Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

आन्दोलनमा कर्मचारी, आज देशभरका नासु कार्यालय नजाने

खबरडबली संवाददाता

काठमाडौं । सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा  देशभरका नायब सुब्बा (नासु)हरु आज बिदामा बस्ने भएका छन् । 

बजेटमा घोषणा गरेभन्दा असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही दिन यता आन्दोलन गर्दै आएका नासुहरु आज बिदामा बस्ने भएको हुन्।

काठमाण्डौ भक्तपुर र ललितपुरका नासुरुहरुले सोमबार सिहंदरबारको अर्थ मन्त्रालयमा भेला भएर असमान तलब वृद्धिको विरुद्ध आन्दोलन गरेका थिए । सोमबार पेन डाउन गरेर काम ठप्प बनाएका उनीहरु आज बिदामा बस्न लागेका हुन् । 

समान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा आन्दोलन गरिरहेको नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलले बताए। 

मर्यादाक्रम मिलाउने नाममा सरकारले माथिल्लो तहका कर्मचारीको बजेटमा घोषणा गरेभन्दा ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेकोले विरोध गर्नुपरेको बताए। 

चालू वर्षको बजेटबाट सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो ।  तर अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिका कर्मचारीको तलब २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेपछि नासुहरु आन्दोलनमा उत्रिएका हुन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा नेपालीको भिसा र ग्रीनकार्ड रद्द हुन सक्ने चेतावनी पछाडिका दुई कारण

काठमाडौं । संयुक्त राज्य अमेरिकास्थित कार्यवाहक नेपाली राजदूतले एउटा सरकारी आँकडाले अमेरिकामा रहेकामध्ये ३४ प्रतिशतभन्दा बढी नेपालीहरूले अमेरिकी सरकार...

निर्वाचन दुई चरणमा गर्ने विषय आयोगले कहिल्यै स्वीकार गरेको छैन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन एक चरणमा हुने कि दुई चरणमा भन्ने विषयमा पछिल्ला दिनहरूमा चर्चा भए पनि निर्वाच...

भोजमा मासु खाँदा हड्डी अड्किएर एकको मृत्यु

नुवाकोट । भोजमा मासु खानेक्रममा हड्डी अड्कँदा जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा एक महिलाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी ...

खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

काठमाडौँ । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्था...

तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत दे...

ताप्लेजुङमा भूकम्पको धक्का, पूर्वी नेपालमा पनि महसुस

काठमाडौँ । ताप्लेजुङको कञ्चनजङ्घा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज (मंगलबा...

कञ्चनपुर–१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

कञ्चनपुर । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ । लामो समयदेखि चुनावी मैदानमा...

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनबारे घुम्ती शिविर

जुम्ला। जिल्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कृषि विकास कार्यालयले यहाँका आठवटै स्थानीय तहमा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनासम्बन्धी पालिका स्तरी...

प्रतिनिधिसभा निर्वाचन- ४४ जिल्लाको मतपत्र छपाइ सकियो, समानुपातिकतर्फको ढुवानीको तयारी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्ष...

काठमाडौं उपत्यका र तराईमा हुस्सु/कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) तराई भूभागका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE