Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

खबरडबली संवाददाता

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले आजदेखि अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको चालु बैठक स्थगन भएको जानकारी दिए ।

यसअघि प्रदेशसभाको बैठकमा ‘प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । लेखा परीक्षण ऐन, २०७५ को दफा १९ ९५० बमोजिम आर्थिक वर्ष २०७७र७८ को महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन, २०७९ सदनमा पेश भएको छ ।

बैठकमा प्रदेशसभा नियमावली, २०७४ (संशोधनसहित)को नियम १४३ बमोजिम अर्थ समितिको आव २०७७/७८ र २०७८/७९ को, सार्वजनिक लेखा समितिको आव २०७८/७९ को, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको आव २०७६/७७, २०७७/७८ र २०७८/७९ को तथा सुशासन तथा योजना समितिको आव २०७८/७९ को वार्षिक प्रतिवेदन सम्बन्धित समितिका सभापतिहरूले सदनमा पेश गरे ।

प्रदेशसभाको शून्य तथा विशेष समयमा उठेको प्रश्न तथा जिज्ञासाका सम्बन्धमा स्वास्थ्यमन्त्री जयराम यादवले सरकारीबाट मात्र होइन निजीस्तरबाट सञ्चालित अस्पतालबाट जनताले सर्वसुलभ तरिकाले उपचार पाउनुपर्ने बताए ।  उनले अघिल्लो सरकारले बिनाअध्ययन सरुवा रोग अस्पताल निर्माण गर्न शिलान्यास गरे पनि त्यसमा कानुनी अड्चन आएकाले काम अघि बढ्न नसकेको भन्दै प्रदेश सरकारले प्रत्येक जिल्ला अस्पताललाई स्तरोन्नति गरी जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न काम गरिरहेको जानकारी दिए ।

विशेष समय
नेकपा (एमाले) दलको तर्फबाट बलबहादुर साम्सुहाङले विशेष समय लिएर प्रदेशमा अझै पनि धेरै दरबन्दी रिक्त रहेकाले प्रदेश सरकारको काम छिटोछरितो हुन नसकेको बताए । उनले प्रदेशमा अहिले पनि एक हजार नौ सय १७ जनाको दरबन्दी रिक्त अवस्थामा रहेकाले दुई हजार एक सय ५१ जना कर्मचारीबाट काम सम्पादन गर्न बोझिलो हुने गरेकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराए । 

शून्य समय
प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठ, विन्दिया कार्की, विमल कार्की, राजकुमार ओझा, लोकप्रसाद सङ्ग्रौला र सुनिताकुमारी चौधरीले पनि प्रदेशको सार्वजनिक महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending