Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण

खबरडबली संवाददाता
भक्तपुर । झङ्ककुमारी स्मृति प्रतिष्ठानले चाँगुनारायण नगरपालिका खरिपाटीमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु गरेको छ । चाँगुनारायणका वडा नं ५ र ६ को सिमाना खरिपाटीमा १८ महिना अगाडिबाट सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य क्लिनिकलाई विस्तार गरी बुधबारदेखि दैनिक स्वास्थ्य परीक्षण एवं औषधि वितरणसहित निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको हो ।
 
गरिब तथा सामान्य स्वास्थ्य सेवाबाट समेत धेरै मानिस बञ्चित हुनुपरेको देखेपछि स्थानीय बासिन्दाका लागि सहजरूपमा निःशुल्क स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले समाजसेवी, व्यवसायी एवं नेपाली कांग्रेसका नेता राजाराम खड्काले दिवङ्गत आमा झङ्ककुमारी खड्काको स्मृतिमा स्थापना गरेको प्रतिष्ठानले निःशुल्क स्वास्थ्य सेवा सुरु गरेको हो ।
 
निःशुल्क स्वास्थ्य सेवा कहिल्यै बन्द नगर्ने घोषणा गर्दै प्रतिष्ठानका अध्यक्ष खड्काले भने, “सामान्य औषधि उपचार नपाएर धेरै व्यक्ति पीडित भएको देखेँ, कोही पनि व्यक्ति स्वास्थ्य जाँच गराउन नपाएर, औषधि नपाएर रोग पालेर बस्न नपरोस्, ज्यान गुमाउन नपरोस् भनेर आमाको स्मृतिमा झङ्ककुमारी स्मृति प्रतिष्ठान सञ्चालन गरी विगत डेढ वर्षदेखि चाँगुनारायणका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य जाँच सञ्चालन गरेको थियो, अब यो सेवा विस्तार गर्दै निःशुल्क स्वास्थ्य सेवा र औषधि वितरण सुरु गरेका छौँ ।”
 
उनले अबदेखि दैनिक निःशुल्करूपमा स्वास्थ्य सेवा तथा औषधि वितरण गर्ने जनाउँदै यसलाई अझै विभिन्न स्वास्थ्य उपकरण जडान गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको बताए । हुनेले नहुनेका लागि सहयोग गर्न आह्वान गर्दै उनले सन्तोष भट्टराईले रु एक लाख ५० हजार बराबरको औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गरेको बताए  ।
 
अध्यक्ष खड्काले यो संस्थालाई कांग्रेसको संस्थाका रूपमा नहेर्न आग्रह गर्दै यहाँका सबै जनताको स्वास्थ्य संस्थाका रूपमा सञ्चालन भई सबै जनतालाई सेवा दिने संस्थाका रुपमा हेरेर सेवा लिइदिन सबैमा आग्रह गरे  । निःशुल्क स्वास्थ्य सेवा एवं औषधि वितरणको नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले उद्घाटन गरे । उनले राज्यले गर्नुपर्ने काम आमाको स्मृतिमा सञ्चालन हुनु खुसीको कुरा भएको चर्चा गर्दै निःशुल्क स्वास्थ्य सेवाबाट आम नागरिक लाभान्वित हुने बताए  ।
 
त्यस्तै निःशुल्क सेवाका बारेमा स्थानीयवासी एवं बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेलले निःशुल्क स्वास्थ्य सेवा सबैका लागि सुरु भएकामा खुसी व्यक्त गर्दै स्वास्थ्य सेवा लिँदा कांग्रेस, एमाले वा अरु पार्टीका मान्छे भनेर नहेरी सबैलाई सेवा दिनु पर्ने बताए  ।
 
बागमती प्रदेश उद्योग वाणिज्य राज्यमन्त्री रजनी जोशी, कांग्रेसका केन्द्रीय सदस्य रमा पौडेल, मदनकृष्ण श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, प्रतिष्ठानका सचिव यादव अधिकारीलगायतले स्वास्थ्य सेवाको पहुँचलाई जनजनमा पु¥याउन यस्तो संस्थाको भूमिका महत्वपूर्ण हुने बताए  । प्रतिष्ठानले दैनिक डा अनिल त्यातमार्फत बिरामीको स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य परामर्श दिने र औषधि वितरण गर्ने व्यवस्था गरेको छ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending