Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बागलुङको सरकारी अस्पतालको स्तारोन्नतिसँगै बिरामीको बढ्दो चाप

खबरडबली संवाददाता

गलकोट । कुनै दिन बागलुङको सरकारी स्वामित्वको धौलागिरि अस्पताल सुनसान हुन्थ्यो । सरकारी अस्पताल एउटा ‘रिफर सेन्टर’का रपमा मात्रै चिनिएको थियो । साविक धौलागिरि अञ्चलवासीलाई सेवा दिनका लागि सञ्चालित अस्पतालमा जिल्ला अस्पताल सरहकै सुविधा थिएन । अस्पतालमा आएका बिरामीहरुलाई पोखरा वा अन्यत्र पठाउनुपर्ने बाध्यता केही वर्ष अघिसम्म थियो नै । 

बागलुङका स्थानीयवासीले रकम तिरेर भए पनि उपचार पाउन सकेका थिएनन् । साविक धौलागिरि अञ्चलका मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङ जिल्लाका जनतालाई आधारभूत स्वास्थ्य सेवा पनि दिन नसकेको यस अस्पतालले भने पछिल्लो समय काँचुली नै फेरेको छ । धौलागिरि अस्पतालको भौतिक पूर्वाधार, उपकरण तथा विशेषज्ञ सेवाका कारण बिरामीको चाप ह्वात्तै बढेको छ भने स्वास्थ्य बीमाको सफल कार्यान्वयनले समेत अस्पतालमा विरामी आकर्षित भएका छन् ।

अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ । अस्पतालमा चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा बिरामी लामो लाइन बस्नुपर्ने अवस्था छ । पछिल्लो समय धौलागिरि अस्पतालमा निकै सुधार भएको र स्वास्थ्य बीमाको बागलुङमा सफल कार्यान्वयन भएका कारण अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । 

 दरबन्दीका चिकित्सक नभए पनि अस्पतालले करार र छात्रवृत्तिका चिकित्सकको भरमा अस्पतालमा सेवा दिँदै आएको छ । कुनै दिन निजी अस्पतालमा जाने बिरामी अहिले यस अस्पतालमा आउन थालेको धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताए। अस्पतालमा दैनिक ३०० देखि ४०० बिरामी सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ । डा पोखरेलले भने, “अहिले अस्पताल नागरिकको भरोसायोग्य बन्दै आएको छ, हामीले सकेसम्म नागरिकलाई सन्तुष्टि पार्ने गरी उपचार गरेका छौँ ।” 

अस्पतालमा एक मेडिकल सुपरिटेन्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेकामा मेडिकल सुपरिटेन्डेन्टबाहेक अरु दरबन्दी रिक्त छ । अहिले पाँच मेडिकल अधिकृत, १० करार र छात्रवृत्तिका विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् । 

अस्पतालको भौतिक संरचना तथा बाहिरी वातावरणसमेत कुनै निजी अस्पतालको भन्दा कम छैन । जिल्लामा २०१६ सालमा डिस्पेन्सरीको रुपबाट सेवा दिन थालेको यस अस्पताल २०३३ सालदेखि जिल्ला अस्पताल, २०६७ सालमा अञ्चलस्तरीय र धौलागिरिको सबैभन्दा ठूलो सरकारी अस्पतालको रुपमा सञ्चालित छ । गण्डकी प्रदेशले प्रदेशको उप–प्रादेशिक अस्पताल बनाउने गरी बजेट तथा कार्यक्रममा समावेशसमेत गर्दै आएको छ । 

अस्पतालमा २०७२ सालपछि डायलासिस सेवा थपिएको छ । अस्पतालले आफैं अक्सिजन उत्पादन गर्दै आएको छ भने कोरोनाकालमा पाँच शय्याको आइसियु सेवासमेत सुरु गरेको थियो । अस्पतालमा अहिले आइसियु, बालबालिकाका लागि एनआइसियु, भेन्टिलेटरजस्ता अत्यावश्यक सेवासमेत थपिएका छन् । अस्पतालमा अपाङ्गमैत्री संरचना, विद्युतीय भ¥याङलगायतका सेवा रहेका छन् ।

हालै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० मा सिटिस्क्यान सेवाका लागि अस्पताललाई रु १० करोड बजेटसमेत विनियोजन गरेको छ । अस्पतालमा अहिले धौलागिरिका चारै जिल्लालाई पुग्ने अक्सिजन उत्पादन गर्ने रु तीन करोड लागतको प्लान्ट निर्माणसमेत गरिएको छ । जिल्लामा मुक्तिनाथ अस्पताल, नीलगिरि अस्पताल र सफल पोलिक्लिनिक गरी तीनवटा अस्पताल छन् । सरकारी अस्पतालले सेवा सुधार गरेपछि निजी अस्पताल बन्द हुने अवस्थामा पुगेको निलगिरी अस्पतालका अध्यक्ष डिलबहादुर कार्कीले बताए। जिल्लाको सबैभन्दा पुरानो निजी अस्पतालको रुपमा रहेको मुक्तिनाथ अस्पताल पनि सञ्चालन गर्न कठिनाइ रहेको सो अस्पतालका सञ्चालक सुशील पन्तको भनाइ छ ।  

बागलुङमा स्वस्थ्य बीमा कार्यक्रम प्रभावकारीरुपमा सञ्चालित छ । एकपटक बीमा गरेका परिवारले धौलागिरि अस्पतालबाट सबै सेवा निरन्तर पाउन थालेपछि बिरामी निजी छोडेर सहकारी अस्पताल आउन थालेका हुन् । स्वास्थ्य बीमाका कारण निःशुल्क उपचार पाएपछि निजी अस्पताल छोडेर सरकारी अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । 

जिल्लामा २०७३ असारदेखि सुरुआत गरिएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ८० हजार आबद्ध भएको स्वस्थ्य बीमा बोर्ड बागलुङ दर्ता अधिकारी नारायण शर्माले बताए। उनका अनुसार स्वस्थ्य बीमा गर्नेको सङ्ख्या दैनिकरुपमा वृद्धि भइरहेको र सरकारी अस्पतालले समेत सहजरुपमा सेवा दिइराखेको छ । उनले भने, “धौलागिरि अस्पतालको सेवा प्रभावकारी भएकै कारण बीमाप्रति आकर्षण बढेको छ ।” सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच पुगोस् भन्ने उद्देश्यले अगाडि सारेको उक्त कार्यक्रमले जिल्लामा आर्थिकरूपमा विपन्न र गरिब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यको वार्षिकरूपमा रु एक लाखसम्मको औषधि उपचार निःशुल्क हुने व्यवस्था छ । सरकारले बीमा रकम तिर्न नसक्ने अतिगरीब तथा ७० वर्ष नाघेका वृद्धवृद्धालाई बीमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रियालगायत उपचार गराउनाका साथै झण्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending