक्षिण कोरियामा ३९ हजार भन्दा बढी सङ्क्रमित

सोल । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३९ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९...

काठमाडौंका २० सिट मध्ये १५ मा कांग्रेसको दाबी, १६४ जना सिफारिस (सूचीसहित)

काठमाडौं । काठमाडौंका २० वटा प्रदेश निर्वाचन क्षेत्रमा पाँच सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा समस्या भएको छ । कांग्रेसले २० मध्ये कम्तिमा १५ सिटमा दाब...

मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य: मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । मु...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page