काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दौडमा भने नरहेको प्रष्ट पारेका छन्।
जापान भ्रमणमा रहेका प्रचण्डले त्यहाँका पत्रकारहरुसँग कुरा गर्दै राजनीतिक स्थिरता र विकासको वातावरण बनाउन भूमिका खेल्ने प्रष्ट पारेका हुन्।
प्रचण्डले भने, ‘प्रधानमन्त्री बन्ने अफर मलाई धेरै आयो २०७४ पछि आयो, म प्रधानमन्त्रीको रेसमा छैन भनेँ मैले। अहिले पनि प्रधानमन्त्रीको प्रस्ताव छ, तर म प्रधानमन्त्रीको रेसमा छैन ।’
चुनावपछि प्रधानमन्त्री हुन खोजेको भनेर हल्ला चलाइएको भन्दै प्रचण्डले भने, ‘म त्यस्तो छिनाझपटीमा छैन । म दुईचोटी प्रधनमन्त्री भइसकेको छु । मेरो चाहना देशमा सुशासन र विकासको वतावरण बनोस् भन्ने छ । त्यसमा योगदान गर्न मन छ । एकचोटी जीवनको बाँकी अवधि देशको विकासमा नयाँ मोडल दिन मन छ ।’
भौतिक पूर्वाधार विकास र विद्युतीकरणलाई तिब्रता दिएर कृषि र कृषिमा आधारित उद्योगमार्फत देशलाई ८–१० वर्षभित्रमा विकासको नयाँ युगमा लान सकिन्छ भन्ने सपना देखेको उनले बताए ।
‘यो सपना देख्नु प्रधानमन्त्री बन्न हतारो गरेको भनेर बुझिन्छ भने यति ठूलो राजनीतिक परिवर्तनमा माओवादीले खेलेको भूमिका, प्रचण्डको भूमिकालाई मिनिमाइज र बदनाम गर्ने चाल मात्र हो’ उनले भने, ‘म अहिले रेसमा चाहिँ छैन ।’
प्रचण्डले अघि भने, ‘अब विकास निर्माण र सुशासनको नेतृत्व गर्ने इच्छा छ । यो भनेको प्रधानमन्त्री बन्न खोज्यो भन्ने विल्कुल प्रचार नगरिदिनुहोला ।’
'चितवनबाटै लड्छु'
उनले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाटै लड्ने बताएका छन्। अरु जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवारी दिने बताए।
‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु। बरु तपाईंहरु जापानमा रहने साथीभाइहरुले पनि सहयोग गर्नुहोला’ उनको भनाइ छ।
उनले आफूलाई रुकुम, गोरखा, धनुषा, सिरहा, कालीकोटबाट चुनाव लड्न प्रस्ताव आएको समेत बताए।
नागरिकता विधेयकबारे
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले गरिकता विधेयक फिर्ता गरे सरकारले फेरी संसद्मा पेश गरेर पारित गराउने दाबी गरे। राष्ट्रपतिले विधेयक एक पटक मात्रै फिर्ता गर्न पाउने भएकाले फिर्ता गरे सरकारले फेरी पेश गर्ने उनको भनाइ छ।
‘राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु हुन्छ जस्तो मलाई लाग्दैन’ प्रचण्डले भने 'फिर्ता गरे सरकारले फेरी लैजान्छ, त्यसमा समस्या छैन।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - ०९:१२
तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...
चैत्र १५ गते, २०८२ - ०९:०७
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्। पार...
चैत्र १५ गते, २०८२ - ०८:५१
काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...
चैत्र १५ गते, २०८२ - ०८:००
काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी क...
चैत्र १५ गते, २०८२ - ०७:५६
काठमाडौं । एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...
चैत्र १५ गते, २०८२ - ०७:५२
काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...
चैत्र १५ गते, २०८२ - ०७:४२
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...
चैत्र १५ गते, २०८२ - ०७:३७
काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...
चैत्र १५ गते, २०८२ - ०७:३१
काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...
चैत्र १५ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...



प्रतिकृया लेख्नुहोस्: