Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

विशेष समितिको प्रतिवेदन सुझावसहित संवाद समितिबाट पारित

\"samiti\"काठमाडौं । संविधानको प्रारम्भिक मस्यौदामा रहेका विवादित विषयमा सहमति जुटाउने जिम्मेवारी पाएको विशेष समितिको प्रतिवेदन संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा सुझावसहित पारित भएको छ ।   संविधानको मस्यौदामाथि जनताबाट आएका राय सुझावबमोजिम सहमति गरी समितिमा प्रतिवेदन पेस गर्न यही साउन १४ गते समितिका सभापतिसहित चार प्रमुख दलका शीर्ष नेता सम्मिलित विशेष समिति गठन भएको थियो ।   विशेष समितिले लामो छलफल र बहसपछि शनिबार राति प्रदेशको सीमाङ्कनसहितको प्रतिवेदन संवाद समितिमा पेस गरेको थियो । संवाद समितिको आइतबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म बसेको बैठकमा ५६ जना सदस्यले सुझाव दिएका थिए ।   बैठकमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन तयार गर्न संवाद समितिले विशेष समितिलाई जिम्मेवारी दिएको सभापति डा बाबुराम भट्टराईले बताए । सुझावसहितको प्रतिवेदन आजै संविधानसभामा प्रस्तुत गरिनेछ ।   बैठकमा सीमाङ्कनमा कतिपय जिल्लाको विवाद देखिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा सभापति भट्टराईले भने– ‘जहाँ जहाँ सीमाहरु मिलेका छैनन्, त्यसका लागि हामीले सङ्घीय आयोगको प्रस्ताव गरेका छौँ, आयोगले नमिलेका सीमाहरु मिलाउँछ ।’   प्रतिवेदन अन्तिम नभएकाले यसमा छलफल र बहस जारी रहने जानकारी गराउँदै सभापति भट्टराईले तत्काल मिलाउन सकिने विषय मिलाउँदै जाने र नमिलेका विषयमा संविधानसभामा छलफल हुने बताए ।   यही साउन ४ र ५ गते मुलुकभरबाट जनताले दिएका सुझावका आधारमा शीर्षनेता सम्मिलित विशेष समितिले सीमाङ्कनसहितको ६ प्रदेश रहने सहमति गरेको हो ।   प्रतिवेदनमा पूर्ण प्रेस स्वतन्त्रताको विषयलाई सुनिश्चित गरिएको छ । यस्तै दलित समुदायले उठाउँदै आएको ‘एकात्मक राज्य व्यवस्थाले गरेको शोषण’ भन्ने शब्द राखिएको छ ।   यस्तै प्रतिवेदनमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने व्यवस्था नयाँ संविधानमा गरिएको छ । ती दुई पदको निर्वाचन गर्दा फरक–फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ ।   मस्यौदामा उल्लेख गरिएको ‘संविधानसभामार्फत यो संविधान घोषणा गर्दछौँ’ भन्ने शब्दको सट्टा ‘संविधानसभाबाट यो संविधान जारी गर्दछौँ’ भन्ने शब्द राखिएको छ ।   बैठकपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले विशेष समितिले तयार पारेको प्रतिवेदनमाथि संवाद समितिले ठूलो भिन्नता नराखेको बताउँदै बागलुङको विभाजनलाई गम्भीर रुपमा लिई त्यसमा भएको त्रुटि मिलाइने जानकारी दिए ।   अरु प्रदेशका सीमाङ्कनका सम्बन्धमा पनि भोलि देखिनसक्ने विवादलाई समाधान गर्न समितिले सङ्घीय आयोगको प्रस्ताव गरेको जानकारी दिँदै उनले जनताको चाहना र भावनालाई हेरेर मात्र सीमाङ्कन गरिने बताए ।   धर्म, नागरिकता, न्यूनतम मत सीमा ‘थ्रेसहोल्ड’लगायत विवादित विषयमा पनि विशेष समितिले नै आजै टुङ्गो लगाउने जानकारी दिए । उनले परिमार्जित मस्यौदा आजै संविधानसभामा पेस गरिने बताए ।   प्रतिवेदनमा आमा वा बाबु नेपाली वंशज नागरिक भएको अवस्थाले उनका सन्तानले नागरिकता प्राप्त गर्न सक्ने उल्लेख छ । यस्तै, सङ्घीय कानुनमा व्यवस्था भएबमोजिम सामाजिक, सांस्कृतिक संरक्षण वा विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिने व्यवस्था नयाँ संविधानमा हुने उल्लेख छ ।   प्रतिवदेनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडा प्रमुख र वडा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचन प्रणालीद्वारा हुनेछ । यसअघि मस्यौदामा सो व्यवस्था प्रष्टसँग उल्लेख गरिएको थिएन ।   राष्ट्रिय सुरक्षा परिषद्मा मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापति सदस्य रहने व्यवस्था गरिएको छ । यसअघिको मस्यौदामा मुख्यसचिव र प्रधानसेनापति परिषद् सदस्य रहने व्यवस्था गरिएको थिएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending