Khabar Dabali १८ आश्विन २०७९ मंगलवार | 4th October, 2022 Tue

काठमाडौँको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले काठमाडौँमा फोहर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद अमृता थापामगरले काठमाडौँमा दैनिक फोहर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले  सरकारले काठमाडौँसहित देशभरका सहरमा फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिँदै फोहरका कारण नेपालका मुख्य सहर कुरुप बन्दै गएकोप्रति सबैले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सांसद कलिना खातुनले फोहर व्यवस्थापन वर्गीकरण गरेर तीनै तहका सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापन गर्न वडा, नगर, प्रदेश र सङ्घ सबै जुट्नुपर्नेमा  जोड दिइन् ।

सांसद अञ्जना विसङ्खेले नागरिकतासम्बन्धी विधेयक सबैले छलफल गरेर आवश्यक संशोधन गरी सम्मानजनक तरिकाले पठाउनुपर्ने बताइन् । सांसद कृष्णगोपाल श्रेष्ठले नागरिकता विधेयकमा गम्भीर त्रुटि देखिएपछि राष्ट्रपतिले संसद्समक्ष फिर्ता पठाएपछि त्यसका विषयमा गम्भीर छलफल गर्नुपर्ने सुझाव दिए ।  

सांसद खेमप्रसाद लोहनीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउनु संवैधानिक अधिकार भएको र विवाह गर्ना साथ नागरिकता दिने व्यवस्था राख्न नहुने बताए । सांसद गणेश ठगुन्नाले दार्चुलामा बुधबार भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद जयकुमार राईले देशभरका सडक, पुल समयमै ठेकेदारले निर्माण सम्पन्न नगर्दा यात्रुले सास्ती भोग्नुपरेको हुँदा सरकारले त्यस्ता ठेकेदारलाई समयमै काम गर्न लगाउन ध्यानाकर्षण गराए  । सांसद झपटबहादुर रावलले कैलालीमा डेङ्गु फैलिएर समस्या देखिएकाले तत्काल रोकथामका लागि सरकारसँग आग्रह गरे ।

 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दसैँसँगै रामलीलाको रौनक

राँझा । नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवले दसैँ पर्वको रौनक ल्याएको छ । प्रत्येक वर्ष दसैँका अव...

पाकिस्तानमा बाढीबाट करिब एक हजार ७०० को मृत्यु

इस्लामावाद । पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको बताइएको छ । मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस...

अफगानिस्तानको राजधानीमा आत्मघाती बम विस्फोट १९ जननको मृत्यु

काबुल । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको ...

ग्यास चुहिएर आगलागी हुँदा १७ लाख बराबरको क्षति

झापा । मेचीनगर नगरपालिका–६ स्थित विजय राजवंशीको घरमा आज आगलागी हुँदा रु १७ लाखको क्षति भएको छ ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उप...

गाउँपालिकाद्वारा रोजगारी गुमाएकालाई अटो रिक्सा अनुदान

बलेवा । लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्केका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार रानाले अहिले आफ्नै गाउँमा व्यवसाय गर्दै...

आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ  । मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० व...

महामन्त्री थापा भन्छन्– डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं...

चाडपर्वमा विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन नि...

म्यानमारमा ५.२ म्याग्नीच्युडको भूकम्प

म्यानमार । म्यानमारमा शुक्रबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३ः ५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।भू...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page