Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नेपालगञ्जमा भूकम्प र आगलागीको जोखिमबारे अध्ययन हुँदै

खबरडबली संवाददाता

बाँके । सहरी क्षेत्रको घनाबस्ती रहेको नेपालगञ्ज उपमहानगरपालिकाको दुई वडामा भूकम्प र आगलागीको जोखिमको अध्ययन गरिने भएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले उपमहानगरपालिकाको वडा नं ३ र ७ का एक हजार १०० घरमा जोखिमका कारण  घरको भौतिक अवस्थाले निम्त्याउने सङ्कटका विषयमा सर्वेक्षण गरिने नेपाल रेडक्रस सोसाइटी  बाँके शाखाका प्राविधिक अधिकृत शिव सुवेदीले जानकारी दिए ।

उक्त शाखा र युनिसेफको साझेदारीमा उपमहानगरपालिकाको समन्वयमा हुन लागेको सर्वेक्षणमा घना बस्तीमा जोडिएर निर्माण भएका घरमा भूकम्प र आगलागीको जोखिमबारे अध्ययन गर्दै त्यसबाट बच्ने उपायका विषयमा समेत सजग गराउन कार्यक्रम सञ्चालन हुनेछ । “हामीले स्थानीय तहसँग समन्वय गरेर धेरै प्रकारका जोखिमको स्थिति पत्ता लगाउँछौँ”, उनले भने । दुई सातासम्म हुने अध्ययनमा पाँच प्राविधिक जनशक्ति परिचालन हुनेछन् । उक्त परियोजनाले एक वर्षसम्म काम गर्ने बताइएको छ । 

घरको सर्वेक्षणका लागि नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरखबहादुर थापा, रेडक्रसका जिल्ला सभापति गोवर्धन सिंह ‘सम्झना’ समेतको उपस्थितिमा भएको बैठकले उक्त विषयलाई अनुमोदन गरेको थियो । परियोजनाअन्तर्गत जोखिमयुक्त घरहरु पहिचान गरी नगरभित्र विपद पूर्व तयारीका लागि संरचना निमार्ण गर्न पहल गर्ने उद्देश्यका साथ स्थलगतरूपमा प्रविधिक परिचालन गरिएको उपमहानगरपालिकाका विपद् स्रोतव्यक्ति प्रकाश डिसीले बताए ।

जिल्ला  सभापति  ‘सम्झना’ ले उपमहानगरपालिकासँगको सहकार्यमा सुपर परियोजनाले शहरी विपद् जोखिम न्यूनीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक समिरप्रताप सिंहले घरहरूको जोखिम पहिचान भइसकेपछि बीमा कार्यक्रमलाई नगरमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा युनिसेफ नेपालका नरेश निदालले सर्वेक्षणको महत्वबारे जानकारी गराएका थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies