काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीहरूको बीचमा समझदारी बनाएर नेकपा समाजवादी केन्द्र निर्माणबारे गृहकार्य गरिरहेका छन्।
प्रचण्डले वामपन्थी एकता गराउने भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत नेताहरुसँग छलफल गरिरहेका छन्।
सत्ता गठबन्धनभित्र वामपन्थी भन्दै एकताको पहल गरेको प्रचण्डले एमाले र कांग्रेसलाई नै टक्कर दिने गरी चुनावी मोर्चा बनाउने पहल गरेका हुन्।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमध्ये कांग्रेसले एक सय सिट ल्याएर ५ वर्ष आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो। तर त्यही निर्णयप्रति प्रचण्ड, माधव नेपाल, झलनाथ खनालसहितका शीर्ष नेताहरु असन्तुष्टि पोख्दै आइरहेका छन्।
प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवले कारवाही गरेका बाबुरामलाई साथ लिएर समाजवादी केन्द्र निर्माणको गृहकार्य गरिरहेको बेलामा उनले फरक मत राखेका छन्।
समाजवादी केन्द्रको विषयमा प्रचण्डसँग निरन्तर संवाद गरिरहे पनि बाबुरामसँग पार्टीबाट अलग भएलगत्तै एकै ठाउँमा मिसिन उपेन्द्र सकारात्मक नदेखिएको उनीनिकट नेताहरु बताउँछन्।
त्यसो त उपेन्द्रले ग्रिन सिग्नल दिएकै कारणले प्रचण्ड निरन्तर छलफलमा जोडिएको माओवादीका एक नेता बताउँछन्।
ती नेता भन्छन्, ‘तत्काल बाबुरामजीसँग सँगै बस्न नैतिक रुपमा पनि उहाँलाई समस्या परेको छ। त्यसैले चुनावी मोर्चाको लागि भने उहाँ सकारात्मक नै हुनुहुन्छ।’
यता, जसपा नेता मनिष सुमन आफूहरूको पार्टी नै समाजवादी भएकाले समाजवादी केन्द्रमा जानुपर्ने आवश्यक नभएको बताउँछन्।
उनी भन्छन्, ‘समाजवादी केन्द्रबारे पार्टीमा औपचारिक रुपमा प्रवेश पाएका छैन। अध्यक्षज्यूसँग कुरा आएको भन्ने थियो। तर हामीले हाम्रो पार्टी नै समाजवादी भएकाले कम्युनिष्टहरूसँग जोडिएको समाजवादी केन्द्रमा जानुपर्छ भन्ने नभएर अस्वीकार गरिसकेका छौँ।’
समाजवादी केन्द्र बनाउनुको सट्टा सबै जसपामै आए सहज हुने उनको बुझाइ छ।
तपाईंहरु पनि गठबन्धनमा हुनुहुन्छ। एउटै मोर्चाबाट जाँदा सहज हुने भएकाले प्रस्ताव गर्नुभएको होलारु नि भन्ने प्रश्नमा उनले भने, ‘गठबन्धन र समाजवादी केन्द्रको विषयमा एकै हुँदैन। गठबन्धनमा त कांग्रेस पनि छ नि। त्यसैले हामीले त्यहाँ जान आवश्यक छैन।’
जसपाले कारवाही गरेर अलग बाटोमा हिँडेको भएपनि उपेन्द्र–बाबुराम अहिले सत्ता गठबन्धनमै छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: