Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कोरोना सङ्क्रमणको प्रतिकार्यमा जुट्यो कर्णाली सरकार

खबरडबली संवाददाता

कर्णाली । कोभिड–१९ सङ्क्रमण पुनः बढ्न थालेपछि कर्णाली प्रदेश सरकार प्रतिकार्यमा जुटेको छ । कोभिड–१९ रोकथाम, निदान र उपचारसम्बन्धी कामलाई प्रभावकारी बनाउन गठित प्रदेशस्तरीय निर्देशक समितिको आज बसेको बैठकले परीक्षणको दायरा बढाउन, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न र खोप अभियान समुदायस्तरसम्म पु¥याउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीका अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को पछिल्लो अवस्था, रोकथामका लागि अपनाइएका प्रयास र चुनौतीका बारेमा समीक्षा ग¥यो । मुख्यमन्त्री शाहीले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहको संयुक्त प्रयासबाट सङ्क्रमण रोकथाममा सफलता मिल्ने हुँदा आपसी समन्वय र सहकार्यका माध्यमबाट प्रतिकार्यमा जुट्नुपर्ने बताए । चाडपर्व नजिकिँदै गरेकाले लापरबाही नगरी सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने÷गराउनेतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । बैठकमा प्रदेश सरकारका मन्त्री, सचिव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

बैठकले सामाजिक विकास मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइका साथै बिरामीलाई उपचारका लागि पायक पर्ने स्वास्थ्य संस्था पठाउने सहज व्यवस्था मिलाउन निर्देशन दिएको छ । त्यस्तै स्थानीय तथा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई सक्रिय बनाउन, सबै तहका अस्पतालमा औषधि, उपकरण र सुरक्षा सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । हाल प्रदेशका विभिन्न प्रयोगशालाबाट सङ्कलन हुँदै आएका नमूना प्रदेश प्रयोगशाला वा आवश्यक परेमा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालासम्म ढुवानी गर्नका लागि प्रदेशस्तरीय संयन्त्र जरुरी भएकाले यससम्बन्धी मानक सञ्चालन प्रक्रियाको प्रारुप तयार पार्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ । 

कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित रहने एकमात्र उपाय खोप भएको तर हालसम्म खोपको ‘कभरेज’ अपेक्षित नभएको निर्देशक समितिको निष्कर्ष रहेको छ । बैठकले पूर्णखोप नलगाएका, पूर्णखोप नपाएका र थप मात्रा (बुस्टर डोज) नलगाएकालाई तत्काल खोप सेवा दिने व्यवस्था मिलाउने निर्णय गरेको छ । कर्णाली प्रदेशमा हालसम्म १० लाख ७७ हजार पाँच सय ८२ जनाले कोभिडविरूद्धको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।

बुस्टर डोज लगाउनेको सङ्ख्या भने कम छ । प्रदेशका चार लाख १३ हजार चार सय ६६ जनाले मात्र बुस्टर डोज लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डा रविन खड्काले स्थानीयस्तरसम्म खोप उपलब्ध रहे पनि मानिसहरू सम्पर्कमै आउन नचाहेको बताए। “सङ्क्रमणको वृद्धिदर हेर्दा यसलाई चौथो लहरभन्दा फरक पर्दैन”, उनले भने, “सङ्क्रमणको वृद्धिदर र नागरिकको लापरबाहीको अवस्था चिन्ताजनक छ, जनस्वास्थ्यका मापदण्ड पालनामा सबै सचेत हुनुपर्ने देखिन्छ ।”

मेडिकल उपकरण सन्तोषजनक, जनशक्ति अभाव

कर्णाली प्रदेशमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४३ पुगेको छ । ती सबै होमआइसोलेशनमा छन् । एक महिनाअघि शून्य रहेको सङ्क्रमण पछिल्लो समय भने दैनिक औसत पाँच जनामा देखिने गरेको निर्देशनालयले जनायो । प्रदेशमा हाल ७३ आइसोलेशन सेन्टर, एक हजार आठ सय दुई आइसोलेशन शय्या छन् । एक हजार आठ सय पाँच थान अक्सिजन सिलिण्डर, चार सय ९७ थान अक्सिजन कन्सन्ट्रेटर छन् । 

प्रदेशका विभिन्न अस्पतालमा रहेका १६ अक्सिजन प्लान्टमध्ये ११ वटा सञ्चालनमा छन् । पिसीआर ल्याब चारवटा भए पनि हाल एउटा मात्र सञ्चालनमा छ । जुम्ला, दैलेख र चौरजहारी अस्पतालमा रहेका ल्याब अहिले सञ्चालनमा आउन सकेका छैनन् । स्वास्थ्य निर्देशक डा खड्काले एन्टिजेन परीक्षण सबै जिल्ला, स्थानीय तह र समुदायस्तरसम्म उपलब्ध रहेको जानकारी दिए । उनका अनुसार कोभिड हब अस्पताल दुई, आइसीयू ६८, भेन्टिलेटर ३२ वटा छन् ।

प्रदेशका विभिन्न अस्पतालहरूको तथ्याङ्क हेर्दा एम्बुलेन्स, शवबाहन, भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा सिलिन्डर, अक्सिजन कन्स्न्टे«टर, मेडिकल सुरक्षा सामग्री तथा उपकरणहरूको अवस्था सन्तोषजनक छ । आइसोलेसन शय्याहरू पर्याप्त छन् । तर स्वास्थ्य संस्थामा जनशक्ति भने अभाव छ । कर्णाली प्रदेशमा आठ सय ८८ स्वास्थ्यकर्मीको स्थायी दरबन्दी भए पनि पाँच सय ६७ रिक्त छ । ती स्थानमा सामाजिक विकास मन्त्रालय र मातहतका निकायले करार सेवामार्फत जनशक्ति परिचालन गरेका छन् ।

हाल स्थायी र करार सेवाका गरी स्वास्थ्य संस्थामा करिब आठ सय कर्मचारी कार्यरत छन् । कोभिड सुरु भएयता कर्णालीमा एक लाख ९७ हजार तीन सय ३८ जनामा परीक्षण गरिएकामा ३९ हजार नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये तीन सय ९१ सङ्क्रमितको मृत्यु भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending