Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

वाईसियलले दोस्रो राष्ट्रिय भेला गर्दै, तयारी तिव्र

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग नेपालल राष्ट्रिय भेलाको तयारी तिव्र बनाएको छ । 

आउँदो भाद्र ३ र ४ गते काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय भेलाका तयारीका लागि ५ वटा उपसमितिहरु बनाएर तयारीलाई तिब्र बनाएको छ भने ८ वटै प्रदेशका बैठकहरु सम्पन्न गर्न लागिरहेको प्रचार प्रसार विभाग प्रमुख पुष्प ओलीले बताएका छन् । 

वाइसिएलका संयोजक सुमन देवकोटाको नेतृत्वमा विधान–प्रतिवेदन उपसमिति, सहसंयोजक सुवोधराज शेर्पालीको नेतृत्वमा व्यवस्थापन, संगठन विभाग प्रमुख ज्ञानेन्द्र बहादुर गुरुङ कसमको नेतृत्वमा आर्थिक र प्रशिक्षण विभाग प्रमुख गणेश शाहीको नेतृत्वमा प्रचार–प्रसार उपसमितिहरुले तयारीलाई तिव्र पारेको हो । 

संयोजक देवकोटाका अनुसार आज सम्पन्न हुन गईरहेको कर्णाली प्रदेशको बैठकसँगै आउदो १८ गते सुदुरपश्चिम प्रदेशको बैठक सम्पन्न भएपश्चात सबै प्रदेशहरुका बैठकहरु सम्पन्न भईसक्नेछन् । 

देवकोटाका अनुसार भेलाका लागी ५०० प्रतिनिधिहरु तय भएका छन् । आयोजक र आयोग सदस्यहरुबाहेक प्रत्येक जिल्लाबाट एक महिलासहित ३ जना प्रतिनिधिको व्यवस्था गरिएको छ । 

सहसंयोजक शेर्पालीका अनुसार राष्ट्रिय भेला काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरिने तय भएको छ । गत भाद्रमा सम्पन्न पहिलो राष्ट्रिय भेलाले सुमन देवकोटाको संयोजकत्वमा २३५ सदस्यीय केन्द्रिय समिति निर्माण गरेको थियो । वाईसियलमा ४० वर्षे उमेर हदबन्दीका कारण देवकोटालाई यो भेलाले विदाई गर्नेछ भने नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । 

 

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies