Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

चीन-ताइवान तनाव चुलिएकै बेला परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमण, सम्बन्धमा असजिलोपना

'नेपाल अमेरिका र चीनको बीचमा शाब्दिक युद्धको भूमि बन्न थालेको छ'

खबरडबली संवाददाता

काठमाडौं । मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे सम्भवत: पहिलो पटक नेपाल जोडिएको विषयमा चीन र अमेरिकाले एकअर्कालाई कटाक्ष गरेको धेरै भएको छैन।

सो अवधिमा नेपालले चीन र अमेरिकासँगको सम्बन्धमा असहजता अनुभव गरेको थियो।

अहिले ती दुई महाशक्ति देशबीच ताइवानको विषयलाई लिएर तनाव अत्यन्तै चर्किएको छ।

यस्तो बेला परराष्ट्रमन्त्रीको चीन भ्रमण नेपालको निम्ति आफैँमा चुनौतीपूर्ण हुने परराष्ट्रमामिलाका जानकारहरूले बताएका छन्।

ताइवान तनावको पृष्ठभूमि

परराष्ट्र मन्त्रालयले गत साता सार्वजनिक गरेको आधा पानाको विज्ञप्तिमा परराष्ट्रमन्त्री नारायण खड्काले अगस्ट ९ देखि ११ सम्म चीन भ्रमण गर्ने उल्लेख छ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएयता यो उनको पहिलो चीन भ्रमण हुनेछ।

दुई देशका परराष्ट्रमन्त्रीहरूले आआफ्ना प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गर्ने औपचारिक भेटवार्ता अगस्ट १० अर्थात् बुधवार चिङ्दाओ सहरमा हुने त्यसमा उल्लेख छ।

गत साता अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपश्चात् अहिले दुई महाशक्ति देशबीच तनाव बढ्दो छ।

त्यसैको पृष्ठभूमिमा नेपाली परराष्ट्रमन्त्री चीन जान लागेका छन्। हुन त यो दुई देशबीचको उच्चस्तरीय भ्रमण आदानप्रदानकै एउटा सिलसिला हो।

मार्च महिनामा चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका थिए। त्यतिखेर उनले दिएको निम्तो मान्न नारायण खड्का यो साता चीन जान लागेका हुन्।

तर परिस्थितिका कारण चुनौती बढेको चीनका निम्ति पूर्व राजदूत टङ्क कार्की ठान्छन्।

"स्थापित दुनियाँ र उदीयमान शक्तिबीचको सङ्घर्षले अहिलेको परिस्थिति निर्माण भएको छ। यस्तो बेला नेपालले सबैको जायज स्वार्थ पूरा गर्दै आफ्नो असंलग्न नीतिमा तलवितल हुन नदिईकन तरबारको धारमा हिँड्न जान्नुपर्छ," कार्कीले भने।

गत साता नै ताइवान तनावलाई लिएर टिप्पणी गर्ने क्रममा आफूले सदा एक चीन नीति पछ्याउँदै आएको भन्दै नेपाल सो क्षेत्रमा निरन्तर शान्ति र स्थायित्वको पक्षमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो।

सम्भवतः परराष्ट्रमन्त्री खड्काको भ्रमणमा पनि उनले यही दोहोर्‍याउनेछन्।

सम्बन्धमा 'असजिलोपना'

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका विचारमा अहिले नेपाल-भारत, नेपाल-चीन तथा नेपाल-अमेरिका सम्बन्धमा नै विश्वासको सञ्चिति घट्दै छ।

"यो शुभ सङ्केत होइन," उनले भने।

"चीनसँग सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएयता नै पहिलो पटक सम्बन्धमा केही असजिलोपना अनुभव भइरहेको छ। त्यो असजिलोपनाले दुई देशबीचको सम्बन्ध समेत चिस्याउँदै गएको छ," पाण्डेले भने।

एमसीसीलाई लिएर गत वर्ष भएका घटनाक्रम सम्झँदै उनले भने, "नेपाल पहिलो पटक अमेरिका र चीनको बीचमा शाब्दिक युद्धको भूमि बन्न थालेको छ। त्यसलाई सम्बोधन गर्न नेपाल सक्षम देखिएको छैन। बाह्य शक्तिहरूले त्यसको कसरी मूल्याङ्कन गरिरहेका छन् भन्ने कुरा स्पष्ट भइसकेको छैन।"

चुनावको मिति घोषणा भइसकेको सन्दर्भमा र नयाँ आउने सरकारको आकारप्रकार अस्पष्ट भएको बेला हुने यो भ्रमणलाई 'सद्भावना वृद्धिमा सीमित राख्दा उचित' हुने पाण्डेको सुझाव छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending