Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

अमेरिकाको दाबी : रुसले युक्रेनी भूमिलाई गाभ्ने योजना बनाएको छ

खबरडबली संवाददाता

काठमाडौं । रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको "रणनीति" प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ।

अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसले युक्रेनको भूभाग नियन्त्रणमा लिनका निम्ति आधार तयार पारिसकेको बताए।

युक्रेनका कब्जा गरिएका क्षेत्रहरूले रुसमा गाभिने विषयबारे सेप्टेम्बर लगत्तै "फर्जी" जनमत सङ्ग्रह गर्न सक्ने उनले बताए।

सन् २०१४ मा जनमत सङ्ग्रहपछि रुसले युक्रेनको क्राइमियालाई आफ्नो क्षेत्रमा गाभेको थियो। उक्त कार्यलाई व्यापक रूपमा अवैधानिक रूपमा हेरिएको थियो।

"हामी यसबारे अमेरिकी जनतालाई स्पष्ट पार्न चाहन्छौँ," किर्बीले पत्रकारहरू समक्ष भने। "रुसको यस कार्यबारे कोही पनि जानकार नभएको होइन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०१४ मा प्रयोग भएको रणनीतिक 'प्लेबुक'को धूलो टकटकाउँदै छन्।"

उनले रुसले युक्रेनी क्षेत्रहरूमा अवैध रूपमा रुस समर्थक अधिकारीहरू तयार पारेको आरोप लगाए। रुसले युक्रेनको भूभागलाई आफ्नो बनाउन जनमत सङ्ग्रह गराउने उद्देश्यका साथ त्यसो गरेको किर्बीको भनाई छ।

मतदानको नतिजा रुसले "सार्वभौम युक्रेनी भूभागलाई आफूमा गाभेको दाबी गर्नको लागि" प्रयोग गर्ने उनले बताए।

रुसले आफ्नो कब्जामा लिएको युक्रेनी क्षेत्रहरूमा यसअघि नै आफ्नै क्षेत्रीय र स्थानीय अधिकारीहरूको कार्यालय स्थापना गरिसकेको छ।

सन् २०१४ मा हतारमा आयोजना गरिएको सङ्गठित जनमत सङ्ग्रह पछि रुसले क्राइमियालाई आफ्नो नियन्त्रणमा लिएको थियो। त्यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध ठानेको थियो। यद्यपि, मतदाताहरूले आफ्नो भूभाग रुसमा गाभिने पक्षमा मत खसालेका थिए।

त्यतिबेला किएभ समर्थकहरूको ठूलो जमातले मतदान बहिष्कार गरेका थिए र उक्त अभियान न स्वतन्त्र थियो न त निष्पक्ष नै।

किर्बीले आफूले रुसी योजनाहरू "उजागर" गर्नुको उद्देश्य "संसारलाई कुनै पनि कथित विलय पूर्वनियोजित, गैरकानूनी र अवैध हो भन्ने थाहा दिनु" भएको बताए। उनले यसबारे अमेरिका र उसको सहयोगीहरू राष्ट्रहरूबाट द्रुत प्रतिक्रिया जनाउने वाचा गरे।

रुसले आफूमा विलय गर्नका लागि लक्षित क्षेत्रहरूमा खेरसन, जापोरिज्जिया, डोनेट्स्क र लुहान्स्क समावेश रहेको उनको भनाई छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending