काठमाडौं । स्कुल भन्ने बित्तिकै सबैको मनमा बोध हुन्छ विद्याको मन्दिर । बालबालिकाको पहिलो गुरु आफ्ना बाबुआमा हुन् भने दोस्रो पढाउने शिक्षक हुन् । विद्यालयलाई विद्या र बुद्धिको मार्गदर्शकका रूपमा सबैले लिने गरेका छन् ।
त्यही विद्यालयमा दैनिक विद्यार्थीलाई ल्याउने लैजाने बस पनि विद्याको मन्दिरकै एउटा भाग हो । त्यसमाथि सुन्दर भविष्यको सपना बोकेर स्कुल जाने धेरै विद्यार्थीको जीवन चालकको स्टेरिङमा अडिएको पनि हुन्छ ।
त्यस्ता भविष्यका कर्णधार बोकेर शिक्षाको मुहानमा पुग्ने स्कुल बसका चालक भने रक्सी ९मदिरा० पिएर बस चलाउँछन् भन्दा अनौठो लाग्नु स्वाभाविक नै हो । काठमाडौँ उपत्यकामा यस्तै घटनाहरु फेला पर्दै आएका छन् । उक्त घटना आज बिहान पनि दोहोरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चलाएको स्कुल बसको सुरक्षा जाँच अभियानका क्रममा मापसे गरेर गाडी चलाउने छ जना चालक भेटिए । प्रहरीले उक्त अभियान बिहान ५ः३० बजे ८ः३० बजेसम्म सञ्चालन गर्दा उनीहरु मादक पदार्थ सेवन ९मापसे० गरेको अवस्थामा फेला परेपछि कारबाही गरेको हो ।
यसरी मापसे गरेर बस चलाउने चालकहरुमा ओमेगा सेकेण्डरी स्कुल कुमारीपाटीको बा३क ९३५ नम्बरका बस चालक इन्द्रबहादुर श्रेष्ठ, टाइम इन्टरनेश्नल कलेजको बा१क ९४५६ नम्बरका बस चालक राजकुमार श्रेष्ठ र त्रियोग हाइस्कुलको बा१क ९३५६ नम्बरका बस चालक साङ्गेल शेर्पा रहेका छन् ।
त्यस्तै रेडियन्ट पब्लिक स्कुलको बा८च ९३८३ नम्बरका भ्यान चालक शिवकुमार क्षेत्री, ओरेन्ट इष्ट मन्टेश्वरी स्कुल बल्खुको बा१८च ९८०१ नम्बरका भ्यान चालक मनोज महर्जन र निटिज बोर्डिङ स्कुल कुपण्डोलको विएवी ००६४ नम्बरका भ्यान चालक भीमसेन नेपालीलाई समेत मापसे गरेर स्कुल बस चलाएको भन्दै कारबाही गरिएको छ ।
मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियमानुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्का चालकमार्फत विद्यार्थीलाई गन्तव्यमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
यस्तै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जना स्कुल बसका चालकलाई समेत कारबाही गरिएको जनाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही साउन ८ गतेदेखि स्कुल बस जाँच गर्ने अभियान सञ्चालन गर्दै आएको छ ।
हालसम्म एक सय १७ वटा स्कुल बसका चालक कारबाहीमा परिसकेका छन् । तीमध्ये मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २२ र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ९५ जना चालक छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - ०९:३७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...
माघ ८ गते, २०८२ - ०९:२९
काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...
माघ ८ गते, २०८२ - ०९:११
विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...
माघ ८ गते, २०८२ - ०८:२०
काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...
माघ ८ गते, २०८२ - ०८:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...
माघ ८ गते, २०८२ - ०८:१०
काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ। महानगरपालिकाले आज सूचना जारी...
माघ ८ गते, २०८२ - ०८:०५
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...
माघ ८ गते, २०८२ - ०७:५९
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...
माघ ८ गते, २०८२ - ०७:५३
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...
माघ ८ गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...




प्रतिकृया लेख्नुहोस्: