हेटौंडा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज हेटौँडामा उद्घाटन गर्दै उनले संविधानमा उल्लेखित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सरकार दृढ छ भने ।
उनले भने, “आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमले जनतालाई आर्थिक समृद्धितर्फ डो¥याउँछ । ”
प्रधानमन्त्री देउवाले सञ्चारकर्मीले पनि देश र जनताप्रति उत्तरदायी बहन गर्दै सत्य र निष्ठ समाचारलाई जनतासामु सम्प्रेषण गर्ने बानीब्यहोरालाई आत्मसात् गर्नसके मात्र प्रजातन्त्रको सुदृढीकरणमा बल मिल्ने बताए।
उनले भने, “मुलुकको प्रजातन्त्र र राष्ट्रियताको सम्वद्र्धन गर्न नेपाल प्रेस युनियनको भूमिका अपरिहार्य हुन्छ ।”
प्रधानमन्त्री देउवाले नागरिकता सुलभ ढङ्गबाट उपलब्ध गराउन सरकारले अहिले प्रतिनिधिसभामा नागरिकतासम्बन्धी नयाँ विधेयक दर्ता गरेको जानकारी दिए ।
उनले देशमा विद्युत्को उत्पादन वृद्धि गरेर बाह्य मुलुकमा निर्यात गर्ने लक्ष्यका साथ आगामी वर्षमा विद्युत् उत्पादनलाई केन्द्रबिन्दुमा राखेर बजेट विनियोेजित गरिएको बताए। सो अवसरमा प्रधानमन्त्री देउवाले युनियनद्वारा प्रकाशित स्मारिकाको विमोचन गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - २०:१३
ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...
आषाढ़ १७ गते, २०८३ - १७:४४
काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...
आषाढ़ १७ गते, २०८३ - १७:३९
फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...
आषाढ़ १७ गते, २०८३ - १७:१८
काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...
आषाढ़ १७ गते, २०८३ - १७:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...
आषाढ़ १७ गते, २०८३ - १६:५३
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...
आषाढ़ १७ गते, २०८३ - १६:४५
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...
आषाढ़ १७ गते, २०८३ - १६:०७
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...
आषाढ़ १७ गते, २०८३ - १५:४९
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...



प्रतिकृया लेख्नुहोस्: