गलकोट । बहुआयामिक सफल कृषकको रूपमा परिचय बनाउनुभएका बागलुङका केदार आचार्यले सुन्तलाको बिरुवा बिक्रीबाट मनग्य आम्दानी गरेका छन् । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।
विसं २०७३ देखि व्यावसायिक कृषि सुरु गर्नुभएका आचार्यले २०७७ सालमा नर्सरी सुरु गरेका थिए । अघिल्लो वर्ष पाँच हजार अलैँचीका बिरुवा बेचेर रु २५ हजार आम्दानी गरेका आचार्यले यस वर्ष सुन्तलाका बिरुवा बेचेर रु चार लाख २० हजार आम्दानी गरेका हुन् । आचार्यले यस वर्ष बेच्न मिल्ने गरी १५ हजार सुन्तलाका बिरुवा तयार गरेका थिए । स्थानीय प्रजातिका सुन्तलाका १५ हजार बिरुवा उत्पादन गर्दा आचार्यको प्रतिबिरुवा रु १८ लागत लागेको छ । १५ हजार बिरुवा उत्पादन गर्दा रु दुई लाख ७० हजार लगानी भएको आचार्यले बताए ।
सरकारी दररेटअनुसार प्रतिगोटा संस्थालाई रु २५ र व्यक्तिलाई रु ५० मा बेच्न मिल्ने भए पनि सोही दररेटअनुसार बिक्री गर्न नसिकएको आचार्यले बताए । उनले १० हजार बिरुवा रु २७ र अन्य तीन हजार बिरुवा गुणस्तर हेरेर रु ३५, रु ४५ र रु ५० दरले बिक्री गरेका छन् । आचार्यको नर्सरीबाट जैमिनी नगरपालिकाको कृषि शाखा र जैमिनीकै भगवती अलैँची पकेट समूहले पाँच–पाँच हजार बिरुवा खरिद खरेका गरेका छन् । त्यसैगरी कृषि ज्ञान केन्द्र बागलुङले दुई हजार ५०० बिरुवा खरिद गरेको आचार्यले बताए । उनको नर्सरीमा अझै दुई हजार बिक्री गर्न मिल्ने बिरुवा छन् ।
अन्य ५०० बिरुवा व्यक्तिले खरिद गरेको आचार्यको भनाइ छ । जैविक कृषि फार्म दर्ता गरेर गड्यौला खेती, तरकारी खेती गर्दै आचार्यले पछिल्लो समय नर्सरीबाट समेत राम्रो आम्दानी गर्न थालेका हुन् । उनको नर्सरीमा हिउँदमा बेच्नका लागि ५०० ओखर (बिजु) र एक हजार किवीका कलमी गरेका बिरुवा तयार भएका छन् । आगामी वर्षका लागि पर्वतको बासखर्कको स्थानीय प्रजाति र तेह्रथुमको खोको प्रजातिका सुन्तलाका १५ हजार बिरुवा तयार हुँदै गरेको आचार्यको भनाइ छ । उनको नर्सरीमा आगामी वर्षका लागि सुन्तलाका एक हजार ५०० कलमी र ५०० कागतीका बिरुवासमेत बेच्नका लागि तयार हुने छन् ।
लगाएको छोटो समयमै उत्पादन दिने भएर पछिल्लो समय कलमी बिरुवाको माग बढ्दै गएको हुँदा विस्तारै बिजु बिरुवा कम गरेर कलमीमा जोड दिने आचार्यले बताए । बिजु बिरुवाले लगाएको तीन वर्षमा उत्पादन दिन सुरु गर्ने र सातदेखि १० वर्षमा परिपक्क हुने भए पनि कलमी बिरुवा रोपेकै वर्षमा उत्पादन दिन सुरु गर्ने र तीन वर्षमा राम्रो उत्पादन दिन सुरु गर्ने भएकाले कृषकको रोजाइमा कलमी बिरुवा पर्न थालेको आचार्यले बताए ।
करिब २० रोपनी जमिनमा कृषि गर्दै आएका आचार्यले संरचना र विविध औजारमा मात्र रु ५० लाख लगानी गरेका छन् । जडीबुटी सङ्कलनको काम गर्न थालेका आचार्यले आगामी वर्षबाट सतुवा र अस्वगन्धजस्ता जडीबुटीको समेत नर्सरी सुरु गर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: