Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर

खबरडबली संवाददाता

काठमाडौँ । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा लाग्ने धार्मिक मेला भर्न जाने तीर्थयात्रीमा स्वास्थ्य समस्या आउन नदिन हिमालयन उद्धार सङ्घ नेपालले यस वर्ष पनि गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । 

सङ्घले आज जारी गरेको विज्ञप्तिमा काठमाडौँबाट अस्ति साउन २० गते नै सात जनाको चिकित्सक एवं स्वास्थ्य सहायकको एक टोली त्यसतर्फ प्रस्थान गरेको उल्लेख छ । स्वास्थ्य शिविर साउन २३ गतेदेखि २७ गतेसम्म सञ्चालन रहने जनाइएको छ ।

झण्डै चार हजार तीनसय ८० मिटरको उचाइमा रहेको यस तीर्थस्थलमा जाने तीर्थालुलाई लेक लाग्ने, टाउको दुख्ने, भोक नलाग्ने, स्वाँस्वाँ हुने, वाकवाक लाग्ने, बान्ता हुने, अस्वभाविक थकान महसुस हुने, नभएको वस्तु पनि भएजस्तो लाग्ने र एउटा वस्तुलाई दुई वटा देख्ने जस्ता समस्या आउने गर्दछ । 

उक्त धार्मिक मेलामा हजारौँको सङ्ख्यामा तीर्थयात्री गोसाइँकुण्ड पुग्ने गर्दछन् । विश्वव्यापी महामारीका कारण विगत दुई वर्ष नेपाल सरकारले कुनै पनि भेला, जमघट नगर्नु, नगराउनु भन्ने सूचना जारी गरेका कारण स्वास्थ्य शिविर सञ्चालन हुन सकेको थिएन ।

स्वास्थ्य शिविरका लागि गोसाइँकुण्डमा स्वास्थ्य सेवा पु¥याउनुका साथै तीर्थयात्रीलाई गोसाइँकुण्ड एवं लेक लाग्ने रोगबारे लेखिएको सूचनामूलक पर्चा सामग्री पनि वितरण गरिने सङ्घका उपाध्यक्ष तथा गोसाइँकुण्ड कार्यक्रमका संयोजक कुमार रानाभाटले जानकारी दिए । सङ्घले लामो समयदेखि प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले बताए  । 

गोसाइँकुण्डलगायत अन्य हिमाली क्षेत्रमा भएका धार्मिकस्थल पाँचपोखरी, दूधकुण्ड तथा दामोदरकुण्ड जाने तीर्थयात्रीले उच्च हिमाली क्षेत्रका विषयमा, लेक लाग्ने रोगका विषयमा जानकारी लिन चाहेमा आवश्यक जानकारी र सूचना प्रदान गर्ने गरिएको पनि उनले उल्लेख गरे ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: