काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गरेर निष्पक्ष एवं अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेको छ।
राष्ट्रपतिबाट आइतबार साँझ नेपाल नागरिकता संशोधन विधेयक, २०७९ फिर्ता भएपछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता राजेन्द्र महतोले विधेयक फिर्ता गरिनु जनताप्रतिको अपमान भएको बताए। ‘एउटै विधेयक हिजोको सरकारले ल्याउँदा ठिक र अहिले अर्को सरकारले ल्याउँदा बेठिक भन्ने काम भएको छ’, उनले भने, ‘के कति कारणले अहिले ठिक भएन देश र जनतालाई जवाफ दिनुपर्छ।’
नेता महतोले विधेयक फिर्ता हुँदा पद्धतिमाथि नै प्रश्न खडा भएको टिप्पणी गरे। उनले राष्ट्रपतिको यो कार्यले संविधान, संस्था, र व्यवस्थालाई नै प्रभाव पार्ने दाबी गरे।
लोसपाका अर्का नेता केशव झाले पनि राष्ट्रपतिबाट निष्पक्ष भूमिका निर्वाह हुन नसकेको प्रतिक्रिया दिए।
संघीय संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नेपाल नागरिकता संशोधन विधेयक, २०७९ राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा ३ बमोजिम विधेयकमा पुनर्विचार गर्न आवश्यक देखिएको उल्लेख गर्दै संसदमा नै फिर्ता गरेकी थिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - ०९:३७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...
माघ ८ गते, २०८२ - ०९:२९
काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...
माघ ८ गते, २०८२ - ०९:११
विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...
माघ ८ गते, २०८२ - ०८:२०
काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...
माघ ८ गते, २०८२ - ०८:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...
माघ ८ गते, २०८२ - ०८:१०
काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ। महानगरपालिकाले आज सूचना जारी...
माघ ८ गते, २०८२ - ०८:०५
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...
माघ ८ गते, २०८२ - ०७:५९
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...
माघ ८ गते, २०८२ - ०७:५३
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...
माघ ८ गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...




प्रतिकृया लेख्नुहोस्: