Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कांग्रेस-माओवादीको अपमानले माधव नेपाललाई एमालेसँग मिल्न दबाव

ओलीले आत्मालोचना गरे एमालेसँग सहकार्य हुन्छ : झलनाथ खनाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेलाई बाहिर राखेर वाम एकता गर्ने प्रयास अघि बढेको देखिएपछि नेकपा एकीकृत समाजवादीभित्र त्यसविरुद्ध आवाज उठेको छ।

वरिष्ठ नेता मुकुन्द न्यौपानेले नै त्यस्तो धारणा सार्वजनिक रूपमा अभिव्यक्त गरेपछि उनको पार्टीभित्र बहस बढेको देखिन्छ।

फेसबुकमा न्यौपानेले लेखेका छन्, ';एमाले बाहेकको कम्युनिस्ट एकता भन्नु नेपालमा कम्युनिस्ट सिद्धाउने खेल खेल्नु हो।'

उनले भने, "एमाले सहितको गठबन्धन नै वामपन्थलाई अघि बढाउने अहिलेको एक मात्र बाटो हो, होइन भने वामपन्थी सिद्धिने बाटो हुन्छ।"

माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीले केही दिनअघि वामपन्थी एकताको निम्ति पहल गर्ने निर्णय गरेको थियो।

'माओवादीभन्दा एमालेसँगै एकता'

उपमहासचिव गङ्गालाल तुलाधरले सर्वसम्मतिले उक्त निर्णय गरेको तर एकीकरण हुने सम्भावना नदेखिएको बताए।

२०४६ सालको जनआन्दोलनका बेला जस्तै एउटै गठबन्धनभित्र पनि एउटा नेपाली कांग्रेस र अर्को वामपन्थीहरूबीच गठबन्धन बनाउने अवधारणा अनुसार त्यसो गर्न खोजिएको उनको भनाइ छ।

तर न्यौपाने जस्ता पुराना नेताको धारणाले पार्टीमा अर्थ राख्ने बताउँदै उनले स्थानीय निर्वाचनपछि एमालेसँग मिल्नुपर्ने मत बढेको स्वीकार गरे।

तुलाधरले भने, "नेपाली कांग्रेस र माओवादी केन्द्रले हाम्रो पार्टीको सङ्गठनात्मक अस्तित्व नै नमान्ने र कम आँक्ने कुराले हाम्रो पार्टीभित्र एक प्रकारको निराशा आएकै हो।"

त्यही बुझाइले उक्त दलभित्र नेकपा एमालेसँगको सहकार्यतर्फ आकर्षित गरेको बताइन्छ।

आफूहरूले उठाएका कतिपय कुरा एमाले र नेतृत्वले मानेमा त्यो बाटो खुल्ने आशासहित त्यस्ता धारणा आउने गरेको बताउँदै तुलाधरले भने, "माओवादी वा अरू पार्टीसँग एकता वा सहकार्य गर्नुभन्दा पनि एमालेसँगै एकता गरेर जाँदा उपयुक्त हुने हो कि भन्ने कुरा आएको छ।"

'दोहोरो सर्त'

चुनावमा एमालेसँग तल्लो तहमा सहकार्य गरेको भए हुन्थ्यो किन गरिएन भन्ने पनि चर्चा उक्त पार्टीमा हुने गरेको छ।

सत्ता गठबन्धनभित्र भन्दा बरु त्यो तालमेल नै अलि सम्मानजनक र सजातीय भातृत्वपूर्ण हुन्थ्यो होला भन्ने धारणा सुनिने गरेको पनि नेता तुलाधरले बताए।

एमालेसँगको सहकार्यको निम्ति आत्मालोचना लगायतका विभिन्न कुराहरू स्वीकार गर्नुपर्ने एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन्।

त्यो अवस्थामा चुनावी तालमेलको निम्ति कुरा गर्ने ढोका खुल्न सक्ने उनको भनाइ छ।

तर एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कांग्रेससँग चुनावमा सीट मोलमोलाइ गर्न समाजवादी केन्द्र बनाउने चर्चा चलाइएको बुझाइ सुनाए र भने, "कांग्रेससँग उहाँहरूको गठबन्धन कायम रहँदासम्म वामपन्थी गठबन्धन वा एमालेसँगको एकता सम्भव हुन्न।"

आफ्नै कार्यकर्तालाई प्रश्न

उनका भनाइमा माधव नेपालको पार्टीले कांग्रेसलाई बलियो बनाएर भएपनि एमालेलाई कमजोर बनाउने गलत कार्यनीति बोकेको छ र त्यो नै सहकार्यको बाधक हो।

नेपालकै दलका वरिष्ठ नेता न्यौपानेले पनि कम्युनिस्ट पार्टीहरू सत्ताको मोहमा छटपटीमा परेको टिप्पणी गर्दै कसरी एमालेलाई कमजोर पार्ने र कुर्सी आफ्नो हातमा सार्ने कुरा मात्रै केन्द्रमा राखेको आरोप लगाएका छन्।

उनले आफ्नो दलका कार्यकर्ताहरू सामु प्रश्न अघि सारेका छन्, "यति मात्र एजेन्डा दिमागमा नाचिरहेकाले एमाले बाहेकको समाजवादी केन्द्र निर्माणमा लागेकाहरूको सपना-जपना यही छ। इमानदार कार्यकर्ताले के बुझ्नु जरुरी छ भने यो भनाइको पछाडि कुन सिद्धान्त, कुन विचार र कुन शक्तिले काम गरेको छ?"

पानी बाराबारको अवस्थामा रहेका एमाले र एकीकृत समाजवादीका नेताहरूकै यस्ता मत सार्वजनिक हुनुलाई अब उनीहरूबीच संवादको वातावरण बन्दै जाने सङ्केत ठानिएको छ।

जानकारहरूका अनुसार हालसालै माधव नेपालले एमालेबाट धेरै आलोचना नभएकाले आफू पनि कडा रूपमा प्रस्तुत नहुने आशयको अभिव्यक्ति दिनु उनको दलभित्र एमालेसँगको सहकार्यको पक्षमा दबाव बढ्दै गएको परिणाम हो। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending