Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

महामन्त्री थापाको कार्यकर्तालाई निर्देशनः कांग्रेसले बहुमत ल्याउने गरी निर्वाचनमा लाग्नुस्

खबरडबली संवाददाता

भक्तपुर ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

स्व। श्यामबहादुर कार्कीको १५ औँ स्मृति दिवसका उपलक्ष्यमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेशनरी सामग्री वितरण कार्यक्रममा उनले कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्न कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भक्तपुरका दुवै क्षेत्रमा कांग्रेसको झण्डा फहराउन आग्रह गरे । 

नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले प्रजातन्त्र आएको ३२ वर्ष पार गर्दा पनि देशले उपलब्ध हासिल गर्न नसकेको बताए। उनले जापान, सिङ्गापुर, दुबईलगायत विभिन्न देशले १२ देखि ३० वर्षमा ठूलो प्रगति गरेको स्मरण गराउँदै नेपालले प्रजातन्त्र उदय भएको ३२ वर्षमा सरकार परिवर्तन गर्ने र निर्वाचन गर्नेबाहेक केही गर्न नसकेको आरोप लगाए।

नेता घिमिरेले भने, ‘२०४६ सालपछि जनताले यो मुलुक चलाउने जिम्मेवारी हाम्रो काँधमा सुम्पिएकामा यो ३२ वर्ष निर्वाचन गर्ने, सरकार परिवर्तन गर्ने, फेरि सरकार परिवर्तनको खेल सुरु गर्ने, फेरि निर्वाचन गर्नेजस्तो चक्रिय फेरबदलबाहेक केही काम हुन सकेन यसको जिम्मेवारी हामीले लिनुपर्छ ।’

उनले निर्वाचन आउँछ, जान्छ तर देश बदलिएन, जनस्तर पनि सुध्रिएन, त्यसैले अबको निर्वाचनपछि हामी बाटो बदल्छौँ, देश र जनताको पक्षमा परिवर्तन ल्याउँछौं भन्ने सङ्कल्प गर्नु आवश्यक छ भने। 

नेपाली कांग्रेसका केन्द्रीय नेताहरु रमा कोइराला, जितजङ्ग बस्नेत, सुरेन्द्र केसी, जिल्ला सभापति दुर्लभ थापा, पूर्वसङ्घीय सांसद लेखनाथ न्यौपाने, बाग्मती प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री रजनी जोन्छे, रामप्रसाद दवाडी लगायतले निर्वाचनमा कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: