Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

दण्ड सजायलाई रचानात्मक बनाउनुपर्छः मन्त्री खनाल

खबरडबली संवाददाता

चितवन । बागमती प्रदेशका आन्तरिक मामिला  तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले अपराध नियन्त्रणसँगै दण्ड सजायलाई रचनात्मक बनाउनुपर्ने बताएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटाँैडाले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय अपराध अुसन्धान समीक्षा गोष्ठीमा बोल्दै उनले अपराध नियन्त्रणसँगै दण्ड सजयालाई समेत रचनात्मक बनाएर लैजानुपर्ने बताए  ।

उनले भने, “दण्ड सजायमा कैद र जरिवानाभन्दा पनि समाज रुपान्तरणतर्फ ध्यान पु¥याउनुपर्छ ।” समय अनुकूल दण्ड सजायलाई परिमार्जन गर्दै लैजानुपर्ने उनको भनाइ थियो । उनले भने, “दण्ड सजाय पाएका व्यक्तिहरुलाई समाजको विकासमा प्रयोग गर्न सक्नुपर्छ ।” अहिले चलेको परम्परागत ढङ्गको अनुसन्धालाई परिस्कृत र परिमार्जित गर्दै लैजान सक्नुपर्ने उनको भनाइ थियो । यसका लागि अनुसन्धान अधिकारीको क्षमता विकास र अपराध नियन्त्रणको विषयमा काम गर्नुपर्ने खनालले बताए  ।

कार्यक्रममा वक्ताहरुले पछिल्ला दिनहरुमा हुने गरेका अपराधहरु घरपरिवार, चिनजान भएका व्यक्ति र आफन्तहरुबाट बढी हुने गरेको बताएका थिए । हेटाँैडाका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले शान्ति सुरक्षा कायम राख्नका लागि अपराध अनुसन्धानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए  । अहिले अपराधको स्वरुप परिवर्तन भएको भन्दै उनले  समाज जटिलतातर्फ जाँदै गरेको बताए  । साइबर अपराधका विषयमा कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा विषयवस्तु समावेश गर्न सके अपराध नियन्त्रणमा सहज हुने उनले बताए  ।  

प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले समयअनुसार अपराधका प्रकृति र प्रवृत्तिमा परिवर्तन आउने भए पनि नेपालमा एक्कासि परिवर्तन देखिएको बताए । पछिल्लो १५ वर्षमा अपराधमा परिवर्तन आएको बताए । उनले भने,“चोरीका घटनाबाहेक ९० प्रतिशत अपराधी पहिचानका क्रममा अनुसन्धान घरपरिवार, स्टमित्र र चिनजानका मान्छेतिर जाने गरेको छ ।” परिवारबाटै अपराधका घटना हुने गरेकाले अहिलेका घटनालाई सामाजिक अपराध भनेर अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो । 

जिल्ला न्यायाधीश रिपेन्द्र थापाले अपराधको अनुसन्धानमा अधिकृत स्वतन्त्र हुनुपर्ने बताए  । उनले भने, “अभियोजनकर्ता स्वतन्त्र, न्यायाधीश स्वतन्त्र हुन्छ तर अनुसन्धानकर्तालार्ई दबाबमा किन पारिन्छ ?” अनुसन्धान अधिकृतले अनुसन्धान गर्दा जे भेटिन्छ त्यो सरकारी वकिलकामा लैजान्छु भन्नेमा लाग्नुपर्छ । अनुसन्धान अधिकृतले अध्ययन गर्ने बानी बसाल्न सकेमा अपराधीले उन्मुक्ति पाउन नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, उच्च सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ लगायतले बिना दबाब स्वतन्त्र ढङ्गले अनुसन्धान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending