Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

टाइगर श्रफ र दिशा पटानीको प्रेम सम्बन्ध टुंगिएको हो?

खबरडबली संवाददाता

काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफ र अभिनेत्री दिशा पटानीको 'ब्रेकअप' भएको बताइएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार टाइगर र दिशाले ६ वर्ष लामो प्रेम सम्बन्ध टुंग्याएका हुन्।

खबरहरूका अनुसार पछिल्लो एक वर्षयता उनीहरूको सम्बन्धमा खटपट चलिरहेको थियो। अहिले आएर उनीहरूले सम्बन्ध टुंग्याएका हुन्। तर सम्बन्ध किन टुंग्याए भन्नेबारे कुनै कारण खुलेको छैन। उनीहरूले पनि यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

टाइगर श्रफका बुवा ज्याकी श्रफले भने उनीहरूको सम्बन्ध टुंगिएको विषयमा प्रतिक्रिया दिएका छन्। ज्याकीले प्रायः सार्वजनिक रूपमै दिशा र टाइगरका बारेमा कुराकानी गर्दै आएका थिए। खुलस्त रूपमा उनीहरूको प्रेमको चर्चा नगरे पनि उनीहरू मिल्ने साथी भएको र दिशा र टाइगर नजिक भएको ज्याकीले बताउँदै आएका थिए। 

अहिले आफ्नो छोरा दिशाको सम्बन्ध टुटेको खबर सार्वजनिक भएसँगै उनले प्रतिक्रिया दिएका हुन्।

ज्याकीका भनाइ उद्धृत गर्दै टाइम्स अफ इन्डिया लेख्छ, 'उनीहरू राम्रा साथी हुन्। अहिले पनि साथी छन्। उनीहरू सँगै घुमफिर गर्छन् र समय बिताउँछन्। तर म मेरो छोराको प्रेम जीवन के हुँदैछ भनेर निगरानी राख्दिनँ। र कहिल्यै गर्न चाहन्नँ। मलाई लाग्छ उनीहरू एकअर्काका राम्रा साथी हुन्। उनीहरूले यो सम्बन्धलाई कसरी लैजान्छन् भन्ने कुरा उनीहरूको अधिकारको कुरा हो।'

उनले थप भनेका छन्, 'उनीहरू एकअर्काका लागि उपयुक्त हुन् कि होइनन् भन्ने कुरा उनीहरूले निधो गर्ने हो। उनीहरूको प्रेम जीवन मेरो र मेरी श्रीमतीको जस्तै हो, अलग। दिशासँग हाम्रो सम्बन्ध राम्रो छ। टाइगर र दिशा एकअर्कासँग खुसी छन्।'

दिशा र टाइगरले खुलस्त रूपमा कहिले पनि आफूहरूको प्रेम सम्बन्ध स्वीकार गरेका छैनन्। त्यसैले अहिले सम्बन्ध टुंगिएको विषयमा पनि उनीहरूबाट कुनै प्रतिक्रिया नआएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending