भरतपुर विमानस्थल विस्तार चालु आवदेखि शुरु हुन्छ : मन्त्री श्रेष्ठ
श्रावण ४ गते, २०७९ बुधवार 20th July, 2022 Wed१७:३०:५८ मा प्रकाशित
खबरडबली संवाददाता
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षदेखि नै अघि बढ्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको विमानस्थल विस्तारसम्बन्धी अन्तक्र्रियामा उनले तत्काल काम अघि बढाइने बताए। हालसम्म भएका छलफल र कार्यप्रगति सुनेपछि मन्त्री श्रेष्ठले विमानस्थल विस्तारका लागि आवश्यक जग्गा दिन नेपाली सेना तयार भएको भन्दै अब काम अघि बढ्ने बताए। उनले भने, “यो विमानस्थल विस्तारका लागि मन्त्रालयले उच्च महत्व दिएको छ ।”
विमानस्थलको धावनमार्ग विस्तारका लागि ३०० मिटर जग्गा आवश्यक पर्ने भन्दै उहाँले यस विषयमा प्रधान सेनापतिसँग सकारात्मक छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जमिनको कारणले काम रोकिन्न ।” चितवनका लागि मात्रै नभएर देशकै लागि यो विमानस्थल महत्वपूर्ण भएको भन्दै उहाँले नागरिक उड्डयन प्राधिकरणको बजेटबाट काम अघि बढ्ने जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाले निरन्तररूपमा विमानस्थल विस्तारका लागि घचघच्याउने कार्य गरेकोमा महानगरलाई धन्यवाद दिनुभयो ।
सोही अवसरमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणकै बजेटबाट विस्तृत अध्ययन प्रतिवेदनको काम तत्काल थाल्ने बताए । गर्मीको मौसममा जहाजले पूर्ण क्षमतामा उडान भर्न यहाँ नसकेको भन्दै उनले विसं २०८० सम्ममा ठूला जहाज रातिसमेत उडान गर्नसक्ने गरी विमानस्थल विस्तार गरिने बताए। रातिको समयमा काठमाडौँ बाहिरका विमानस्थलमा २० वटा जहाज बस्ने गरेको भन्दै उहाँले राजधानी नजिक भएर पनि हवाई सुविधामा पछाडि परेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब हामी ढिलो गर्दैनौँ, तत्काल काम थाल्छौँ ।”
महानगर प्रमुख रेनु दाहालले पहिलोपटक आफू प्रमुख भएपछि निरन्तररूपमा विमानस्थल विस्तारमा लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब हामी विमानस्थल विस्तारका लागि छलफलमा बस्नुपर्दैन भन्ने मलाई लागेको छ ।” यो विमानस्थल प्रदेशकै महत्वपूर्ण विमानस्थल बन्ने उहाँले बताउनुभयो । आवश्यक सहजीकरणका लागि महानगर जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको भन्दै उहाँले तत्काल विस्तारका लागि आग्रह गर्नुभयो ।
सो अवसरमा नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक नवलविक्रम थापाले अहिले भइरहेको धावनमार्गमा ३२२ मिटर विस्तार गरी एक हजार ५०० मिटर पु¥याउन सकेमा ७२ सिट क्षमताको विमान अवतरण हुनसक्ने बता। राति पनि सञ्चालन गर्नसक्ने गरी विमानस्थल विस्तार गर्नुपर्ने उनको भनाइ छ ।
हाल भरतपुर विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लम्बाइ र ३० मिटर चौडाइ छ । सन् १९६१ मा यो विमानस्थल स्थापना भएको हो । विमानस्थल ५८ बिघा जमिनमा फैलिएको छ । वरपर घर बनेकाले यो विमानस्थललाई जोखिमका हिसाबले तराईको लुक्का भनेर चिन्ने गरिन्छ ।
धावनमार्ग छोटो हुँदा ३७ सिट क्षमताको विमानमा गर्मीको समयमा १६ जना मात्रै यात्रु बोक्ने गरिएको छ । त्यस्तै ४७ सिट क्षमताको विमानले ४२ जना मात्रै बोक्ने गरेको छ । गर्मीमा हावाको घनत्व कम हुँदा धावनमार्ग लामो आवश्यक पर्दछ ।
भरतपुर महानगरपालिकाले हालसम्म विमानस्थल विस्तारका लागि गरेका प्रयासका बारेमा महानगरका उपसचिव महेन्द्र पौडेलले जानकारी गराएका थिए । महानगरले नेपाली सेनाको गणलाई स्थानान्तरणका लागि नेपाल ट्रष्टको जग्गा र घोडा प्रजनन केन्द्रका लागि भरतपुर–११ मा वैकल्पिक जग्गाको व्यवस्था गरिसकेको छ ।
यसैगरी आजै मन्त्री श्रेष्ठको उपस्थितिमा महानगरपालिकामा बसेको बैठकले विमानस्थल विस्तारका लागि प्राविधिक अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक नवीनप्रसाद अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको छ । समितिको सदस्यमा नेपाली सेनाका सेनानी विभूषा क्षेत्री, शैलजा श्रेष्ठ, भरतपुर महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्य, सूर्य श्रेष्ठ र सदस्य सचिवमा प्राधिकरणका नलविक्रम थापा रहेको समिति गठन गरेको छ । समितिले १५ दिनभित्र प्रतिवेदन दिने निर्णय भएको महानगर प्रमुख दाहालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...
प्रतिकृया लेख्नुहोस्: