Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

कांग्रेस-माओवादीको अपमानले माधव नेपाललाई एमालेसँग मिल्न दबाव

ओलीले आत्मालोचना गरे एमालेसँग सहकार्य हुन्छ : झलनाथ खनाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेलाई बाहिर राखेर वाम एकता गर्ने प्रयास अघि बढेको देखिएपछि नेकपा एकीकृत समाजवादीभित्र त्यसविरुद्ध आवाज उठेको छ।

वरिष्ठ नेता मुकुन्द न्यौपानेले नै त्यस्तो धारणा सार्वजनिक रूपमा अभिव्यक्त गरेपछि उनको पार्टीभित्र बहस बढेको देखिन्छ।

फेसबुकमा न्यौपानेले लेखेका छन्, ';एमाले बाहेकको कम्युनिस्ट एकता भन्नु नेपालमा कम्युनिस्ट सिद्धाउने खेल खेल्नु हो।'

उनले भने, "एमाले सहितको गठबन्धन नै वामपन्थलाई अघि बढाउने अहिलेको एक मात्र बाटो हो, होइन भने वामपन्थी सिद्धिने बाटो हुन्छ।"

माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीले केही दिनअघि वामपन्थी एकताको निम्ति पहल गर्ने निर्णय गरेको थियो।

'माओवादीभन्दा एमालेसँगै एकता'

उपमहासचिव गङ्गालाल तुलाधरले सर्वसम्मतिले उक्त निर्णय गरेको तर एकीकरण हुने सम्भावना नदेखिएको बताए।

२०४६ सालको जनआन्दोलनका बेला जस्तै एउटै गठबन्धनभित्र पनि एउटा नेपाली कांग्रेस र अर्को वामपन्थीहरूबीच गठबन्धन बनाउने अवधारणा अनुसार त्यसो गर्न खोजिएको उनको भनाइ छ।

तर न्यौपाने जस्ता पुराना नेताको धारणाले पार्टीमा अर्थ राख्ने बताउँदै उनले स्थानीय निर्वाचनपछि एमालेसँग मिल्नुपर्ने मत बढेको स्वीकार गरे।

तुलाधरले भने, "नेपाली कांग्रेस र माओवादी केन्द्रले हाम्रो पार्टीको सङ्गठनात्मक अस्तित्व नै नमान्ने र कम आँक्ने कुराले हाम्रो पार्टीभित्र एक प्रकारको निराशा आएकै हो।"

त्यही बुझाइले उक्त दलभित्र नेकपा एमालेसँगको सहकार्यतर्फ आकर्षित गरेको बताइन्छ।

आफूहरूले उठाएका कतिपय कुरा एमाले र नेतृत्वले मानेमा त्यो बाटो खुल्ने आशासहित त्यस्ता धारणा आउने गरेको बताउँदै तुलाधरले भने, "माओवादी वा अरू पार्टीसँग एकता वा सहकार्य गर्नुभन्दा पनि एमालेसँगै एकता गरेर जाँदा उपयुक्त हुने हो कि भन्ने कुरा आएको छ।"

'दोहोरो सर्त'

चुनावमा एमालेसँग तल्लो तहमा सहकार्य गरेको भए हुन्थ्यो किन गरिएन भन्ने पनि चर्चा उक्त पार्टीमा हुने गरेको छ।

सत्ता गठबन्धनभित्र भन्दा बरु त्यो तालमेल नै अलि सम्मानजनक र सजातीय भातृत्वपूर्ण हुन्थ्यो होला भन्ने धारणा सुनिने गरेको पनि नेता तुलाधरले बताए।

एमालेसँगको सहकार्यको निम्ति आत्मालोचना लगायतका विभिन्न कुराहरू स्वीकार गर्नुपर्ने एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन्।

त्यो अवस्थामा चुनावी तालमेलको निम्ति कुरा गर्ने ढोका खुल्न सक्ने उनको भनाइ छ।

तर एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कांग्रेससँग चुनावमा सीट मोलमोलाइ गर्न समाजवादी केन्द्र बनाउने चर्चा चलाइएको बुझाइ सुनाए र भने, "कांग्रेससँग उहाँहरूको गठबन्धन कायम रहँदासम्म वामपन्थी गठबन्धन वा एमालेसँगको एकता सम्भव हुन्न।"

आफ्नै कार्यकर्तालाई प्रश्न

उनका भनाइमा माधव नेपालको पार्टीले कांग्रेसलाई बलियो बनाएर भएपनि एमालेलाई कमजोर बनाउने गलत कार्यनीति बोकेको छ र त्यो नै सहकार्यको बाधक हो।

नेपालकै दलका वरिष्ठ नेता न्यौपानेले पनि कम्युनिस्ट पार्टीहरू सत्ताको मोहमा छटपटीमा परेको टिप्पणी गर्दै कसरी एमालेलाई कमजोर पार्ने र कुर्सी आफ्नो हातमा सार्ने कुरा मात्रै केन्द्रमा राखेको आरोप लगाएका छन्।

उनले आफ्नो दलका कार्यकर्ताहरू सामु प्रश्न अघि सारेका छन्, "यति मात्र एजेन्डा दिमागमा नाचिरहेकाले एमाले बाहेकको समाजवादी केन्द्र निर्माणमा लागेकाहरूको सपना-जपना यही छ। इमानदार कार्यकर्ताले के बुझ्नु जरुरी छ भने यो भनाइको पछाडि कुन सिद्धान्त, कुन विचार र कुन शक्तिले काम गरेको छ?"

पानी बाराबारको अवस्थामा रहेका एमाले र एकीकृत समाजवादीका नेताहरूकै यस्ता मत सार्वजनिक हुनुलाई अब उनीहरूबीच संवादको वातावरण बन्दै जाने सङ्केत ठानिएको छ।

जानकारहरूका अनुसार हालसालै माधव नेपालले एमालेबाट धेरै आलोचना नभएकाले आफू पनि कडा रूपमा प्रस्तुत नहुने आशयको अभिव्यक्ति दिनु उनको दलभित्र एमालेसँगको सहकार्यको पक्षमा दबाव बढ्दै गएको परिणाम हो। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending