काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दौडमा भने नरहेको प्रष्ट पारेका छन्।
जापान भ्रमणमा रहेका प्रचण्डले त्यहाँका पत्रकारहरुसँग कुरा गर्दै राजनीतिक स्थिरता र विकासको वातावरण बनाउन भूमिका खेल्ने प्रष्ट पारेका हुन्।
प्रचण्डले भने, ‘प्रधानमन्त्री बन्ने अफर मलाई धेरै आयो २०७४ पछि आयो, म प्रधानमन्त्रीको रेसमा छैन भनेँ मैले। अहिले पनि प्रधानमन्त्रीको प्रस्ताव छ, तर म प्रधानमन्त्रीको रेसमा छैन ।’
चुनावपछि प्रधानमन्त्री हुन खोजेको भनेर हल्ला चलाइएको भन्दै प्रचण्डले भने, ‘म त्यस्तो छिनाझपटीमा छैन । म दुईचोटी प्रधनमन्त्री भइसकेको छु । मेरो चाहना देशमा सुशासन र विकासको वतावरण बनोस् भन्ने छ । त्यसमा योगदान गर्न मन छ । एकचोटी जीवनको बाँकी अवधि देशको विकासमा नयाँ मोडल दिन मन छ ।’
भौतिक पूर्वाधार विकास र विद्युतीकरणलाई तिब्रता दिएर कृषि र कृषिमा आधारित उद्योगमार्फत देशलाई ८–१० वर्षभित्रमा विकासको नयाँ युगमा लान सकिन्छ भन्ने सपना देखेको उनले बताए ।
‘यो सपना देख्नु प्रधानमन्त्री बन्न हतारो गरेको भनेर बुझिन्छ भने यति ठूलो राजनीतिक परिवर्तनमा माओवादीले खेलेको भूमिका, प्रचण्डको भूमिकालाई मिनिमाइज र बदनाम गर्ने चाल मात्र हो’ उनले भने, ‘म अहिले रेसमा चाहिँ छैन ।’
प्रचण्डले अघि भने, ‘अब विकास निर्माण र सुशासनको नेतृत्व गर्ने इच्छा छ । यो भनेको प्रधानमन्त्री बन्न खोज्यो भन्ने विल्कुल प्रचार नगरिदिनुहोला ।’
'चितवनबाटै लड्छु'
उनले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाटै लड्ने बताएका छन्। अरु जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवारी दिने बताए।
‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु। बरु तपाईंहरु जापानमा रहने साथीभाइहरुले पनि सहयोग गर्नुहोला’ उनको भनाइ छ।
उनले आफूलाई रुकुम, गोरखा, धनुषा, सिरहा, कालीकोटबाट चुनाव लड्न प्रस्ताव आएको समेत बताए।
नागरिकता विधेयकबारे
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले गरिकता विधेयक फिर्ता गरे सरकारले फेरी संसद्मा पेश गरेर पारित गराउने दाबी गरे। राष्ट्रपतिले विधेयक एक पटक मात्रै फिर्ता गर्न पाउने भएकाले फिर्ता गरे सरकारले फेरी पेश गर्ने उनको भनाइ छ।
‘राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु हुन्छ जस्तो मलाई लाग्दैन’ प्रचण्डले भने 'फिर्ता गरे सरकारले फेरी लैजान्छ, त्यसमा समस्या छैन।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: