Khabar Dabali १२ आश्विन २०७९ बुधबार | 28th September, 2022 Wed

हुण्डीमा कारोबार गर्ने तीन जना ६९ लाखसहित काठमाडौँको घण्टाघरबाट पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्रोत नखुलेको रकमसहित काठमाडौँ मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बारा घर भई काठमाडौँको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार साह र धनुषा जनकपुर घर भई काठमाडौँको टेकु बस्ने ३३ वर्षीय अङ्कित गोयन्कालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले गैरकानुनीरूपमा हुण्डीमार्फत वित्तीय कारोबार गर्दै आएका उनीहरुलाई काठमाडौँको घण्टाघर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए। काठमाडौँ महानगरपालिका–२८ घण्टाघरस्थित जामे मार्केट भवनमा सटर भाडामा लिई श्रेष्ठले सञ्चालन गरेको सन्जोग टुर्स एण्ड ट्राभल्स प्रालिमा लुकाइछिपाइ राखेको रकम र हुण्डीको भुक्तानी गर्न आएका अङ्कित गोयन्काका कर्मचारी साह र गोयन्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले गोयन्काले कलङ्कीमा सञ्चालन गरेको आनी इन्टरनेशनलको कार्यालयबाट थप रु नौ लाख बरामद गरेको छ । यस्तै, फास्ट ट्रयाक इन्टरनेशनल प्रालिको नाममा काटिएको सानिमा बैंकको रु १५ लाख बराबरको चेकसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको सूचना अधिकृत कोइरालाले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजार अनुगमन तीव्र बनाउँदै जुम्ला प्रशासन

जुम्ला । चाडवाड नजिकिँदै गर्दा बजार अनुगमनलाई स्थानीय प्रशासनले तीव्र बनाएको छ । चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकाम खलङ...

भारतबाट आउने पर्यटकलाई भिठ्ठामोडमा स्वागत

जलेश्वर । विश्व पर्यटन दिवसको अवसरमा आज महोत्तरी जिल्लाको प्रमुख भारतीय नाका भिठ्ठामोडमा भारतबाट नेपाल आउने पर्यटकलाई स्वागत एवं सम्मान गरिएको छ । ...

शेखर समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको छौंः कांग्रेस प्रवक्ता

समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत तयार भएको हो

एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ । मेल्छाम गाउँमा स्थापना गरिएको नेपाल टेलिकमको ...

कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती

काठमाडौं । उज्यालो सहर बनाउने लक्ष्यअनुरुप नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती ...

नौरथा लागेपछि नेप्से परिसूचकमा सुधार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमल...

महोत्तरीमा तीन लाख ९७ हजार मतदाता कायम

महोत्तरी । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख ९७ हजार मतदाता कायम भएका छन् ।   जिल्ला निर्वाचन कार्यालय प्र...

दक्षिण कोरियामा ३९ हजार भन्दा बढी सङ्क्रमित

सोल । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३९ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९...

काठमाडौंका २० सिट मध्ये १५ मा कांग्रेसको दाबी, १६४ जना सिफारिस (सूचीसहित)

काठमाडौं । काठमाडौंका २० वटा प्रदेश निर्वाचन क्षेत्रमा पाँच सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा समस्या भएको छ । कांग्रेसले २० मध्ये कम्तिमा १५ सिटमा दाब...

मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य: मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । मु...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page