कर्णाली । कर्णालीमा सडक सवारी असुरक्षा र दुर्घटना बढ्दै गएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८÷७९ मा अघिल्ला वर्षभन्दा ४३ प्रतिशत बढी सवारी दुर्घटना भएको जनाएको छ । उक्त आवमा ४०२ सवारी दुर्घटना भएका थिए ।
आव २०७६/७७ मा २३६, २०७७/७८ मा २९१ सवारी दुर्घटना भएका थिए । पछिल्ला तीन आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा परी ३९२ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले दुई वर्ष कोरोना रोकथामका लागि ‘लकडाउन’ गरिएकाले केही कमी देखिएको बताए ।
प्रदेश ट्राफिक प्रहरी अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार आव २०७६/७७ मा ९७, आव २०७७/७८ मा ९८ र आव २०७८/७९ मा १९७ जनाले सडक दुर्घटनामा ज्यान गुमाए भने ७०० भन्दा बढी घाइते भए । जिल्लागत रुपमा सबैभन्दा बढी दुर्घटना सुर्खेतमा भएका छन् । गत वर्षको तथ्याङ्कलाई आधार मान्दा कूल दुर्घटनाको ४६ प्रतिशत दुर्घटना सुर्खेतमा भएका छन् । सल्यानमा ५५, दैलेखमा ४४, रुकुम पश्चिममा ३५, जाजरकोटमा २५, जुम्लामा २३, कालीकोटमा १७, मुगुमा सात, डोल्पामा छ र हुम्लामा तीन सडक दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ ।
ट्राफिक प्रहरीको त्रिवर्षीय विश्लेषणले सडक दुर्घटना हुनुमा पहिलो कारण तीव्र गति र दोस्रो यान्त्रिक कारण रहेको औँल्याएको छ । उक्त प्रतिवेदनमा भनिएको छ, “मानिसको ज्यान जाने, अङ्गभङ्ग हुने तथा दीर्घकालीन अपाङ्गता हुने दर सवारी दुर्घटनाका कारण बढ्दो छ, यसबाट राज्यलाई बर्षेनि सवारी दुर्घटनाका कारण उपचार, अनुसन्धान, बीमा, क्षतिपूर्ति लगायतका विभिन्न आर्थिक पक्षमा र अनुत्पादक दायित्वमा वृद्धि भएको छ ।” ट्राफिक प्रहरीले कर्णाली प्रदेशलाई सडक सुरक्षाका दृष्टिले सुरक्षित क्षेत्र बनाउन प्रदेश, जिल्ला र पालिकास्तरीय सडक सुरक्षा सम्मेलनमार्फत कार्ययोजना तयार पार्ने र लागू गर्ने योजना बनाएको छ । यसले दुर्घटनामा कमी आउने प्रहरीको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: