Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

चीन-ताइवान तनाव : बेइजिङ सैन्य अभ्यासमा, होेला त युद्ध ?

सैनिक संघर्षमा चीनका सशस्त्र बलहरू ताइवानका भन्दा निक्कै शक्तिशाली

खबरडबली संवाददाता

काठमाडौं ।  चीनले ताइवान वरपरको समुद्र र आकाशमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गर्दै अहिलेसम्मकै ठूलो सैन्य बल प्रदर्शन गरेको छ।

अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेलगत्तै सैन्य अभ्यास गरेको हो।

चीनले ताइवान आफूबाट छुट्टिएको एउटा प्रान्त भएको दाबी गर्दै अन्ततः फिर्ता ल्याइने बताउने गरेको छ।

तर आफ्नै संविधान र प्रजातान्त्रिक निर्वाचन प्रणाली भएको स्वशासित टापु ताइवानले आफूलाई चीनभन्दा भिन्न ठान्छ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले ताइवानसँगको "पुनरेकीकरण हासिल गर्नैपर्ने" भन्दै आवश्यक परेमा त्यसका लागि बल प्रयोग गर्न सक्ने सम्भावनालाई समेत नकारेका छैनन्।

ताइवान दक्षिणपूर्वी चीनको तटीय क्षेत्रबाट करिब १०० माइल टाढा अवस्थित टापु हो।

उसको अवस्थिति 'फर्स्ट आइल्यान्ड चेन' भनिने अमेरिकासँग मैत्रीपूर्ण सम्बन्ध रहेका भूभागहरू रहेको स्थानमा छ र उक्त क्षेत्र अमेरिकी विदेशनीतिका लागि महत्त्वपूर्ण मानिन्छ।

कतिपय पश्चिमा विज्ञका अनुसार चीनले ताइवानमाथि कब्जा गर्‍यो भने पश्चिम प्रशान्त क्षेत्रमा आफू शक्तिशाली रहेको देखाउन ऊ अझ स्वतन्त्र हुने तथा ग्वाम र हवाईसम्म रहेका अमेरिकी सैनिक शिविरहरूमा जोखिम बढ्न सक्छ।

तर चीनले आफ्नो उद्देश्य सम्पूर्ण रूपमा शान्ति रहेको अडान राख्ने गरेको छ।

ताइवान किन चीनबाट छुट्टिएको हो?

दोस्रो विश्वयुद्ध पछि ताइवान र चीनको विभाजन भयो। त्यस बेला चिनियाँ मूलभूमिमा राष्ट्रवादी सरकारी सेना र चिनियाँ कम्युनिस्ट पार्टीबीच लडाइँ भइरहेको थियो।

कम्युनिस्टहरूले सन् १९४९ मा विजय हात पारे र उनीहरूका नेता माओ त्सेतुङले बेइजिङलाई आफ्नो नियन्त्रणमा लिए।

त्यस बेला क्वोमिन्ताङ भनिने राष्ट्रवादी दल भागेर नजिकैको ताइवान पुगेको थियो।

त्यसयता क्वोमिन्ताङ ताइवानको सबैभन्दा प्रभावशाली दल बनेको छ र उसले विगतका अधिकांश समय उक्त टापुमा शासन गर्दै आएको छ।

अहिलेसम्म जम्मा १३ देश र भ्याटिकनले मात्रै ताइवानलाई सार्वभौमसत्ता सम्पन्न देशका रूपमा स्वीकार गर्छन्।

चीनले अरू देशहरूलाई ताइवानलाई मान्यता नदिन वा मान्यता दिएको जस्तो देखिने कुनै काम नगर्न उल्लेख्य मात्रामा कूटनीतिक दबाव दिने गर्छ।

ताइवानका विदेशमन्त्रीले चीनसँगको सम्बन्ध ४० वर्षयताकै सबैभन्दा नराम्रो अवस्थामा रहेको बताएका छन्।

ताइवानले आफ्नो सुरक्षा गर्न सक्छ?

चीनले आर्थिक सम्बन्ध बलियो पार्ने जस्ता गैरसैनिक विधिबाट पुनरेकीकरण अघि बढाउने प्रयास गर्न सक्छ।

तर सैनिक सङ्घर्षका लागि चीनका सशस्त्र बलहरू ताइवानका भन्दा निक्कै शक्तिशाली छन्।

चीनले अमेरिकापछि सबैभन्दा धेरै पैसा प्रतिरक्षाका लागि खर्च गर्छ। उससँग जलसेनादेखि क्षेप्यास्त्र प्रविधि, विमानहरू र साइबर आक्रमण गर्ने ठूलो सामर्थ्य छ।

चीनको अधिकांश सैन्य शक्ति अरू ठाउँमा केन्द्रित छ। तर सुरक्षामा परिचालित जनशक्तिका हिसाबले दुई देशबीच ठूलो भिन्नता छ।

खुल्ला द्वन्द्वमा कतिपय पश्चिमा विज्ञको भविष्यवाणी अनुसार ताइवानले चिनियाँ आक्रमणलाई सुस्त बनाउने लक्ष्य राख्न सक्छ।

त्यस्ता विज्ञका धारणामा उसले समुद्रबाट प्रवेश गर्ने फौजहरूलाई किनारामा ओर्लिनबाट रोक्ने प्रयास गर्न सक्छ र बाहिरको सहयोगको अपेक्षा गर्दै गुरिल्ला आक्रमण गर्न सक्छ।

त्यस्तो सहयोग अमेरिकाबाट आउन सक्छ जसले ताइवानलाई हतियार विक्री गर्छ। यद्यपि वाशिङ्टनले 'रणनीतिक अस्पष्टता' को औपचारिक नीति लिँदै आएको छ।

अर्को शब्दमा भन्नुपर्दा अमेरिका आक्रमण भएको सन्दर्भमा उसले ताइवानको प्रतिरक्षा कसरी गर्ने भन्ने विषयमा नियोजित रूपमा नै अस्पष्ट छ।

कूटनीतिक रूपमा अमेरिका अहिले 'एक-चीन' नीतिप्रति प्रतिबद्ध छ जसले बेइजिङमा रहेको एउटा मात्रै चिनियाँ सरकारलाई मान्यता दिन्छ। ताइवानसँग भन्दा चीनसँग उसको औपचारिक सम्बन्ध छ।

के अवस्था बिग्रिरहेको हो?

सन् २०२१ मा चीनले ताइवानको हवाई क्षेत्रमा सैनिक विमान पठाएर दबाव बढाउने प्रयास गरेको पाइएको थियो।

हवाई प्रतिरक्षा क्षेत्र भनेको एउटा स्वघोषित क्षेत्र हो जहाँ राष्ट्रिय सुरक्षाका दृष्टिकोणले विदेशी विमानलाई पहिचान, निगरानी र नियन्त्रण गरिन्छ।

ताइवानले विमानहरू त्यसरी आफ्नो क्षेत्रमा प्रवेश गरेको तथ्याङ्क सन् २०२० मा सार्वजनिक गरेको थियो।

सन् २०२१ को अक्टोबर महिनामा एकैदिनमा ५६ वटा चिनियाँ विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका थिए।

ताइवान किन महत्त्वपूर्ण?

ताइवानको अर्थतन्त्र एकदमै महत्त्वपूर्ण छ। आजको विश्वमा फोनदेखि ल्यापटपसम्म, घडी र गेम कन्सोलजस्ता अधिकांश इलेक्ट्रोनिक सामग्रीमा ताइवानमा बनेका कम्प्युटर चिपहरू प्रयोग हुन्छन्।

उदाहरणका लागि, एउटा ताइवानी सेमिकन्डक्टर उत्पादक कम्पनी टीएसएमसीले विश्व बजारको आधा भाग ओगट्छ।

टीएसएमसी एउटा फाउन्ड्री (ज्यासल) हो जसले विभिन्न किसिमका उपभोक्ता र सेनाका लागि सामान उत्पादन गर्छ। यो एउटा विशाल उद्योग हो जसको मूल्य सन् २०२१ मा झन्डै एक अर्ब डलर रहेको थियो।

ताइवानमा कब्जा गर्दा बेइजिङले विश्वका केही महत्त्वपूर्ण उद्योगमा आफ्नो नियन्त्रण कायम गर्ने अवसर पाउन सक्छ।

ताइवानी नागरिकहरू चिन्तित

चीन र ताइवानबीच अहिले तनाव देखिएको भए पनि अनुसन्धानले अधिकांश ताइवानीहरू खासै चिन्तित नरहेको देखाएको छ।

गएको अक्टोबरमा ताइवान पब्लिक अपिनीअन फाउन्डेशनले मानिसहरूलाई अन्ततः चीनसँग युद्ध हुने विषयमा के लाग्छ भनेर सोधेको थियो।

त्यसमा झन्डै दुईतिहाइले उनीहरूलाई त्यस्तो युद्ध हुने नलागेको बताएका थिए।

अर्को अनुसन्धानमा ताइवानीका अधिकांश मानिसले आफूलाई ताइवानीका रूपमा चिनाउने गरेको पत्ता लाग्यो। उनीहरू आफ्नो अलग्गै पहिचान भएको ठान्छन्।

न्याश्नल चेङ्ची यूनिभर्सिटीले सन् १९९० को दशकयता गरेका सर्वेक्षणहरूले चिनियाँ,वा दुवै चिनियाँ र ताइवानीका रूपमा आफ्नो पहिचान दिने व्यक्तिको अनुपात घटेको र अधिकांश मानिसहरूले आफूलाई ताइवानीका रूपमा बुझाउने गरेको देखाएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सारङ्गीको धुनमा गुजारा

तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...

७७ जनाको ज्यान जानु सामान्य कुरा होइन, मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending