Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

माछा उत्पादनबाट मनग्य आम्दानी

खबरडबली संवाददाता

विराटनगर ।  सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बताएका छन् । 

अधिकारीले अहिले १५ बिघामा २९ पोखरी बनाएको बताएका छन्  । मेहेनती अधिकारी पाँच वर्षदेखि यो पेशामा आबद्ध छन् । एउटा पोखरीको माछा उत्पादनबाट आम्दानी हेरेर सङ्ख्या बढाएको उनको भनाइ  छ । उनले गएको वर्ष रु ४० लाखको माछा बिक्री गरेका थिए । अभियानमुखी बहुउद्देश्यीय कृषि फार्मबाट उनले माछाका दाना उत्पादन गर्ने कारखाना स्थापना गरेका छन् । दाना उद्योगबाट वर्षेनी ४० टन दाना उत्पादन भइरहेको र प्रतिकेजी रु ५६ सम्म बिक्री भइरहेको बताइएको छ । 

पानीमा तैरने र नतैरने दुई किसिमको दाना उत्पादन गर्न अधिकारीले स्थानीयस्तरमा उत्पादन हुने मकै, धान खरिद गरी किसानलाई प्रोत्साहन गरेका छन्  । किसानले उत्पादन गर्ने धान, मकै, पीना, भटमास, तोरी र दालको भूस  माछाका दाना बनाउन खरिद गर्ने गरेको बताइएको छ । सात जनाले नियमित रोजगारी पाएको सो फार्मको विकास र उन्नतिका लागि प्रदेश नं १ सरकारले रु ३० लाख अनुदान दिएको अधिकारीले जानकारी दिए । प्राप्त अनुदानबाट रु ७५ लाखमा एक ठूलो गोदाम घर निर्माण भएको छ ।

रहु, भ्याकुर, ग्रासकार्प, नैनी जस्ता जातका माछा उत्पादन गर्ने र यसका लागि बजारको समस्या नभएको बताइएको छ । माछा उत्पादक अधिकारीले माछाको दाना उत्पादन गर्न ठूलो क्षमताको मेसीन आवश्यक रहेको र यसबाट उत्पादित दाना अन्य माछापालन गर्ने व्यवसायीलाई सहयोग पुग्ने भएकाले प्रदेश सरकारले आर्थिक अनुदान दिनुपर्ने माग गरे । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले आफ्नै पौरख, क्षमता र लगानी गरी राज्यको उत्पादनमा सहयोग गर्ने किसानलाई उचित मूल्याङ्कन एवं सहयोग हुनुपर्ने बताए ।

प्रदेशमा हालसम्ममा १० हजार सात सय ७५ पोखरीअन्तर्गत एक हजार नौ सय ६२ दशमलव ३६ हेक्टर जलाशय क्षेत्रबाट कूल नौ हजार आठ सय २० मेट्रिकटन माछा उत्पादन भएको छ । आव २०७७÷७८ भन्दा गएको आवमा पोखरीको सङ्ख्या र जलाशय क्षेत्र पनि बढेको छ । अघिल्लो आवमा नौ हजार एक सय ६० मेट्रिक टन माछा उत्पादन भएको निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले जानकारी दिए ।

ट्राउट माछातर्फ आव २०७७÷७८ मा सङ्ख्या एक सय ८१ बाट गएको वर्षमा तीन सय ६२ पुगेको छ । जलाशय क्षेत्र तीन हजार छ सय ११ हेक्टरबाट छ हजार आठ सय ५० पुगी गएको वर्षमा ३८ मेट्रिक टन ट्राउट माछा उत्पादन भएको छ । यस क्षेत्रको उत्पादनमा आत्मनिर्भर बनाउन जलाशय क्षेत्रको पहिचान गरी माछा उत्पादन एवं माछापालनमा किसानलाई प्रोत्साहन गर्नु पर्ने भन्दै प्रदेश नं १ का कृषि सचिव मोघनाथ तिमल्सेनाले भने, “अब कृषि उत्पादन वृद्धि नगरी मुलुकमा समृद्धि आउँदैन ।” 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies