Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

संयुक्त राष्ट्रसङ्घका महासचिव भन्छन्- आतङ्कवादी हमलाबाट मारिएका र घाइतेहरुलाई विर्सन नहुने

खबरडबली संवाददाता

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले आतङककादी क्रियाकलापका कारण घाइते र ज्यान गुमाएका व्यक्तिहरुलाई कहिल्यै पनि विर्सन नहुने बताएका छन् ।

यस्ता हिंसात्मक हमलामा परेर ज्यान गुमाएका व्यक्तिलाई विर्सन नहुने तथा यस्ता आक्रमणमा परेर बाँचेका मानिसहरुका आवाज सधैँ सुन्नुपर्ने महासचिव गुटर्रेसले बताएका हुन् ।

आतङ्कवादी हमलामा परेर ज्यान गुमाएका र घाइते भइ बाँचेकाहरुको स्मरणमा हरेक वर्ष अगष्ट २१ मा मनाइने अन्तर्राष्ट्रिय दिवसका अवसरमा दिएको एक भिडियो सन्देशमा उनले सो कुरा बताएका हुन् । 

यस दिन हिंसात्मक हमलामा परेर ज्यान गुमाएका परिवारका सदस्य तथा घाइतेहरुका आवाज सुन्ने र उनीहरुको पिरमर्काहरु सबैले मनन गर्नुपर्ने उनले बताए  । 
 
आतङ्ककारी हमलामा परेर बाँचेका मानिसहरुका समस्या सुनेर उनीहरलाई बाँकी जीवनमा ससम्मान बाँच्ने अवसर प्रदान गर्ने र समाजमा उनीहरुको अधिकारको संरक्षण गरी न्याय दिलाउने काममा पनि लाग्नुपर्ने उनले बताएका छन् ।

सो सन्देशमा उनले विश्वका सरकारहरुलाई यस्तो हिंसामा परेर ज्यान बचाएका व्यक्तिहरुको हक अधिकारको संरक्षण र सम्बद्र्धनका लागि काम गर्न पनि आग्रह गरेका छन्  ।

यस्ता व्यक्तिहरुको सम्मानका लागि विश्वका सबै नागरिकले एक भएर काम गर्नुपर्ने भन्दै महासचिव गुटर्रेसले यसका साथै दोषीमाथि कारबाही गर्न र आगामी दिनमा यस्ता हिंसाका घटना हुन नदिनका लागि सबैको सहकार्य आवश्यक रहेको पनि सो सन्देशमा बताएका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending